हास्यकलाकार बिरही “मङ्गलेको” एरेन्जमा तिज गित बजारमा

सिर्जना बर्देवा,

ओखलढुङगा,साउन,१०-

हिन्दु नारीहरुको महान पर्ब हरितालीका तिज २०७४ सालको पावन अबसरमा हार्दिक शुभकामना व्यक्त गर्दै नयाँ कोशेली “अहिलेको तिजमा” बजारमा आएको छ ।

श्रष्ट्रा सर्जक तथा हास्यकलाकार रामु बिरही “मङ्गलेको” उत्कृष्ट एरेन्जमा तिजलाई लक्षित गरि तयार भएको तिज गित निक्कै उत्कृष्ट रहेको छ ।

मुस्कान श्रीस मगर,प्रनिसा रिमाल “रेनु” र श्यामलाल कडेलको प्रस्तुती रहेको यस गितको शव्द सिर्जना मुस्कान श्रीस मगर,प्रनिसा रिमाल “रेनु”को रहेको छ भने लक्ष्मण बिसीको उत्कृष्ट लय सिर्जना रहेको छ ।

यस गितमा चर्चित गायक गायीका खुमन अधिकारी र पुर्नकला बिसीको सुमधुर स्वर रहेको छ भने चर्चित मोडल शंकर बिसी र अनुसा पौडेलको उत्कृष्ट अभिनय रहेको छ ।

भिडियोको निर्देशन स्वयम मोडल तथा निर्देशक बिसीको रहेको छ । राजेश घिमिरेको छायांकन रहेको यस म्युजिक भिडियोको सम्पादन भने नबिन घर्ति मगरको रहेको छ ।

कृष्ण फिल्मस एण्ड एडभरटाईजिङ्गले दृष्य निर्माण गरेको यस गितको अडियो तथा भिडियो लाई स्वयम बिरहीको म्युजिक कम्पनी साथीभाई डिजिटलले बजार व्यवस्थापन गरेको छ ।

भिडीयो हेर्नुहोस्