बाँकेमा कोरोनाका कारण थप दुई पुरुषको मृत्यु

बाँके,असोज,१३-बाँकेमा कोरोना भाइरस सङ्क्रमणका कारण आज बिहान दुई जनाको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका वडा नं ७ रानीतलाउ निवासी ४१ वर्षीय र कोहलपुर नगरपालिका वडा नं१० निवासी ५३ वर्षीय पुरुषको उपचारका क्रममा आज बिहान मृत्यु भएकोे जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिनुभयो […]

सुनको मूल्य फेरि बढ्यो

काठमाडौं,असोज,१३-गत साताबाट लगातार घटिरहेको सुनको मूल्य मंगलवार बढेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार सुनको मूल्य प्रतितोला रू.९०० ले बढेको हो। महासंघका अनुसार प्रतितोला फाइन गोल्डको मूल्य रू. ९४ हजार २०० र तेजाबी सुनको मूल्य रू. ९३ हजार ७०० कायम भएको छ।  यो साता कारोबारको पहिलो दिन आइतवार तोलामा रू. ६०० ले घटेको सुनको मूल्य […]

विदेशमा अलपत्र परेका ८० हजार नेपाली स्वदेश फर्किए

काठमाडौं,असोज,१२-कोभिड-१९ विश्वव्यापी संक्रमणबाट उत्पन्न असहज परिस्थितिका कारण विदेशमा अलपत्र परेका हालसम्म ८० हजार १६ जना नेपाली नागरिक हवाई जहाजमार्फत स्वदेश फर्किएका छन् । कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सिसीएमसी) का अनुसार शनिवारसम्म ३२ ओटा मुलुकबाट उक्त संख्यामा नागरिक नेपाल फर्केका हुन् । स्वदेश फर्कनेहरुमा सबैभन्दा बढी संयुक्त अरब इमिरेट्सबाट २३ हजार २३७ जना छन् भने […]

एकैदिन १५७३ जनामा कोरोना संक्रमण,१० जनाको मृत्यु

काठमाडौं,असोज,११-नेपालमा आइतवार थप १ हजार ५७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७३ हजार ३९४ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा थप १० जनाको कोरोना संक्रमणका कारण मुत्यु भएको छ ।हालसम्म कोरोना संक्रमणका कारण ४७७ जनाको मृत्यु पुष्टि भएको छ । […]

आज विश्व पर्यटन दिवस : पर्यटन पुनरुत्थानका लगि कार्यदल गठन

काठमाडौं,असोज,११-आज आइतवार ‘पर्यटन र ग्रामीण विकास’को नारासहित पर्यटन दिवस मनाइँदै छ । कोरोना महामारीका कारण विश्वभरि नै सीमित खालका कार्यक्रम गरी यो दिवस मनाइँदै छ । आर्थिक विकासमा उल्लेख्य भूमिका र योगदान रहेको पर्यटन क्षेत्रले नेपालमा पनि सामान्य कार्यक्रम आयोजना गरि मनाउँदै छ । विश्व पर्यटन परिषद्को सन् २०१९ को तथ्यांकअनुसार नेपालको कुल गार्हस्थ्य उत्पादनमा […]

जोखिम कायमै छ, तत्काल विद्यालय नखोलौं : शिक्षामन्त्री

काठमाडौं,असोज,१०-शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोभिड-१९ को जोखिम कायमै रहेकाले केही समय विद्यालय खोल्नभन्दा वैकल्पिक सिकाइ प्रणालीलाई प्राथमिकता दिन आग्रह गर्नु भएको छ। शिक्षा पत्रकार समाजले शनिवार आयोजना गरेको ‘वैकल्पिक सिकाइको कार्यान्वयनमा सञ्चारमाध्यमको भूमिका’ विषयक भर्चुअल छलफलमा शिक्षालयमा संक्रमण देखिएमा त्यसलाई नियन्त्रण गर्न कठिन हुने भएकाले हाललाई सूचना, सञ्चार र प्रविधिको प्रयोगमा आधारित वैकल्पिक […]

नेपालमा कोरोना संक्रमणबाट ४६७ जनाको मृत्यु ,संक्रमितको संख्या ७१८२१ पुग्यो

काठमाडौं,असोज,१०-नेपालमा शनिवार थप १ हजार २०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७१ हजार ८२१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा थप ८ जनाको कोरोना संक्रमणका कारण मुत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण ४६७ जनाको मृत्यु पुष्टि भएको […]

कोरोना संक्रमणबाट थप एक सैनिकको मृत्यु

काठमाडौं,असोज,१०-नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक सैनिकको मृत्यु भएको छ। बझाङ घर भई हाल काठमाडौँमा कार्यरत एक सैनिक जवानको शुक्रबार वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारको क्रममा मृत्यु भएको नेपाली सेनाले जनाएको छ। यही असोज ६ गते छारे रोगको लक्षण देखिएपछि अस्पताल भर्ना गरिएका उनको सधन उपचार कक्ष (आईसीयू)मा उपचारकै क्रममा मृत्यु भएको हो। असोज ८ […]

सीमाको सुरक्षाका लागि सबै एक हुनुपर्छ : गृहमन्त्री थापा

दार्चुला,असोज,१०-गृहमन्त्री रामबहादुर थापाले सीमाको सुरक्षा सुरक्षाकर्मीबाटभन्दा स्थानीय बासिन्दाबाट प्रभावकारीरुपमा गर्न सकिने बताउनुभएको छ । खलंगामा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो-‘सीमाको रक्षा सरकारलेमात्र गर्न सक्दैन । सीमाको सुरक्षा सीमा क्षेत्रका नागरिकले अझ राम्रोसँग गर्न सक्छन् ।’ सीमा क्षेत्रका नागरिकको सुरक्षा र उचित व्यवस्थापन गर्नसकेमात्रै सीमा बलियो हुनसक्ने उहाँको भनाइ छ । दार्चुलाको उत्तरी सीमा क्षेत्र रणनीतिक […]

विदेश जाने नेपालीको संख्या ह्वात्तै घट्यो, तर रेमिट्यान्स २३ प्रतिशतले बढ्यो

काठमाडौं,असोज,९-कोरोना महामारीका कारण यस वर्ष वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ह्वात्तै घटेको भए पनि विदेशबाट आउने विप्रेषण (रेमिट्यान्स) भने गत वर्षको तुलनामा बढेको पाइएको छ। नेपाल राष्ट्र बैंकले शुक्रबार सर्वाजनिक गरेको तथ्यांक अनुसार गत वर्षको साउनमा भन्दा यस वर्षको साउनमा रेमिट्यान्स २३ प्रतिशत बढेको हो। तथ्यांकअनुसार यो साउनमा ९२ अर्ब ७१ करोड रेमिट्यान्स आप्रवाह भएको […]