काठमाडौं,असोज,३-नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २०४ जना कोरोना संक्रमित थपिएका छन्। शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १ हजार २०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताउनुभयो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ६२ हजार ७९७ पुगेको छ भने आज देशभरमा सक्रिय संक्रमितको […]
Author: bihani
आज संविधान दिवस मनाईदै, प्रधानमन्त्रीले देशवासीका नाममा सम्बाेधन गर्ने
काठमाडौं,असोज,३-आज असोज ३ गते, गणतन्त्र नेपालको संविधान जारी भएको ऐतिहासिक दिनको स्मरण गर्दै संविधान दिवस मनाइँदै छ। यस अवसरमा अहिले बिहान १० बजेतिर टुँडिखेलस्थित सैनिक मञ्चमा सरकारले विशेष कार्यक्रम आयोजना गर्दै छ। प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको उहाॅंका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । कार्यक्रममा प्रधानमन्त्री ओलीका अलावा […]
भारतसँग छिट्टै वार्ता हुन्छः परराष्ट्रमन्त्री
बुटवल,असोज,२-परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतसंगको कूटनीतिक संवाद र छलफलबाटै सीमा समस्याको समाधान गरिने बताउनुभएको छ । प्रेस सङगठन नेपाल,रुपन्देहीले शुक्रबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले नेपाल कुनै छिमेकी मुलुकतिर नढल्किने स्पष्ट पार्दै सीमा समस्या समाधानलगायत विषयमा प्रधानमन्त्रिस्तरमा भारतसँग चारपटक फोन संवाद भएको जानकारी दिनुभयो । खोसिएको भूभाग फिर्ता लिन नयाँ नक्शा जारीपछि थप ऊर्जा […]
थप २०२० जनामा संक्रमण,७ जनाको मृत्यु, ८७१ जना डिस्चार्ज भए
काठमाडौं,असोज,२-पछिल्लो २४ घण्टामा हालसम्मकै उच्च कोरोना भाइरस संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम अनुसार पछिल्लो २४ घण्टामा २०२० जनामा संक्रमण पुष्टि भएको छ । नेपालमा कोरोना संक्रमितको जम्मा संख्या ६१ हजार ५ सय ९३ पुगेको छ ।२४ घण्टामा ११४५८ जनाको पीसीआर परीक्षण गरिएको छ ।पछिल्लो २४ घण्टामा ८७१ जना डिस्चार्ज […]
कोरोनाबाट ४ जनाको मृत्यु, थप १२४६ जनामा कोरोना संक्रमण
काठमाडौं,असोज,१-पछिल्लो २४ घन्टामा थप १२४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टा थप १२४६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । यो सहित कोरोना संक्रमितको जम्मा संख्या ५९ हजार ५७३ पुगेको छ ।२४ घण्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या १२४३ रहेको छ । […]
आज पनि पहिरो जादाॅं नारायणगढ-मुग्लिन सडक अवरुद्ध
काठमाडौं,असोज,१-नारायणगढ-मुग्लिन सडक आज पुनः अवरुद्ध भएको छ।चितवनको इच्छाकामना गाउँपालिका ६ चार किलो भन्ने ठाउँमा आज बिहान ४:३० बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार अहिले पनि पहिरो खस्ने क्रम रोकिएको छैन। जसको कारण पहिरो पन्छाउन समस्या भइरहेको छ। पहिरोका कारण आवागमन रोकिादा बिहानैदेखि सयौँ सवारी साधन दुबैतर्फ लाम लागेका छन्। […]
आज देशभरका अदालत बन्द
काठमाडौं,असोज,१-आज (बिहीबार) देशभरका अदालत नखुल्ने भएका छन्।सर्वोच्च अदालतले पूर्व प्रधानन्यायाधीश अनिरुद्धप्रसाद सिंहको निधनमा आज देशभरका अदालतमा शोक बिदा दिने निर्णय गरेको हो। सिंहको मंगलबार ओम अस्पताल काठमाडौंमा निधन भएको हो। १९७६ सालमा सप्तरीमा जन्मेका सिंह २०१३ साल जेठ ८ गते प्रधानन्यायाधीश नियुक्त भएका थिए। उनी तीन वर्ष प्रधानन्याधीश भएका थिए। सर्वोच्च अदालतको बुधबार बसेको आकस्मिक […]
सुदूरपश्चिममा कोरोना संक्रमित महिलाको मृत्यु, मृतकको संख्या १५ पुग्यो
कैलाली,असोज,१-कैलालीको धनगढीमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका-५ की ५७ वर्षीया संक्रमित महिलाको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिनुभयो । मृतकलाई भदौ १७ गते कोरोना पुष्टि भएको थियो । कडा खालको लक्षण देखिएपछि १९ गते अस्पतालमा भर्ना गरिएको थियो । संक्रमितको प्लाज्मा थेरापीमार्फत […]
आजदेखि लामो दूरीका गाडी सञ्चालन
काठमाडौं,असोज,१-लकडाउन/निषेधाज्ञाका कारण झन्डै ६ महिनादेखि बन्द लामो दूरीका सवारीसाधन आज (बिहीबार) बाट खुला भएका छन्। यातायात व्यवसायी र चालक महासंघको संयुक्त कार्यदलले हिजै (बुधबार) विज्ञप्ति जारी गकि सबैलाई आजदेखि लामो दूरीका गाडी चलाउन अनुरोध गरिसकेको छ। साथै सबै चालक, सहचालक र यात्रुलाई सवारीसाधनमा आवश्यक स्वास्थ्य सुरक्षा अपनाउन पनि आग्रह गरेको छ। चालक, सहचालकले मास्क, पञ्जा, […]
बिहानै ६ रेक्टरको भूकम्प, सिन्धुपाल्चोक केन्द्र बिन्दु
काठमाडौं,भदौ,३०-भूकम्पको धक्काले बुधबार बिहान काठमाडौं उपत्यकालाई नराम्ररी हल्लाएको छ। बिहान पाँच बजेर १९ मिनेट जाँदा सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएको हो। सिन्धुपाल्चोकको राम्चे काठमाडौंदेखि ६३ किलोमिटर उत्तरपश्चिममा पर्छ।राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले यसको पुष्टि गर्नु भएको हो। ‘बिहान ५:१९ मिनेट जाँदा सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प […]





