लिभरपुल भिल्लारियललाई हराउदै च्याम्पियन्स लिगको फाईनलमा

काठमाण्डौं,बैशाख,२१-इंग्लिस क्लब लिभरपुल यूईएफए च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलको दोस्रो लेगमा मंगलबार राति भिल्ला रियललाई ३-२ गोलको संघर्षपूर्ण जित निकाल्दै लिभरपुल समग्रमा ५-२ को नतिजासहित उपाधि नजिक पुगेको हो । पहिलो लेगमा लिभरपुलले २-० को जित निकालेको थियो । तर, दोस्रो लेगमा लिभरपुललाई जित निकाल्न निकै संघर्ष गर्नु पर्यो । खेलको तेस्रो […]

आचारसंहिताका सबै बुँदा पूर्ण पालना गर्न सञ्चारमाध्यमलाई आयोगको आग्रह

काठमाडौं,बैशाख,२०-प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिताका सबै बुँदाहरूको पूर्ण पालना गर्न सञ्चार माध्यमहरूलाई पुनः आग्रह गर्नुभएको छ । प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन आचारसंहिताको समाचार भन्ने तर दृश्य चाँही त्यस विपरीत आउने काम भए त्यो खतरनाक हुने भन्दै त्यस्तो अवस्था आउन नदिन पनि सञ्चार माध्यमहरूको गम्भीर ध्यानाकर्षण गराउनुभएको हो । सामूदायिक रेडियो प्रसारक संघले […]

दुबै निर्वाचनमा गठबन्धनसँग प्रतिस्पर्धा गर्न एमाले इच्छुक : अध्यक्ष ओली

काठमाडौं,बैशाख,२०-नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दुबै निर्वाचनमा पाँच दलीय गठबन्धनसँग एमाले प्रतिस्पर्धा गर्न इच्छुक रहेको बताउनुभएको छ । गृहजिल्ला झापाको हल्दिबारी गाउँपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले दुवै निर्वाचनमार्फत एमालेले पाँच वटै दललाई पत्तासाफ गर्ने दाबी गर्नुभयो । पूर्वप्रधानमन्त्री समेत रहनुभएका ओलीले गठबन्धन टुट्ने हो कि भन्ने डर आफूलाई रहेको व्यंग्य गर्नुभयो । […]

निर्वाचन आयोगले शशांक कोइरालालाई सचेत गरायो

काठमाडौं,बैशाख,२०-निर्वाचन आयोगले नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालालाई सचेत गराएको छ । निर्वाचन आचारसंहिताभन्दा तोकिएको रकम खर्च गरिएको भन्दै सार्वजनिक अभिव्यक्ति दिनुभएका कोइरालालाई आगामी दिनमा यस्ता अभिव्यक्त नदिन आयोगले सचेत गराएको हो । सोमबार आयोगको नियमित पत्रकार सम्मेलनमा आयोगले आचारसंहिताको मूल आस्थामा प्रभाव पर्ने गतिविधि नगर्न त्यस्ता अभिव्यक्ति अबको दिन नदिन सचेत गराएको जानकारी गरायो […]

केशव स्थापितलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं,बैशाख,२०-काठमाडौं महानगरपालिकामा नेकपा एमालेका तर्फबाट मेयरका उम्मेदवार केशव स्थापितलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । सार्वजनिक कार्यक्रममा यौन दुव्र्यवहारसम्बन्धी सोधिएको प्रश्नमा प्रश्नकर्तालाई नै लक्षित गरेर स्थापितले दिएको अभिव्यक्ति सम्बन्धमा आयोगले स्पष्टीकरण सोधेको हो । बैशाख १५ गते काठमाडौंमा गरिएको एक कार्यक्रममा प्रश्नकर्ताले सोधेको प्रश्नमा स्थापितले ‘यू आर नाइस लेडी तर थुतुनो राम्रो भएन’ भन्ने अभिव्यक्ति […]

भुवन केसी, रविन्द्र खड्का र श्वेता खड्का कांग्रेसमा प्रवेश

काठमाडौं,बैशाख,२०-कलाकारहरू भुवन केसी, रविन्द्र खड्का र श्वेता खड्का नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूलाई प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा स्वागत गर्नु भएको हो । पार्टीमा प्रवेश गराउनु हुँदै प्रधानमन्त्री देउवाले कलाकार देशको गहना भन्दै पार्टीले पनि उचित जिम्मेवारीसहित सम्मान गर्ने आश्वासन दिनु भएको थियो । स्थानीय तहको निर्वाचन […]

थपिए २० जना कोरोना संक्रमित, सक्रिय संक्रमित २२१ जना

काठमाडौं,बैशाख,१८-नेपालमा विगत २४ घण्टामा थप २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतवार दिएको जानकारी अनुसार २ हजार ५०८ पीसीआर परीक्षणमा १८ जना र ७१४ एन्टिजेन परीक्षणमा २ जना गरी कुल २० जनामा भाइरसको संक्रमण देखिएको हो । त्यस्तै, विगत २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन।नेपालमा […]

देशभर आठ हजार उम्मेदवारको उम्मेदवारी फिर्ता

काठमाडौं,बैशाख,१७-निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा करिव आठ हजार उम्मेदवारहरूले उम्मेदवारी फिर्ता लिएको जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले करिव एक लाख ५३ हजार उम्मेदवारी परेकोमा करिव ८ हजारले फिर्ता लिएको जानकारी दिनुभभयो । उहाँले अहिले उम्मेदवारहरूलाई निर्वाचन चिन्ह प्रदान गरेर सकिएको बताउनुभयो । शुक्रबार स्थानीय तह निर्वाचनका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गरिएको […]

ललितपुर स्थीत आधारशीला एकेडेमीमा दिक्षान्त समारोह सम्पन्न

काठमाडौं,बैशाख,१६-एकेडेमीमा कक्षा यूकेजीमा अध्ययनरत विद्यार्थीलाई एक कार्यक्रमकाबीच दिक्षित गरिएको छ । मन्टेश्वरी शिक्षा प्रणालीका माध्यमबाट पठनपाठन हुने पूर्व प्राथमिक तह पास गरी प्राथमिक तहमा प्रवेश गरेका विद्यार्थीहरुलाई विद्यालयका प्राचार्य गणेश गिरीले दिक्षान्त समारोहमा सम्मान गरेका थिए । दिक्षान्त कार्यक्रममा बोल्दै प्राचार्य गिरीले प्राथमिक शिक्षाका लागि तयार भएका बालबालिकालाई थप जिम्मेवार बनाउने उदेश्यले दिक्षित गरिएको बताए […]

एकीकृत समाजवादीबाट ३५ जना जनप्रतिनिधि निर्वाचित भइसके : अध्यक्ष नेपाल

काठमाडौं,बैशाख,१६-सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट ३५ जना जनप्रतिनिधि निर्विरोध निर्वाचित भइसकेको बताउनुभएको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित नेकपा (एकीकृत समाजवादी) र बहिर्गमित जनमुक्ति सेना नेपालको एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ताकै क्रममा एकीकृत समाजवादीबाट ३५ जना जनप्रतिनिधिको एकल […]