काठमाडाैँ,फागुन,६- नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सर्दै हुनुहुन्छ । प्रधानमन्त्री ओली अपराह्न ४ बजेको साइतमा सरकारी निवास सर्ने तयारी गर्नु भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । वालुवाटारमा नवनियुक्त प्रधानमन्त्रीको स्वागतको तयारी पुरा भएको छ । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रवारनै प्रधानमन्त्री निवास बालुवाटार छाडिसक्नु भएको छ । प्रतिनिधिसभा निर्वाचनमा […]
Author: bihani
दाङमा क्यान्सरको अवस्था नाजुक
रोशन घर्ती/ दाङ,फाल्गुन,६- दाङ जिल्लामा क्यान्सरको अवस्था नाजुक भएको जिल्ला जनस्वास्थ्य कार्यालय घोराहीले बताएको छ । सरकारले पछिल्लो समययता आठ प्रकारका नसर्ने रोगका लागी उपचार खर्च दिने भएपछि जिल्ला जनस्वास्थ्य कार्यालय दाङमा पनि सिफारिस लिन आउनेको सङख्या दिनानुदिन बढदै गएको सुचना अधिकृत मदन पौडेल बताउनुभएको हो । पछिल्लो समय जनता जागुरुक भएको र साथै जिल्लामा […]
साईन एण्ड क्लिन सर्भीस प्रा.ली को उद्घाटन
काठमाण्डौं ,फाल्गुन,६- विगत ५ वर्ष देखी संचालन हुँदै आएको SHINE AND CLEAN SERVICE PVT.LTD अब थप सेवा सुविधा र नयाँ व्यवस्थापनका साथ संचालनमा आएको छ । यहि फेब्रअरी १४ तारिखका दिन लीतपुरको भैंसीपाटीमा कम्पनीको उद्घाटन गरिएको थियो । ३ जना पाटर्नरसिपमा नयाँ व्यवस्थापनका साथ कम्पनी संचालनमा आएको हो । पाटर्नरसिपमा निपेन वाङ लामा, सरोज खड्का, […]
विश्वकप खेल्ने खुशी लिएर फर्कियो नेपाली क्रिकेट टिम
काठमाडौं,फाल्गुन,५- नेपालले अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्न सुरु गरेको झन्डै २२ वर्ष पुगेको छ। सन् १९९६ मा एसियाली क्रिकेट काउन्सिल (एसीसी) ट्रफी खेल्दै सुरु गरेको नेपालको अन्तर्राष्ट्रिय क्रिकेट यात्रा अहिले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन एकसम्म आइपुगेको छ। यही खुशी दिलाएर नामिबियाबाट नेपाली क्रिकेट टिम शनिबार साँझ स्वदेश फर्किएको छ। नामिबियामा नेपालले गरेको […]
प्रदेश–७ मा सात सदस्यीय मन्त्रिपरिषद गठन
कैलाली, फागुन ५- प्रदेश नम्बर–७ मा मुख्यमन्त्री त्रिलोचन भट्टको शपथग्रहणसँगै शनिबार साँझ सात सदस्यीय मन्त्रिमन्डल गठन गरिएको छ ।माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका भट्टले शनिबार धनगढीमा प्रदेशप्रमुख मोहनराज मल्लसँग पद तथा गोपनीयताको शपथ लिएका हुन् । त्यसलगत्तै अरु ६ मन्त्रीले प्रदेशप्रमुख मल्लसँग शपथ लिए । नेकपा एमालेबाट चार र माओवादी केन्द्रबाट दुई मन्त्री बनेका हुन् ।मन्त्री […]
४१ औँ प्रधानमन्त्रीमा नेकपा एमालेका अध्यक्ष ओली नियुक्त
काठमाडौं,फाल्गुन,३- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त हुनु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम ओलीलाई प्रधानमन्त्री नियुक्त गर्नु भएको हो । ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न एमाले र माओवादीले बिहीबार नै राष्ट्रपति समक्ष समर्थनले पत्र बुझाएका थिए । प्रधानमन्त्री नियुक्ती भए संगै एमाले अध्यक्ष केपी शर्मा ओली […]
प्रधानमन्त्री देउवाद्वारा राजीनामा, ४ बजे ओलीले प्रधानमन्त्रीको सपथग्रहण लिने
काठमाण्डौं,फाल्गुन,३- प्रधानमन्त्री शेरबहादुर देउवाले आज राजीनामा दिनु भएको छ । नयाँ सरकार गठन प्रक्रिया सुरु भइसकेपछि देउवाले देशबासीलाई सम्बोधन गर्दै राजीनामा दिनु भएको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठनका लागि वाम गठबन्धनले दाबी पेश गरिसकेको छ । प्रधानमन्त्री निवास बालुवाटारबाट गरिएको सम्बोधनका क्रममा उहाँले तीनै चरणको निर्वाचन सम्पन्न गरेको र […]
प्रधानमन्त्री शेरबहादुर देउवाले आज राजीनामा दिने
काठमाडौं,फाल्गुन,३- प्रधानमन्त्री शेरबहादुर देउवा राजीनामा दिने तयारीमा लाग्नु भएको छ । उहाँले आफ्नो बहिर्गमनअघि देशवासीका नाममा सम्बोधन गर्दैहुनुहुन्छ ।प्रधानमन्त्री देउवाले बुधबार नै देशवासीका नाममा सम्बोधन गरेर राजीनामा दिने तयारी गर्नु भएको थियो । तर निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम राष्ट्रपतिलाई बुझाउन अबेर गरेपछि सरेको थियो । प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले आज बिहान ९ […]
नेपालले विश्वकप छनोट खेल्ने पक्का
काठमाण्डौं,फाल्गुन,२- नेपालले विश्वकप छनोटमा स्थान बनाएको छ ।क्यानडामाथि एक विकेट, एक रन ,एक बलमा जित निकालेको हो ।आजको नेपालको जितमा करण केसी नायक नै बनेका छन् । १९५ रनको लक्ष्य पछ्याएको नेपालले १४४ रन जोड्दा ९ विकेट गुमाइसकेको थियो । तर, करणले सन्दिप लामिछानेसँग लोभलाग्दो आक्रामक पारी खेल्दै नेपाललाई उत्कृष्ट जित दिलाएका हुन् । अन्तिम ओभरमा नेपाललाई ६ बलमा […]
अमेरिकामा नेपाली कलाकार संघको तेश्रो अधिवेशन हुँदै
अमेरिका,फाल्गुन,१- नेपाली अमेरिकन कलाकार संघ नर्थ अमेरिकाको तेश्रो अधिवेशन यही मार्च ११, २०१८ न्यूयोर्कमा हुने भएको छ। २०१२ मा नायिका गौरी मल्लको अध्यक्षतामा पहिलो पटक गठन भएको कलाकार संघको तेश्रो अधिवेशनमा अमेरिका भरिका १४ राज्यबाट प्रतिनिधीहरु उपस्थित हुने भएका छन्। अमेरिकाको १४ राज्यमा आफ्नो राज्य च्याप्टरहरु रहेको यो संघको यो तेश्रो अधिवेशन बिशेष हुने कुरा […]










