हिमांशुको गितमा मोड्लीग गर्दै सुजाता

काठमाण्डौं,असोज,१६-

नेपाली गित संगितमा हरेक दिन नयाँ कलाकारको आगमनले गित संगितको नेपाली बजारलाई तताएको छ । हिमांशु शाहिको शब्द संगीतमा रहेको “आउछ तिम्रो याद पलपलमा” बोलको गितबाट  डेब्यु गर्न लागेकी नव मोडेल सुजाता चर्चामा आउदै छिन् ।

बाँकेको कोहलपुरमा घर भएकि नव मोडेल सुजता पौडेल पहिलो पटक सांगितीक क्षेत्रमा आगमन गर्ने भएपछि चर्चामा आउन थालेकि  छन् । चर्चित गायिका रजिना रिमालको गितमा मोडलिङ्ग गर्ने अवसर पाए संगै उनी चर्चामा आउन थालेकि हुन् । 

नव मोडल सुजता पौडेल

उनका अनुसार आफूले सानै देखि नृत्य र अभिनयमा रुची राख्ने गरेको र भविष्यमा यहि पेशा लाई आफ्नो करिअर बनाउने सोचमा रहेको पनि उनले बताईन् । उनी भन्छन् साथिभाईहरुले डाक्टर, पाइलट बन्ने सपना बोकेझै मैले पनी यो पेशा अंगालेको हुँ, सुरुसुरुमा घरपरिवार बाट खासै सर्पाेट नमिले पनि हाल आएर परिवारको सर्पाेट मिलेकोले सानै देखिको सपना बल्ल पुरा हुन लागेको बताएकि छन् । 

“आउछ तिम्रो याद मलाई पलपल” बोलको गितको सुटिङ्ग नेपालगञ्ज कोहलपुर बर्दिया राष्ट्रिय निकुञ्ज वरपर हुने निर्देशक   हिमांशु शाहिले जानकारी दिनुभयो । यो गितको सम्पादन र छायाङ्गकन शैलेन्द्र गौतम निर्माहीको रहने छ । यसैगरी मोडल सुजता सगैं अन स्त्रिनमा कैलालीकै एसके ज्वालाको रहने छ उनले यस गितको लिड रोलमा रहेर अभिनय गर्ने भएको छन् ।