काठमाण्डौं,बैशाख,२८-विश्वव्यापी महामारीको रुपमा फैलीरहेको कोरोना भाइरस संक्रमण फैलीन नदिन नेपालमा सरकाले बन्दाबन्दी घोषणा गरेर लागु गरेको ४८ औं दिन पुरा भएको छ । यसैबिच बन्दमा गरिएको परीक्षणमा ११० जनामा संक्रमण देखिएको छ भने २८ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार ८ जना कोरोना भाइरसका संक्रमित थपिएपछि संक्रमितको संख्या […]
Author: bihani
जापानमा १६,४६७ जना संक्रमीत, ६३७ को मृत्यु ६,५५७ निको भए
जापान,बैशाख,२८-जापानमा आईतबार बिहान सम्म कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नयाँ ११३ जनामा देखिएको छ ।यो संगै संक्रमितको संख्या १६ हजार ४ सय ६७ जना पुगेको छ।अहिले सम्म ६ हजार ५ सय ५७ जना निको भएका छन् ।६ सय ३७ जनाको मृत्यु भएको छ । एकै दिन १८ जनाको निधन भए संगै मृतकको संख्या ६३७ पुगेको हो । […]
लिपुलेक विवाद : भारतले नेपाली भूमिमा सडक बनाउनु सार्वभौमसत्तामाथिको हस्तक्षेप ओली र दाहालको भनाई
काठमाडौं,बैशाख,२७-भारतले नेपाली भूमि लिपुलेकमा सडक निर्माण गरेर नेपालको सार्वभौमसत्तामा आँच पुर्याएको भन्दै नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले आपत्ति जनाएका छन् । सत्तारुढ नेकपाका अध्यक्षद्वयको संयुक्त हस्ताक्षरमा निकालिएको विज्ञप्तिमा भारतको कदमप्रति आपत्ति जनाइएको छ । प्रधानमन्त्रीसमेत रहेका ओली र अर्का अध्यक्ष दाहालको संयुक्त वक्तब्यमा कोरोना भाइरसले विश्व नै आक्रान्त भइरहेको समयमा यो कार्य […]
सडक आफ्नै भूमिमा बनाएको भारतको दाबी
काठमाडौं,बैशाख,२७-भारतले शुक्रबार उद्घाटन गरेको कैलाश मानसरोवरसम्म पुग्ने सडक आफ्नै भूमिमा निर्माण गरिएको दाबी गरेको छ। शनिबार नेपालको परराष्ट्र मन्त्रालयले नेपाली भूमी लिपुलेक हुँदै सो सडक निर्माण गरेको भनी बिरोध जनाएलगत्तै भारतले नेपाली भूमी प्रयोग नगरिएको दाबी गरेको हो। ‘उत्तराखण्डको पिथोरागढ जिल्लास्थित हालै उद्घाटन गरिएको सडक खण्ड भारतीय भूमीभित्रै पर्छ,’ भारतको विदेश मन्त्रालयले शनिबार जारी गरेको […]
सुरक्षाकर्मी माथिको आक्रमण सिंगो नेपाली माथिको आक्रमण
काठमाण्डौं,बैशाख,२७-आफ्नो देश जान पाउनु पर्ने माग राख्दै केहि थान चिनियाहरु शुक्रबार नेपाल प्रहरी माथि नै जाइलागे । त्यो पनि देशको सबैभन्दा ठूलो प्रशासनिक भवन जहाबाट सिंगो मुलुकको प्रशासन चल्छ, सिंह दरबार अगाडि । अर्काको देशमा आएकाहरुले उल्टै त्यहि देशको सुरक्षाकर्मी माथि आक्रमण गर्नु कति सम्मको अन्याय, अत्याचार र हेपाई हो ? असल छिमेकी मानिदै आएको […]
नेपाली भूमिभित्र कुनै गतिविधि नगर्न भारतलाई नेपालको आग्रह
काठमाण्डौ,बैशाख,२७-नेपाली भूमि लिपुलेक हुँदै भारतले सडक खनेर चीनको सीमासम्म पुर्याएकाे विषयमा सरकारले आधिकारिक धारणा जनाएको छ । परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्तिमार्फत भारतले नेपाली भूमि हुँदै सडक खनेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सन् १८१६ को सुगौली सन्धि अनुसार काली पूर्वका लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालमै पर्ने दाबी गर्दै सरकारले यो विषयमा नेपालले कुटनीतिक नोट पठाउँदा पठाउँदै पनि भारतले […]
फुटबलमा नयाँ नियम: एउटै खेलमा पाँच जनासम्म खेलाडी परिवर्तन गर्न पाइने
काठमाडौं,बैशाख,२७-कोरोना महामारीपछि फुटबल खेल सुरु हुँदा केही नयाँ नियमहरु लागु हुने भएको छ ।खेलाडीहरुको स्वास्थ्य र सुरक्षालाई ध्यानमा राखेर एक खेलमा पाँच खेलाडीसम्म परिवर्तन दिईने भएको छ ।कोरोनाका कारण रोकिएको फुटबल सुरु हुने बित्तिकै क्लबले एउटै खेलमा पाँच खेलाडी परिवर्तन गर्न पाउने भएका हुन् । विश्वभर फुटबल खेलको नियम नियन्त्रण गर्ने निकाय अन्तराष्ट्रिय फुटबल एसोसिएसन […]
जापानमा १६,३५४ जना संक्रमीत, ६१९ को मृत्यु, ६,५५७ जना निको भए
जापान,बैशाख,२७-जापानमा शनीबार बिहान सम्म कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नयाँ ८९ जनामा देखिएको छ ।यो संगै संक्रमितको संख्या १६ हजार ३ सय ५४ जना पुगेको छ।अहिले सम्म ६ हजार ५ सय ५७ जना निको भएका छन् ।६ सय १९ जनाको मृत्यु भएको छ । एकै दिन १६ जनाको निधन भए संगै मृतकको संख्या ६१९ पुगेको हो । […]
नेपाल मगर संघ बारा काठमाण्डौं सम्पर्क समितीद्धारा १३० परिवारलाई राहत बितरण
काठमाण्डौं,बैशाख,२५-नेपाल मगर संघ बारा-काठमाडौं सम्पर्क समीतीले राहत बितरण गरेको छ। बारा जिल्ला निजगढ नगरपालिका घरभई काठमाडौंमा बसोबास गर्दै आएका १३० परिवारलाई बुधबार राहत बितरण गरेको थियो । नेपाल मगर संघ बारा-काठमाडौं सम्पर्क समितीले संकलन गरेको ५० बोरा चामल र २ बोरा दाल काठमाडौंको जोरपाटी, चाबेल, कलंकी र ललितपुरको एकान्तकुनामा प्रती परिवार १० केजी चामल र १ केजी दाल वितरण गरेको नेपाल […]
पर्सामा २ वर्षे शिशु सहित १७ जनामा संक्रमण,संक्रमीतको संख्या ९९ पुग्यो
काठमाडौं,वैशाख,२४-नेपालमा बुधबार थप नयाॅं १७ जनामा कोरोना भाईरस संक्रमण देखिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका १७ जनामा कोरोनाभाइरस पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो। योसँगै नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ९९ पुगेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार आज कोरोना भाइरसको संक्रमण पुष्टि भएकामा २ महिनाका शिशु पनि छन्। संक्रमीत व्यक्ती सबै पर्सा […]





