फुकुओका जापान चैत्र,१६-जापानिज भाषा वक्तृत्व कलामा मियाजाकी केनबाट सहभागी कृष्ण पौडेल प्रथम भएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए जापान) क्युस्यु क्षेत्रीय कार्यसमितिको आयोजनामा जापानको क्युस्यु क्षेत्रमा बसोबास गर्ने नेपालीहरुको जापानिज भाषालाई प्रोत्साहन दिनको लागि आयोजित प्रतियोगिताको शनिबार भएको अन्तिम प्रतिस्पर्धामा पौडेलले प्रथम स्थान हासिल गरेका हुन् । त्यस्तै किताक्युस्युबाट सहभागी शंकल्प घलान द्वितीय र […]
Author: bihani
थ्री नेसन्स कप:आज नेपाल र बंगलादेश बिच फाईनल खेल
काठमाडौं,चैत्र,१६-थ्री नेसन्स कपको फाइनल खेल आज नेपाल र बंगलादेश बिच हुँदैछ।थ्री नेसन्स कप मैत्रीपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनलमा नेपालले बंगलादेशको सामना गर्दैछ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने फाइनल खेल साँझ ५:३० बजे सुरु हुनेछ । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलको फाइनलमा टिमको मुख्य लक्ष्य गोल गर्दै उपाधि जित्नु रहेको बताउनु […]
किर्गिस्तान यू-२३ टिमसँग त्रिभुवन आर्मी क्लबको बराबरी
काठमाडौं,चैत,१५-एएफसी कप-२०२१ को प्ले अफ खेलको तयारीमा रहेको नेपालको त्रिभुवन आर्मी क्लबले मैत्रीपूर्ण खेलमा किर्गिस्तानको यू-२३ टिमसँग बराबरी खेलेको छ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार आर्मीले किर्गिस्तानसँग गोलरहित बराबरी खेलेको हो । प्रतिस्पर्धात्मक बनेको खेलमा दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् । जसको कारण खेलमा गोल निस्कन सकेन ।किर्गिस्तानविरुद्ध बल पोसेसनमा आर्मीले पकड जमाएको थियो […]
मेलम्चीको पानी उपभोक्ताको धारामा झर्यो (यस्तो छ पानी वितरण तालिका)
काठमाडौं,चैत,१५-काठमाडौंवासीका लागि सपना बनेको मेलम्चीको पानी विपनामा परिणत भएको छ।आइतबार काठमाडौंको महाँकालचौरस्थित पुरानो पानीपोखरीबाट उपभोक्ताको घरका धारामा पानी खसालेर एउटा बहुप्रतिक्षित योजनाको परिणाम जनताका बीचमा पुर्याइएको हो । उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का कार्यकारी निर्देशक मिलन शाक्य, खानेपानी मन्त्रालयका पदाधिकारी र मेलम्ची खानेपानी आयोजनाका पदाधिकारीले पानी वितरणको शुभारम्भ गर्नुभएको हो । हाल पुराना पानीपोखरीहरुमा सिन्धुपाल्चोकको मेलम्चीबाट […]
कोराेनाबाट विदेशमा ३ सय ४५ जना नेपालीको निधन
काठमाडौं,चैत,१५-कोरोना भाइरसको संक्रमणबाट विदेशमा थप ३ जनाको निधन भएको छ। गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सन्जिव सापकोटाका अनुसार यो साता प्राप्त तथ्यांकअनुसार यूकेमा २ जना र क्यानाडामा १ जना गैरआवासीय नेपालीको कोरोना संक्रमणका कारण निधन भएको हो । गैरआवासीय नेपाली संघ -एनआरएनएका अनुसार विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण शनिवार साँझसम्म […]
प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच भेटवार्ता
काठमाडौं,चैत,१५-प्रधानमन्त्री केपी ओली र सभामुख अग्नि सापकोटाबीच भेटवार्ता भएको छ ।प्रधानमन्त्री ओलीलाई भेट्न सभामुख सापकोटा बालुवाटारस्थित प्रधानमन्त्री निवास जानुभएको थियो । सञ्चारविज्ञ श्रीधर न्यौपानेका अनुसार त्यस क्रममा प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच संसदमा विचाराधीन विधेयक अघि बढाउने र संसद सञ्चालनका विषयमा छलफल भएको थियो । उहाँहरुबीच करिब दुई घण्टा कुराकानी भएको हो ।प्रतिनिधिसभा पुनर्स्थापित भए […]
पहिलो हाफमा त्रिभुवन आर्मी क्लब र किर्गिस्तानको बराबरी
काठमाडौं,चैत्र,१५- एएफसी कप-२०२१ प्ले अफको तयारीमा रहेको नेपालको त्रिभुवन आर्मी क्लबले अहिले किर्गिस्तानको यू-२३ टिमसँग मैत्रीपूर्ण खेल खेलिरहेको छ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा आर्मी र किर्गिस्तानले गोलरहित बराबरी खेलेका छन् । पहिलो हाफमा दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् ।खेलको पहिलो मिनेटमै विवेक बस्नेतको क्रसमा नवयुग श्रेष्ठको हेडर किर्गिस्तानका गोलकिपर […]
जर्ज प्रिन्स कार्कीको कप्तानीमा आर्मीको टोली घोषणा
काठमाडौं,चैत्र,१५-किर्गिस्तानको युथ टिमविरुद्धको मैत्रीपुर्ण फुटबल खेलका लागि विभागीय टिम आर्मीले जर्ज प्रिन्स कार्कीको कप्तानीमा टोली घोषणा गरेको छ ।एएफसी कपको तयारीमा रहेको आर्मीले किर्गिस्तानसंग आईतबार मैत्रीपुर्ण फुटबल खेल्न लागेको हो । दशरथ रंगशालामा हुने खेल केहिबेरमा सुरु हुनेछ । दर्शकका लागि निशुल्क खेल हेर्ने ब्यवस्था एन्फाले मिलाएकाे छ । त्रिदेशीय फुटबल प्रतियोगिता खेल्न किर्गिस्तान नेपाल […]
आज फागु पूर्णिमा अर्थात होली पर्व उल्लासपूर्वक मनाइदैं
काठमाडौं,चैत्र,१५-काठमाडौं उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा उल्लासपूर्वक आज फागू पूर्णिमा अर्थात् होली पर्व मनाइंदै छ । फागु पर्व एक आपसमा मैत्री भाव प्रकट गर्न सामूहिक रुपमा भेला भएर एक अर्कामा रंग दलेर तथा लोला खेलेर होली मनाउने गरिन्छ । सत्य युगमा विष्णुभक्त प्रह्लादलाई मार्नका लागि हिरण्यकश्यपले विभिन्न जाल बुन्दा पनि नसकेपछि आगोबाट नजल्ने र […]
आर्मीले किर्गिस्तानको यू-२३ टिमसँग मैत्रीपूर्ण खेल खेल्ने
काठमाडौ,चैत्र,१५-एएफसी कप-२०२१ प्ले अफको तयारीमा रहेको नेपालको त्रिभुवन आर्मी क्लबले किर्गिस्तानको यू-२३ टिमसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । आर्मीले (आज) आइतबार दशरथ रंगशालामा किर्गिस्तानसँग मैत्रीपूर्ण खेल खेल्ने भएको हो ।आर्मी र किर्गिस्तानबीचको खेल अपरान्ह ३:३० बजे सुरु हुनेछ । खेल निशुल्क हेर्न सकिनेछ । आर्मीले एएफसी कप-२०२१ प्ले अफको पहिलो खेल दशरथ रंगशालामा खेल्नेछ ।आर्मीले […]

