काठमाडौं,कार्तिक,१- गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्त निर्वाचित हुनु भएको छ । महासचिबमा डा. हेमराज शर्मा विजयी हुनु भएको हो ।गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलनबाट आगामी २ वर्षे कायकालका लागि नयाँ नेतृत्व चयन गरेको छ । काठमाडौंमा भएको निर्वाचनमा १२ सय १७ मत ल्याएर पन्त अध्यक्षमा निर्वाचित भएको हो ।पन्तका प्रतिस्पर्धी कुल […]
Author: bihani
विश्वकप छनोट : अहिले नेपाल र जोर्डन भिड्दै ( Live Vedio)
काठमाण्डौं,असोज,२९- विश्वकप छनोट अन्तर्गत अहिले नेपाल जोर्डन बिच प्रतिस्पर्धा भैईरहेको छ । नेपाल १-० ले पछि परेको छ । लाईभ भिडीयो
नेपाली क्रिकेट टोलीको कप्तानबाट पारस खड्काले दिए राजीनामा
काठमाडौं,असोज,२८- नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले पदबाट राजीनामा दिएको घोषणा गरेका छन् ।नेपाली क्रिकेटले भर्खरै निर्वाचित बोर्ड पाएको र अन्तर्राष्ट्रिय क्रिकेट परिषदले नेपालकाे निलम्बन फुकुवाकाे प्रक्रिया अगाडी बढाएकाे दाेस्राे दिन नै कप्तान पारसले कप्तानी छाेडेकाे बताएका छन । नेपाली क्रिकेटका सफल कप्तान पारसकाे याे निर्णयले क्रिकेट जगत नै चकित परेकाे छ । आज आफ्नो ट्वीटर […]
कुनै पनि काम गर्न नपाउने गरी महरा र आलम सांसदबाट निलम्बित
काठमाण्डौं,असोज,२७- निवर्तमान सभामुख कृष्णबहादुर महरा र कांग्रेस सांसद् मोहम्मद आफताब आलम सांसद पदबाट निलम्बनमा परेका छन् ।जसबाट उनीहरूले सांसद् सदस्यको हैसियतबाट कुनै पनि काम गर्न नपाउने भएका छन्। निवर्तमान सभामुख महरालाई संसद् सचिवालय स्वास्थ्य शाखाकी एक कर्मचारीलाई बलात्कार प्रयास गरेको जाहेरी परेपछि जबरजस्ती करणी उद्योग मुद्दाको अनुसन्धानको सिलसिलामा असोज १९ गते बालुवाटरस्थित सभामुख निवासबाट पक्राउ […]
अरिङ्गाल खाँदा १० जना बिरामी
रुकुमपूर्व,असोज,२७- अरिङ्गाल खाँदा रुकुमको पुथा उत्तरगङ्गा गाउँपालिका–१२, कोलका १० जना बिरामी परेका छन् । बिरामी पर्नेमा रेश्मा बुढा, नरबहादुर बुढा, आसापुरी बुढा, गङ्गा बुढा, एलीना बुढा, करमाया बुढा, सरेश्मा बुढा, मनपुरी बुढा, मीना बुढा र आभास बुढा छन् । बिरामीमध्ये आभासको अवस्था गम्भीर रहेको जिल्ला अस्पतालले जनाएको छ । शनिबार साँझ जङ्गलबाट ल्याएको अरिङ्गाल भुटेर १२ जनाले […]
राष्ट्रपति सी चिनफिङले दिए :काँग्रेस सभापति देउवालाई चीन भ्रमणको निम्तो
काठमाण्डौं,असोज,२६- नेपालको दुई दिने राजकीय भ्रमणमा आउनु भएका चिनियाँ राष्ट्रपति सी जिनफिङले काँग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई चीन भ्रमणको निम्तो दिनुभएको छ । शनिबार होटल सोल्टी क्राउन प्लाजामा भएको एक्लाएक्लै भेटमा राष्ट्रपति सीले देउवालाई चीन आउन निम्तो दिएको काँग्रेस सह–महामन्त्री प्रकाशशरण महतले जानकारी दिनुभयो । राष्ट्रपति विद्यादेवी भण्डारीलाई शीतलनिवासमा भेटेलगत्तै होटल फर्केका सीले देउवालाई भेट्नु […]
नेपालको दुई दिने राजकीय भ्रमण पूरा गरी चिनियाँ राष्ट्रपति सी चिनफिङ स्वदेश फर्किए
काठमाडौं,असोज,२६- नेपालको दुई दिने राजकीय भ्रमण पूरा गरी चिनियाँ राष्ट्रपति सी चिनफिङ स्वदेश फर्किएका छन् ।चिनियाँ राष्ट्रपति सीलाई राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्द बहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली लगायत उच्च पदस्थ सरकारी अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर विदाइ गरेका हुन् । त्यसक्रममा नेपाली सेनाको एक टुकडीले सीलाई सम्मान गारथ अपर्ण गरेको थियो ।उनको विदाइका […]
नेपाल–चीनबीच विभिन्न १८ समझदारीपत्र र दुई लेटर अफ एक्सचेञ्जमा हस्ताक्षर
काठमाडौं, असोज,२६- नेपालका सरकार प्रमुख र चीनका राष्ट्राध्यक्षको तहमा प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता केहीबेरअघि राजधानीमा सम्पन्न भएको छ । चीनका राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीले आआफ्नो मुलुकको प्रतिनिधित्व गरेको उक्त वार्तामा नेपाल–चीन सम्बन्धका सबै पक्षमा केन्द्रित रहेर विचारविमर्श भएको थियो । वार्ता समाप्तभएसँगै राष्ट्रपति सी र प्रधानमन्त्री ओलीको उपस्थितिमा चीन र नेपालबीच गृह, परराष्ट्र, […]
जापानमा शक्तिशाली ताईफुका कारण जनजीवन अस्तव्यस्त (विस्तृत विवरण आउन बाँकि)
जापान,असोज,२५- अपडेट….. जापानको राजधानी टोकियो लगायत मुख्य भूभागमा असर पार्नेगरि अाज आएको शक्तिशाली ताईफु क्रोसाले यहाँको जनजीवन अस्तव्यस्त बनाएको छ । जापानीज मौसम एजेन्सीका अनुसार अहिले आईरहेको ताईफुका कारण राजधानी टोकियो स्थीत चिबा, मीय केनको इसे शि डुबानमा परेको छ ।ताईफुका कारण धेरैजना व्यक्ती घाईते भएका छन् । यसको विस्तृत विवरण आउन बाँकि नै छ ।अहिले त्यहाँ बस्ने सबैलाई […]
चिनियाँ राष्ट्रपति सी जिनपिङ आज नेपाल आउँदै
काठमाडौं,असोज,२५- राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा चीनका राष्ट्रपति सी चिनफिङ दुईदिने नेपाल भ्रमणका क्रममा शनिबार अपराह्न काठमाडौं आउँदै हुनुहुन्छ । २३ वर्षपछि चिनियाँ राष्ट्रपतिबाट नेपालको राजकीय भ्रमण हुन लागेको हो । भारत भ्रमणमा रहेका सी त्यतैबाट शनिबार अपराह्न ४:३० देखि ५:३० बजेसम्ममा विशेष विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । त्रिभुवन विमास्थलमा […]


