हाईस गाडीको ठक्करबाट एकजना बृद्ध महिला सिकिस्त घाईते

नेपालगन्ज,जेष्ठ,३१- नेपालगन्ज देखि धनगढी तर्फ जादै गरेको हायस हिजो बिहीबार साझ नेपालगन्जक‍ो सडक बिभाग नजिक ठक्कर दिदा एकजना वृद्ध महिला सिकिस्त घाइते हुनुभएको छ । घाइते वृद्धक‍ो नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जको ईमर्जेन्सी विभागमा उपचार भई रहेको छ । घाइते वृद्धको नाम, थर केही नखुलेको अस्पतालमा डिउटीमा रहेका प्रहरी हवलदार नरेश कुमार डागीले बताउनुभयो […]

बिहानी एफसीका स्ट्राईकर बिनोद बिष्ट संगको अन्तर्वार्ता (जापान)

फुकुओका,जापान,जेष्ठ,२८- फुटबल खेल हाम्रो लागि नयाँ होइन। यसको इतिहास पनि आजको होइन। आजको विषयलाई म यसरी सुरुवात गर्न चाहान्छु । सन् १९२१ मा विदेश पढेर फर्किएका नेपाली विद्यार्थीले नेपालमा सर्वप्रथम फुटबल भित्र्याएका हुन्। यसलाई स्थापित गर्ने काम जनरल नरशमशेर राणाले गरे। यती जानकारी नदिने हो भने आजको फुटबल सम्बन्धीको विषय अधुरो हुनेछ ।  खेललाई हुने खानेले […]

शहरी विकास मन्त्री र कानुन संकायका विद्यार्थी विच इद मिलन तथा भेटघाट कार्यक्रम

बाँके,जेष्ठ,२४-  त्रिभुवन विश्व विद्यालयको अांगिक क्याम्पस महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका कानुन संकायमा अध्यापन अध्ययनरत शिक्षक तथा विद्यार्थीहरुले बिहिबार माननीय शहरी विकास मन्त्री मोहम्मद ईस्तियाक राईसंग ईद मिलन तथा भेटघाट कार्यक्रम गरेका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ मा रहेको वेष्टन बिजनेस ग्रुपको हलमा भेटघाट गरेका थिए । भेटघाट तथा ईद मिलन कार्यक्रममा कानुन संकाय […]

कैलालीमा भिषण हावाहुरीमा परी १ जनाको मृत्यु, ४५ बढी घाईते

कैलाली,जेठ,२४- कैलाली र कञ्चनपुरमा बिहीबार बेलुकीको भिषण हावाहुरीले ठूलो धनजनको क्षति भएको छ ।हावाहुरीमा परी एक जनाको ज्यान गएको छ भने  ४५ भन्दा बढी घाइते भएका छन् । मृत्यु हुनेमा कैलाली गोदावरी नगरपालिकाका  वीरबहादुर चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।कैलालीमा अरु २५ जना घाइते भएका छन् ।अहिले घाइतेहरुको धनगढीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरु […]

नेपालगंजमा साईकल र्यालीको आयोजना गरिने

नेपालगंज,जेष्ठ,२१- विश्व वातावरण दिवशको अवसर पारेर नेपालगंजमा साईकल र्यालीको आयोजना गरिने भएको छ ।  नेपालगंज साईकल क्लवको आयोजनामा जेष्ठ २२ गते अर्थात भोली (बुधबार)विश्व वातावरण दिवशका दिन साईकल र्यालीको आयोजना गर्न लागिएको नेपालगंज साईकल क्लवले जनाएको हो । मानीसलाई स्वच्छ वातावरणमा बाच्न साईकलले महत्वपुर्ण भिमिका खेल्ने गर्दछ । साईकलको प्रयोगले वातावरणमा ध्वनी प्रदुषण नहुने र स्वच्छ वातावरणका लागि फाईदा गर्ने […]

नेपालगञ्जमा जेष्ठ २५ गते मलामा स्पाले बृहत महिला पुल पार्टीको आयोजना गर्ने

नेपालगञ्ज,जेठ,२१- नेपालगञ्जमा मलामा स्पाले यहि जेष्ठ २५ गते बृहत महिला पुल पार्टीको आयोजना गर्ने भएको छ । महिलाहरुलाई लक्षित गरेर होटेल स्नेहा क्लर्क इन स्वीटले घर घरायसी काममा, व्यापार व्यावसायमा व्यस्त समयमा हुने मानसिक तनाव र थकान कम गर्नका लागि मसाज, स्पा, वाडि पालिस सहितको स्पा सेन्टर यहि २५ गते बृहत पुल पार्टी आयोजना गर्ने […]

चितवनमा निर्माणधिन क्रिकेट रंगशाला : रोजिन थापा मगरको विचार

काठमाण्डौं,जेष्ठ,१७- चितवनको रामपुरमा धुर्मुस सुन्तली फाउण्डेसनद्धारा निर्माणधिन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा लगाइएको अस्थायी बारमा यहि जेष्ठ १४ गते मंगलबारका दिन प्रकाश कँडेलको समुहले डोजर लगाएर भत्काएका पछि अहिले देश विदेशबाट चौतर्फी विरोध भैरहेको छ । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बार भत्काउने कार्यमा संलग्न प्रकाश कँडेल सहित १७ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । पक्राउ परेका प्रकाश कँडेल नेपाल कम्युनिस्ट […]

चितवनमा निर्माणाधीन रंगशालामा डोजर चलाउने कडेँल पार्टी सदस्यबाट निलम्बन

काठमाण्डौं,जेष्ठ,१६- चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बारमा डोजर चलाएर भत्काउने प्रकाश कडेँललाई नेकपा चितवनले पार्टी सदस्यबाट निलम्बन गरेको छ। नेकपा चितवन जिल्ला अध्यक्ष यमबहादुर परियार इन्द्रजितले आज वक्तव्य जारी गर्दै उनलाई सदस्यबाट निलम्वन गरी कारवाही गरिएको जानकारी दिनुभएको छ। अर्का सदस्य भैरव बस्ताकोटीलाई भने २ महिनाको लागि निलम्बन गरिएको छ। प्रकाश कडेँललाई प्रहरीले गयराति नै प्रक्राउ गरेको […]

राष्ट्रपतिद्धारा सांसदलाई ‘संविधानसभा पदक’ प्रदान

काठमाण्डौं,जेष्ठ,१६- सरकारले पहिलो र दोस्रो संविधानसभामा निर्वाचित सदस्यलाई ‘संविधानसभा पदक’ बाट विभूषित गरेको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित एक समारोहका बीच उहाँहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रकोतर्फबाट पदकसहित सम्मान प्रदान गर्नुभएको हो । पहिलो र दोस्रो संविधानसभामा निर्वाचित भई संविधान निर्माणमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै एक हजार १०६ सभासद्लाई सम्मान गरिने छ । […]

मोदीको शपथ ग्रहण आज : प्रधानमन्त्री ओली भारत जाँदै

काठमाण्डौं,जेष्ठ,१६- भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण आज हुने भएको छ । उक्त शपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली आज (बिहीबार) नयाँ दिल्ली प्रस्थान गर्दैहुनुहुन्छ ।प्रधानमन्त्री ओली  आज दिउँसो १:३५ बजेको नेपाल वायुसेवा निगमको नियमित उडानबाट दिल्ली जान लाग्नु भएको हो। ओली डिप्लोमेटिक इन्कलेभस्थित होटलताज प्यालेसमा बस्नुहुनेछ। प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा राजन […]