प्राज्ञिक विद्यार्थी परिषद नेपालको रक्तदान कार्यक्रम सम्पन्न

रोशन घर्ति/
घोराही,माघ,१३-
प्राज्ञिक विद्यार्थी परिषद नेपाल घोराही नगर समितीको आयोजनामा रक्तसञ्चार केन्द्र घोराहीको प्राविधिक सहयोगमा रक्तसञ्चार केन्द्र घोराहीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

नगर सचिव रोशन घर्तिको अध्यक्षता एंव रक्तसञ्चार केन्द्रका ईन्चार्ज दिलिप न्यौपानेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा १८ जनाले रक्तदान गरेका थिए ।

कालिका केसी,मञ्जु पौडेल, गोविन्द न्यौपान, दिपेश लामीछाने,घनश्याम केसी,कमल ओली ,विमल बुढा, दिपक खनाल, दिपक उपाध्यय,जंग बहादुर रेउले, शालिक राम न्यौपाने, रोशन घर्ति,सुरेश पौड्याल,रुपकराज भण्डारी,तिर्थराज चौधरी,शुसीला सुवेदी,दिपा बस्याल,समिक्षा ओली लगायतकाले रक्तदान गरेका थिए ।

कार्यक्रम बोल्नुहुदै प्रमुख अतिथी न्यौपानले युवा विद्यार्थीले अति राम्रो काम गरेको र रक्तदान गर्दा मानसिक सोचाईले मान्छे कम मात्रामा रगत दान गर्ने गरेको तर रक्तदान गर्दा शरिरलाई फाईदा पुग्ने समेत बताउनुभएको थियो । कार्यक्रमको सञ्चालन नगरपत्रिका संयोजक तिर्थराज चौधरीले गर्नुभएको थियो ।