कोरोना भाईरस नियन्त्रण नभएसम्म लकडाउन नखुल्ने

काठमाडौं,बैशाख,१०-सरकारले गरेको लकडाउन कोरोना भाइरस (कोभिड १९) नियन्त्रण नभसम्म नखुल्ने प्रधानमन्त्री केपी शर्मा ओलीले स्पष्ट पार्नु भएको छ ।बुधबार बालुवाटारमा नेकपाका सांसदहरुसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले नेपाल भारत सीमामा गर्दै आएको कडाइ यथावत रहने बताउनु भएको हो । छलफलमा दार्चुलाका सांसद गणेश ठगुन्नाले सीमामा अलपत्रहरुलाई स्वेदश ल्याएर क्वारेन्टिनमा राख्न प्रधानमन्त्रीसँग आग्रह गर्नु भएको थियो । […]

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४५ पुग्यो, ७ जना निको भए

काठमाडौं,वैशाख १०-नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ४५ पुगेको छ ।बुधबार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गरिएका ‘पीसीआर’ नमुनामध्ये तीनजनामा कोरोना संक्रमण देखिएसँगै संक्रमितको संख्या ४५ पुगेको हो । थपिएकाहरु तीनैजना पुरुष हुन् । २४ वर्षीय, ६० वर्षीय र ७२ वर्षीय पुरुष संक्रमित भएका हुन्।संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता […]

विश्वभर कोरोना महामारीले भोकमरीको जोखिम

काठमाडौं,बैशाख,१०-संयुक्त राष्ट्रसंघ (यूएन)को विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) ले कोरोना भाइरस (कोभिड–१९) को कारण विश्वभर भोकमरी फैलिने खतरा रहेको बताएको छ ।डब्ल्यूएफपीका प्रमुख डेभिड बियसलीले भोकमरीको संकट आउन नदिन अहिले नै तत्काले त्यसबाट बच्ने कदम शुरु गर्नुपर्ने बताएका हुन् । एक प्रतिवेदनले विश्वभर भोकमरीको सामना गर्नेको संख्या १३ करोड ५० लाखबाट बढेर २५ करोड पुग्न सक्ने […]

पार्टीको एकतालाई थप सुदृढ बनाईनु पर्नेमा नेकपाका अध्यक्ष द्वय ओली र प्रचण्डको जोड

काठमाडौं,बैशाख,१०-प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको आन्तरिक एकतालाई थप सुदृढ तुल्याइने बताउनु भएको छ ।नेकपा स्थापना दिवस तथा लेनिन जयन्तीका अवसरमा वक्तव्य जारी गर्दै प्रधानमन्त्री ओलीले यो दिवसले पार्टीको आन्तरिक एकतालाई थप सुदृढ तुल्याउन र विगत दुई वर्षदेखि जारी एकता प्रक्रियालाई अन्तिम निष्कर्षमा पुर्याउन प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ । उहाॅंले बितेका यी वर्षमा नेकपाले […]

कोरोना महामारी : जापानमा एकैदिन २१ जनाको मृत्यु, संक्रमीत १२ हजार नाघ्यो

जापान,बैशाख,१०-विश्वभरी महामारीको रुपमा फैलीरहेको कोरोना भाइरस (कोभिड–१९) का कारण जापानमा बुधबार बिहान सम्म २ सय ९३ जनाको मृत्यु भएको छ । एकै दिन २१ जनाको निधन भए संगै मृतकको संख्या २९३ पुगेको हो । एकै दिन नयाँ ३९१ जनामा संक्रमित देखिएको छ ।अहिले सम्म जापानमा कोरोना भाईरस संक्रमितको संख्या १२ हजार २ सय ३९ जना पुगेको […]

एकैदिन ११ जना कोरोना संक्रमित थपिएपछि उदयपुर जिल्ला ‘सिल’

उदयपुर,वैशाख,९-उदयपुरको भुल्केमा थप ११ जनामा कोरोना संक्रमण भएको पुष्टि भएसँगै प्रदेश नम्बर–१ सरकारले मंगलबार देखी नै पूरै जिल्लालाई चारैतिरबाट ‘सिल’ गर्ने निर्णय गरेको छ । उदयपुरबाट अन्य जिल्लामा कोरोना संक्रमण फैलिन नदिन यस्तो निर्णय गरेको प्रदेश सरकारका सामाजिक विकासमन्त्री जीवन घिमिरेले जानकारी दिनमभयो । उदयपुर जिल्लामा पूर्णरुपमा ‘लकडाउन’ गर्ने र जिल्लाका सबै नाका सिल गर्ने […]

नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुग्यो, ५ जना निको भए

काठमाडौं,वैशाख,९-नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ ।उदयपुरमा मंगलबार थप ११ जनामा कोरोनाभाइरस संक्रमणको पुष्टि भएको छ । त्रियुगा नगरपालिका भुल्केस्थित एक मस्जिदमा रहेका १२ जना कोरोनाभाइरस संक्रमितसँग सम्पर्कमा आएका थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । विराटनगरस्थित कोशी अस्पतालको प्रयोगशालामा गरिएको ‘पीसीआर’ परीक्षणमा ८ जनामा कोरोना संक्रमण […]

सरकारले ल्याएको अध्यादेश तत्काल फिर्ता लिन काॅंग्रेसको माग

काठमाडौं,वैशाख ९-प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले सोमबार ल्याएको अध्यादेश लोकतन्त्रविरोधी भएको ठहर गरेको छ ।मंगलबार बिहान सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले सोमबार जारी अध्यादेश तत्काल फिर्ता लिन माग गरेको हो । अध्यादेशले संविधानको ठाडो उल्लंघन गरेको र लोकतन्त्रको मूल्य, मान्यताविपरीत रहेको कांग्रेसको ठम्याइ छ ।यसबारे कांग्रेसले बुधबार सरकारबाहिर रहेका दलहरुसँग पनि […]

नेपाल : लकडाउनको २९ औं दिन, संक्रमीतको संख्या ३२ पुग्यो

काठमाडौं,बैशाख,९- नेपाल सरकारले कोरोनाभाइरस रोकथामका लागी लागु गरेको लकडाउन मंगलबार २९ दिन पुगेको छ । कोरोनाभाइरस (कोभिड–१९) को रोकथामकालागि सरकारले गत चैत ११ गते यता लकडाउन गरेको थियो । लकडाउनका कारण  दैनिक जिवन प्रभावित बनेको छ । अत्यावश्क काम र सेवाहरु बाहेकका सबै क्रियाकलापहरु बन्द छन् । मंगलबार पनि संघीय राजधानी काठमाडौं लगायतका शहरका सडकहरुमा […]

निशान भट्टाराईको नयाॅं गित “मिलाउने दैव, छुटाउने दैव” सार्वजनीक

काठमाण्डौं बैशाख,९-निशान भट्टाराईको सुमधुर आवाजमा नयाॅं गित सार्वजनीक भएको छ ।नेपाल आइडलको मञ्चबाट उदाएका मोरंगका निशान भट्टराई अहिले ख्यातीप्राप्त गायक बनेका छन् उनको चर्चा निकै चुलिँदो छ । निशान भट्टाराईको आवाजमा रहेको नयाॅं गित “मिलाउने दैव, छुटाउने दैव” अडियो युटुबमार्फत मंगलबार सार्वजनिक भएको छ । उक्त गितको शब्द गीतकार तिलक भट्टराईले लेखेका हुन् । गितमा चर्चित संगीतकार […]