काठमाडौं,असोज,९-राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिले ‘रेल्वे सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६’ माथि दफावार छलफल सुरु गरेको छ । समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकमा सांसदहरुले विधेयकको प्रस्तावनामा रेल्वेको विकास, विस्तार गरी सुरक्षित, नियमित, भरपर्दो, स्तरीय र प्रभावकारीसँगसँगै गुणस्तरीय सेवा सञ्चालन गर्ने विषयलाईसमेत राख्नुपर्ने बताएका छन् । अहिले प्रस्तावित विधेयकमा गुणस्तरीय शब्द राखिएको छैन । सांसदहरुले नेपाल […]
Author: bihani
कोरोना संक्रमणबाट ४५९ जनाको मृत्यु पुष्टि, संक्रमितको संख्या ७० हजार ६१४ पुग्यो
काठमाडौं,असोज,९-नेपालमा शुक्रवार थप १ हजार ३१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७० हजार ६१४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा थप ६ जनाको कोरोना संक्रमणका कारण मुत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण ४५९ जनाको मृत्यु पुष्टि भएको […]
सीमा अनुगमन गर्न गृहमन्त्रीको टोली दार्चुलामा, सशस्त्रको गुल्म शिलान्यास पनि गर्ने
काठमाडौं,असोज,९-गृहमन्त्री रामबहादुर थापा दार्चुला जानु भएको छ।सशस्त्र प्रहरी बलको गुल्म शिलान्यास गर्न गृहमन्त्री थापा त्यसतर्फ जानु भएको हो । दार्चुलाको छाङ्गरुमा १० करोड रुपैयाँको लागतमा निर्माण हुन लागेको सशस्त्र प्रहरी बलको गुल्मको भवन शिलान्यासका लागि उहाँ त्यसतर्फ जानु भएको हो । गृहमन्त्री थापासँगै गृहसचिव महेश्वर न्यौपाने र सशस्त्र प्रहरी प्रमुख आईजीपी शैलेन्द्र खनालसहित ११ सदस्यीय […]
सुनको मूल्य फेरि बढ्यो
काठमाडौं,असोज,९-नेपाली बजारमा सुनको मूल्य शुक्रवार बढेको छ।लगातार तीन दिनदेखि घटेको सुनको मूल्य भने सामान्य महँगिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार सुनको मूल्य तोलामा रू. ८०० ले बढेको छ । जसअनुसार छापावाल सुनको मूल्य प्रतितोला रू. ९३ हजार ९०० र तेजाबी सुनको मूल्य रू. ९३ हजार ४०० मा कारोबार भइरहेको छ । पछिल्लो […]
स्याङ्जामा पहिरोमा पुरिएर एकै परिवारका ९ सहित १० को मृत्यु, एक जनाको उद्धार
स्याङ्जा,असोज,८-वालिङमा पहिरोमा पुरिएर नौ जनाको मृत्यु भएको छ ।आज बिहान ६ बजे वालिङ १४ तमादीस्थित माया नेपालीको घरमाथिबाट खसेको पहिरोमा पुरिएर नौ जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय, स्याङ्जाका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीका अनुसार पहिरोमा पुरिएर मृत्यु हुनेहरुमा वालिङ १४ का १४ बर्षिय विक्रम नेपाली, २१ वर्षिय कुलदीप नेपाली, १६ […]
विश्वका सात महादेशका सात उत्कृष्ट खेलाडीहरु
काठमाण्डौं,असोज,८-पृथ्वीमा सात समुन्द्र छन्, विश्वका आश्चर्यहरु पनि सातवटै छन्, फुटबलमा लक्की मानिने नम्बर पनि सात नै हो । यस्तै पृथ्वीमा पनि सातै वटा महादेश छन् । फुटबल सर्वव्यापी खेलकुद हो र यो खेल मन नपराउने शायदै कोही होलान् । आज हामी हेर्दै छौ सात माहादेशका सात उत्कृष्ट खेलाडीहरु । एसिया-सन ह्युङ मिन (दक्षिण कोरिया) टोटनह्यामका […]
एकैदिन ११७२ जनामा कोरोना संक्रमीत थपिए, ७ जनाको मृत्यु
काठमाडौं,असोज,७-नेपालमा पछिल्लो २४ घण्टामा ११७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ११७२ जनामा कोरोना संक्रमण भएको बताउनुभयो । २४ घण्टामा ९४४९ जनाको पीसीआर परीक्षण गरिएको छ ।नेपालमा हालसम्म ६७ हजार ८०४ जना कोरोना संक्रमित भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ […]
झापा र बर्दियामा गरी २ जनाको मृत्यु,कोरोनाबाट मृत्यु हुनेको संख्या ४,५१ पुग्यो
काठमाडौं,असोज,७-झापा र बर्दियाका गरी थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ । मोरङस्थित विराट शिक्षण अस्पतालको आइसोलेसनमा उपचाररत कोरोना संक्रमित एक बृद्धको मृत्यु भएको हो । झापा भद्रपुर १० स्थायी ठेगाना भएका ८६ वर्षीय पुरुषको आज बिहान करिब ६ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । मृतक बृद्धमा उच्च रक्तचाप, मधुमेह र मृगौलाको समस्या रहेको […]
थप १३ सय ५६ कोरोना संक्रमित थपिए, ८२३ निको भए
काठमाडौं,असोज,६-नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १ हजार ३५६ जनामा कोरोना भाइरसको संक्रमण भएको बताउनुभयो। उहाॅंका अनुसार आज देशभरमा सक्रिय संक्रमितको संख्या १८ हजार १४२ रहेको छ। आज देशभर संस्थागत आइसोलेसनमा […]
सरकारको काम प्रभावकारी बनाउन मन्त्रिमण्डल पुनर्गठन गर्ने नेकपा सचिवालयको निर्णय
काठमाडौं,असोज,६-सत्तारुढ दल नेकपाको सचिवालय बैठकले जतिसक्दो छिटो मन्त्रिमण्डल पुनर्गठन गरी सरकारलाई अझ प्रभावकारी बनाउने निर्णय गरेको छ। पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारलाई प्रभावकारी बनाउन छिटोभन्दा छिटो मन्त्रिमण्डल पुनर्गठन गर्नुपर्ने स्थायी समितिको सर्वसम्मत निर्णय अनुसार नै सचिवालयले पनि निर्णय गरेको बताउनुभयो। ‘मन्त्रिमण्डल पुनर्गठनबारे मुख्यतः प्रधानमन्त्रीले सोँच्नुपर्छ। यसबारे स्थायी समितिको सर्वसम्मत् निर्णय र अहिले सचिवालयको निर्णय पनि […]

