राष्ट्रिय सभाको रिक्त पदमा ३५ दिनभित्र निर्वाचन, आजैबाट दिनगन्ती सुरु

काठमाडौं,बैशाख,५-राष्ट्रिय सभामा गृहमन्त्री रामबहादुर थापाको सांसद पद खारेजीपछि रिक्त सिटका निर्वाचन गर्नका लागि आज आइतबारबाटै काउन्टडाउन (दिनगन्ती) सुरु भएको छ। नेकपा (माओवादी केन्द्र) को तर्फबाट राष्ट्रिय सभा सदस्यमा बागमती प्रदेशबाट निर्वाचित थापा एमाले पार्टीमा प्रवेश गरेपछि उहाँलाई माओवादी पार्टीले कारबाही गरेको थियो। सम्बन्धित पार्टीले कारबाही गरेपछि दल त्याग ऐनको व्यवस्थाअनुसार राष्ट्रिय सभाले उहाँको पद रिक्त […]

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

काठमाडौं,बैशाख,५-नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ।भारतीय आयल कर्पोरेशनबाट शुक्रबार प्राप्त मूल्य सूचीअनुसार १५ दिनमा रु ८१ करोड घाटा हुने अवस्था आएकाले मूल्य वृद्धि गरिएको हो । निगमका अनुसार पेट्रोल, डिजल, मट्टीतेल र हवाई इन्धनको मूल्य वृद्धि भएको छ।गए रातिदेखि लागू हुने गरी पेट्रोल, डिजल, मट्टीतेलमा प्रतिलिटर एक रुपैयाँका दरले वृद्धि गरिएको […]

बार्सिलोनाले जित्यो कोपा डेल रेको उपाधि

काठमाण्डौं,बैशाख,५-स्पेनिस कोपा डेल रेको उपाधि बार्सिलोनाले जितेको छ।शनिबार राति भएको फाइनल खेलमा एथ्लेटिक बिल्बाओमाथि ४-० गोलको शानदार जित निकाल्दै बार्सिलोनाले उपाधि जितेको हो । सेभिल्लास्थित स्टेडियो डी कार्टुजामा बार्सिलोनालाई जिताउन कप्तान लियोनल मेस्सीले दुई गोल गरे भने एन्टोइन ग्रिजम्यान र फ्रेन्की डी योङले समान एक-एक गोल गरे । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो […]

मुख्यमन्त्रीको पक्षमा मतदान गर्ने एमालेका तीन सांसद् पार्टीबाट निस्कासित

काठमाडौं,बैशाख,४-नेकपा एमाले कर्णाली प्रदेश कमिटीले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको नेतृत्वको सरकारलाई विश्वासको मत दिने तीन सांसदलाई साधारण सदस्य पनि नरहने गरी पार्टीबाट निस्कासित गरेको छ । शनिबार बसेको प्रदेश कमिटीकोे बैठकले पार्टीको ह्वीप उल्लंघन गरी जघन्य अपराधपूर्ण काम गरेको ठहर गर्दै माधवकुमार नेपाल र झलनाथ खनाल खेमाका नन्दसिंह बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाहीलाई पार्टीबाट निस्कासन […]

थ्री नेसन्स टी-ट्वेन्टी क्रिकेट सिरिजमा नेपालको सानदार जित

काठमाण्डौं,बैशाख,४-नेपालले त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा सुखद सुरुवात गरेको छ ।कुशल भुर्तेल र आसिफ शेखको डेब्यु अर्धशतकको मद्दतमा नेपालले त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा जितेको हो । टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको उद्घाटन खेलमा नेपालले नेदरल्यान्ड्समाथि ९ विकेटको जित निकाल्दा कुशल र आसिफले  अर्धशतकीय इनिङ्स खेलेका हुन् । कुशलले ३० बलमा ५ चौका र ४ छक्काको मद्दतमा […]

‘फ्लोर क्रस’ गर्ने चार सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने एमालेको निर्णय

काठमाडौं,बैशाख,४-नेकपा एमालेले फ्लोर क्रस गर्ने आफ्ना चार सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । चार सांसदले फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएपछि बसेको कर्णाली प्रदेश सभा एमाले संसदीय दलको बैठकले उनीहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । उता कर्णाली प्रदेशसभामा एमाले संसदीय दलका नेता यामलाल कँडेलले फ्लोरक्रस गर्ने सांसदहरुले राजनीतिक […]

बाँकेको कोहलपुर नजिकै बस र टिप्पर ठोक्किँदा ५ जनाको मृत्यु, ४१ जना घाईते

काठमाण्डौं,बैशाख,३-बाँकेको कोहलपुर नजिकै पूर्वपश्चिम राजमार्गमा आज साँझ बस र टिप्पर एकापसमा ठोक्किँदा पाँचको मृत्यु हुनुका साथै ४१ जना घाइते भएका छन्। सुर्खेतबाट धरानतर्फ जाँदै गरेको मे १ ख ३३४७ नम्बरको यात्रुबाहक बस र कोहलपुरतर्फ आउँदै गरेको अनटेस्ट मालबाहक टिपर साँझ ६:०० बजे रोहिणी खोला नजिक एकापसमा ठोकिँदा चार पुरुषसहित एक महिलाको मृत्यु भएको इलाका प्रहरी […]

मुख्यमन्त्री शाहीले पाए विश्वासको मत,एमाले सांसदले गरे फ्लोर क्रस

काठमाडौं,बैशाख,३-कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत प्राप्त गर्नुभएको छ । शुक्रबार बसेको प्रदेश सभाको सातौं अधिवेशनको पहिलो बैठकमा विश्वासको मतको लागि राखिएको प्रस्तावमा उहाँले विश्वासको मत प्राप्त गर्नुभएको हो । विश्वासको मतका लागि २१ सांसद्को मत आवश्यक रहेकोमा मुख्यमन्त्री शाहीले २२ मत पाउनुभएको हो । कर्णाली प्रदेशमा ४० सांसद् रहेकामा ३७ जना उपस्थित थिए।मुख्यमन्त्री […]

एएफसी कप प्ले अफ : आज आर्मी र बेंगलुरु भिड्ने

काठमाडौं,बैशाख,१-नेपालको त्रिभुवन आर्मी फुटबल क्लब एएफसी कप-२०२१ प्ले अफको दोस्रो चरणमा आज भारतको बेंगलुरु एफसीसँग प्रतिस्पर्धा गर्दैछ । गोवास्थित जीएमसी स्टेडियममा आर्मीले घरेलु टिम बेंगलुरुको सामना गर्नेछ।आर्मी र बेंगलुरुबीचको खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ । पहिलो खेलमा श्रीलंका पुलिस स्पोर्ट्स क्लबलाई हराएको आर्मी बेंगलुरुलाई हराएर अर्को चरणमा पुग्न चाहन्छ ।तर, भारतीय […]

ज्ञानेन्द्रको कप्तानीमा नेपाली टिमको घोषणा

काठमाडौं,बैशाख,१-नेपाल क्रिकेट संघ (क्यान) ले त्रिकोणात्मक टी-ट्वान्टी क्रिकेट सिरिजका लागि १५ सदस्सीय नेपाली टिमको घोषणा गरेको छ।क्यानले बुधबार ज्ञानेन्द्र मल्लको कप्तानीमा नेपाली टिम घोषणा गरेको हो । बन्द प्रशिक्षणमा रहेका २० खेलाडीबाट क्यानले १५ सदस्सीय नेपाली टिम घोषणा गरेको हो ।स्पिनर शाहब आलम र ओपनर आशिफ शेख पहिलो पटक राष्ट्रिय टिममा परेका छन् । बन्द प्रशिक्षणमा […]