पाकिस्तानी प्रधानमन्त्री आज नेपाल आउदै

काठमाडौं, फागुन,२१- पाकिस्तानी प्रधानमन्त्री साहिद खाकन अब्बासी दुई दिने भ्रमणका लागि आज काठमाडौं आउँदै हुनुहुन्छ । ३० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अब्बासी आज अपराह्न काठमाडौं आउन लाग्नु भएको हो । आफ्नै विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने अब्बासीलाई अर्थमन्त्री डा.युवराज खतिवडाले स्वागत गर्नुहुनेछ । पाकिस्तानी प्रधानमन्त्री अब्बासीलाई सैनिक मञ्च टुंडिखेलमा गार्ड अफ अनर दिइने भएको छ । […]

शर्मा ४५ लाख धरौटीमा रिहा

काठमाडौ,फागुन,२१- विशेष अदालतले गैरकानुनी रुपमा अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा चलाइएका राजश्व अनुसन्धान विभागका पूर्व महानिर्देशक चुडामणि शर्मासँग विशेष अदालतले ४५ लाख रुपैयाँ धरौटी माग गरेको छ । विशेषका रजिष्ट्रार भीमकुमार श्रेष्ठले अदालतले मागेको धरौटी रकमबापत नेपाल इन्भेष्टमेन्ट बैंक जमानी बसेका कारण साधारण तारिखमा राखिएको बताए । ‘उहाँकी पत्नी भने अदालतमा हाजिर हुनुभएको छैन,’ […]

इन्द्रेणी जस्तै संघीय संसद् भवन

काठमाडौं,फागुन,२१- सप्तरंगी इन्द्रेणी जस्तै विभिन्न रंग र वेशभूषाको अनुपम संयोगको रुपमा संघीय संसद्को शपथ ग्रहण समारोह आयोजना गरियो । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा रहेको संघीय संसद् भवनमा आज प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरु आ–आफ्नै वेशभूषामा पद तथा गोपनियताको शपथ लिन पुग्नु भएको थियो । नेपालको जातीय विविधता र सहअस्तित्व र भातृत्वको विराट संगमको रुपमा शपथ […]

चैत्र १ मा चालू आर्थिक वर्षको प्रदेश बजेट

काठमाडौं,फागुन,२१- प्रदेश सरकारले चैत्र १ मा चालू आवका लागि बजेट नल्याए खर्च गर्न नपाउने भएका छन् । अन्तरसरकारी वित्त ऐनअनुसार बजेट नबनाइ कुनै पनि खर्च गर्न नपाइने भएकाले चालू आर्थिक वर्ष सकिन ४ महिना बाँकी भए पनि प्रदेश सरकारहरुलाई बजेट ल्याउन दबाब परेको हो । चालू आर्थिक वर्षका लागि चैत १ मा बजेट ल्याए पनि […]

सेयर बजार ओरालो

काठमाडौ,फागुन,२१- नयाँ सरकार बनेसँगै सुध्रिन्छ भन्ने आशमा बसेका लगानीकर्तालाई आइतवार सेयर बजारले नराम्रो झट्का दिएको छ । एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा अर्थमन्त्रालयको जिम्मेवारी सम्हालेपछि डा. युवराज खतिवडाले अनुत्पादक क्षेत्रको लगानीलाई निरुत्साहित गर्ने अभिव्यक्ति दिँएसँगै पुँजी बजारमा पहिरो गएको हो । अर्थमन्त्रीको खतिवडाको त्यस अभिव्यक्तिको प्रभाव यति धेरै पर्यो कि पुँजी बजारका लगानीकर्ताले आइतवार […]

जिम्बावेसँग नेपाल ११६ रनले पराजित

काठमाडौं, फागुन,२०- जिम्बावेमा सुरु भएको एक दिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल आयोजक जिम्बावेसँग पराजित भएको छ । टेष्ट मान्यताप्राप्त राष्ट्र जिम्बावेसँग ११६ रनले पराजित भएपनि खेलमा नेपालले प्रशंशनीय प्रदर्शन गरेको छ । खेलमा टस जितेर पहिले ब्याटिङ गरेको जिम्बावेले आक्रामक ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३८० रन बनायो । […]

विराटनगरका मेयर पराजुलीले लगाए सडकमा झाडु:बटुवा अचम्मीत

विराटनगर,फागुन,२०- मेयरको काम र कर्तव्य भनेको महानगरपालीकामा बसेर काम गर्ने र सेवाग्राहीको समस्याहरु जस्ता गुनासाहरु हल गर्ने हो । तर आईतबार विराटनगरका मेयर भीम पराजुली कार्यलय समयमा नै विराटनगरको सडकमा एक एक मुखामा माक्स हातमा सेतो पन्जा अनि त्यही हातमा कुचो लिएर बढार्दै हिडेको देख्दा सर्वसाधरण बटुवाहरु अचम्मीत भईरहेका थिए । त्यति मात्र हैन स्थानिय […]

फागुन २३ गतेको सर्वोच्चको बहसले अस्थायी शिक्षकको भाग्यको फैसला गर्ने

काठमाडौं,फागुन,२०- आगामी फागुन २३ गते सर्वोच्च अदालतको संवैधानिक इजलाशमा हुन लागेको बहसले अस्थायी शिक्षकको भाग्यको फैसला गर्ने भएको छ । सो बहस पछिको फैसलाले नै अस्थायी शिक्षकको चैत्र २४ को परीक्षा हुने–नहुने र सवै अस्थायी शिक्षकले परीक्षा दिन पाउने– नपाउने टुंगो लाग्ने भएको हो । यदी सो दिनको बहस पछि फैसला जेसुकै आएपनि परीक्षा निर्धारित […]

गायक तथा सर्जक गणेश घर्ती मगर मोड्लिङमा पनि जम्दै

काठमाण्डौं,फागुन,२०- नेपाली लोक संगितमा उदाउदै गरेका नवगायक गणेश घर्ती मगरले फेरी आफ्नै मोड्लिङमा नयाँ गित बजारमा ल्याएर आएका छन् । प्रदेश न.५माण्डबी गाउपालिका रम्दी २प्युठानमा जन्मिएका घर्तीले गित मात्र गाउने नभएर शब्द,संगीत पनि आफै गर्ने गरेका छन् । यती मात्र नभएर उनले आफ्नै मोड्लिङमा गित पनी बजारमा ल्याएका हुन् ।पछिल्लो समय उनी  मोड्लिङमा पनी जम्दै आएका छन । एक […]

नेपालगञ्जमा लाईफ फिजीकल ट्रेनिङ सेन्टर प्राली सञ्चालनमा

नेपालगञ्ज,फागुन,१९- बेरोजगार यूवाहरुलाई लक्षित गर्दै नेपालगञ्जमा लाईफ फिजीकल ट्रेनिङ सेन्टर प्राली सञ्चालनमा ल्याइएको छ । पूर्व भारतिय सैनिक पे्रम बहादुर शाहीले नेपालगञ्ज –१० स्थित आफनै निवासमा स्थापना गरेको सेन्टरको आज औपचारिक उदघाटन गरिएको छ । नेपाल, भारत र व्रिटीस आर्मी हुनका लागि पुर्व तयारी स्वरुप प्रशिक्षण दिइने सो सेन्टरको आज नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवल […]