काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा थप खुकुलो

काठमाडौँ,असार,२२-काठमाडौं उपत्यकामा आजदेखि थप निषेधाज्ञा अझ खुकुलो बनाइएको छ। स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर सबै किसिमका परीक्षा सञ्चालन गर्न खुला गरिएको छ भने सवारीसाधानमा पनि जोर-बिजोर प्रणाली हटाइएको छ। यसअघि निजी तथा सार्वजनिक सवारीसाधन जोर गतेका दिन जोर नम्बरवाला र बिजोर गतेका दिन बिजोर नम्बरवाला मात्र चलाउन पाइन्थ्यो। गत आइतबार बसेको उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर […]

संसद विघटन विरुद्धको मुद्धामा आज पनि जवाफी बहस हुने

काठमाडौं,असार,२१-संसद विघटन विरुद्धको मुद्धामा रिट निवेदक पक्षको जवाफी बहस आज पनि जारी रहनेछ । जवाफी बहसको लागि अब २ घण्टा समय बाँकी रहेको छ । आज वरिष्ठ अधिवक्ता शम्भु थापा, हरिहर दाहाल र बद्रीबहादुर कार्कीले जवाफी बहस गर्नुहुनेछ । त्यसपछि अदालतका सहयोगि अर्थात एमिकस क्युरीको राय लिने काम हुनेछ । हिजो जवाफी बहस सुरु गर्दै […]

काठमाडौंमा भूकम्पको धक्का

काठमाडौं,असार,२१-काठमाडौंमा भूकम्प गएको छ । भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ६.३२ बजे कुलेश्वर केन्द्रबिन्दु बनाएर ३.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।   

अमेरिकाको जोन्सन एन्ड जोन्सनले नेपाललाई १० लाख डोज कोरोना खोप पठाउने

काठमाण्डौं,असार,२१-अमेरिकाको जोन्सन एन्ड जोन्सन कम्पनीले आगामी एक महिनाभित्र नेपाललाई खोप उपलब्ध गराउने भएको छ । जोन्सन एन्ड जोन्सनले कोभ्याक्स सुविधामार्फत एक महिनामा १० लाख डोज दिने प्रतिबद्धता जनाएको स्वास्थ्य सेवा विभागले जनाएको छ । यसअघि जोन्सन एन्ड जोन्सनले ६ लाख डोज खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो । ‘एउटा उमेर समूहलाई पुग्ने खोप उपलब्ध हुने भएको छ, खोप […]

उडान संख्या थप्न वायुसेवा सञ्चालक संघको आग्रह

काठमाडौं,असार,२१-नेपाल वायु सेवा सञ्चालक संघले उडान संख्या थप्न सरकारसँग आग्रह गरेको छ । संघले यात्रु उद्धारमा सहजता र सस्तोका लागि उडान संख्या थप्न सरकारसँग आग्रह गरेको हो । संघले आइतवार प्रेस विज्ञप्ति जारी गर्दै हाल तोकिएको ५० प्रतिशत उडान संख्यालाई शतप्रतिशत पुर्‍याउन माग गरेको हो । हाल कायम भएको संख्याले यात्रु उद्धार गर्न कठिनाइ हुने […]

धान रोपाइँमा प्रविधिको प्रयोग बढ्दो

काठमाण्डौं,असार,२१-नेपालमा पछिल्ला वर्षहरूमा धान रोपाइँमा प्रविधिको प्रयोग बढ्दै गएको छ । व्यावसायिक रूपमा कृषि व्यवसाय गर्दै आएका किसानले प्रविधिको प्रयोग गरी धान रोप्न थालेका हुन् । पूर्वी चितवनको कालिका नगरपालिकाका सुनिल ढकाल अहिले प्रविधिको प्रयोग गरेर सात बिगाहा क्षेत्रफलमा धान रोप्दै छन् । कम लागतमा रोपाइँ गर्न सकिने भएपछि प्रविधिको प्रयोग गरेको उहाँले बताउनुभयो। धान […]

पोखरा विमानस्थलको निर्माणकार्य अन्तिम चरणमा, ६ महिनामा सम्पन्न हुने

काठमाडौं,असार,१८-राष्ट्रिय गौरवको योजना अन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । विमानस्थलको निर्माणकार्य ६ महिनामा सम्पन्न हुने आयोजनाले जनाएको छ । असार महिनाभित्र निर्माण सम्पन्न हुनपर्ने भए पनि कोरोनाका कारण आयोजना पर धकेलिएको हो । गत आर्थिक वर्ष २०७६/७७ मा ६१ प्रतिशत भौतिक प्रगति भएको आयोजनाले कोरोनाका कारण गति लिन सकेको थिएन […]

कांग्रेसको क्रियाशील सदस्यमा देखिएको विवाद समाधान उन्मुख

काठमाडौं,असार,१८-नेपाली कांग्रेसको क्रियाशील सदस्यमा देखिएको विवाद समाधान उन्मुख देखिएको छ । शुक्रबार पार्टी कार्यालय सानेपामा बसेको पदाधिकारी तथा शिर्ष नेताहरुको बैठकले देशभरिबाट प्रक्रिया पुरा गरेर आएको क्रियाशील सदस्यको नामलाई समावेश गर्ने सहमति जुटाएको हो । नेपाली कांग्रेसको क्रियाशील सदस्यको मनोनयनमा नेता अनुकुलको नाम आएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापति शेरबहादुर देउवाले एकलौटी नाम […]

नेपालमा एकैदिन २२९९ जनामा कोरोना संक्रमण पुष्टि, ३४ जनाको मृत्यु

काठमाडौं,असार,१८-विगत २४ घण्टामा नेपालमा २ हजार २९९ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रवार दिएको जानकारी अनुसार उक्त अवधिमा ६ हजार ५६६ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ३९१ जना र ४ हजार ३० जनामा गरिएको एन्टिजेन परीक्षणमा ९०८ जना  कुल २ हजार २९९ जनामा कोरोना संक्रमण पुष्टि भएको […]

बार्सिलोनासंग मेस्सीको सम्झौता समाप्त

एजेन्सी,असार,१७-लियोनल मेस्सीको बार्सिलोनासंगको सम्झौता समाप्त भएको छ । गत रातिबाट मेस्सी फ्रि-एजेन्ट बनेका छन् । मेस्सी अब कुनैपनि क्लबमा जान स्वतन्त्र छन् । विश्व क्लब फुटबलका एक महान खेलाडी मानिने मेस्सी आधिकारिक रुपमा पहिलो पटक बजारमा उपलब्ध भएका छन् । युरोपका धनाढ्य क्लब म्यान्चेष्टर सिटीदेखि पेरिस सेन्ट जर्मेन (पीएसजी)ले मेस्सीलाई किन्न सक्नेछन् । बार्सिलोनाले छाड्ने […]