काठमाडौं, फागुन १- आज देशैभर महाशिवरात्रि पर्व मनाइँदै छ । हिन्दू धर्मावलम्बीहरुले बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी विभिन्न शिवालयमा गई श्रद्धा भक्तिपूर्वक महादेवको पूजा–आराधना गरिरहेका छन् । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यो पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ […]
Author: bihani
नेपाली सेनाले देशभर सेना दिवस मनाउँदै
काठमाडौं, फागुन,१- नेपाली सेनाले शिवरात्रिका अवसरमा आज देशभर सेना दिवस मनाउँदै छ ।सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारी शिवरात्रि तथा सेना दिवसकै अवसरमा सैनिक मञ्च टुंडिखेलमा आयोजना हुने विशेष समारोहमा प्रमुख अतिथिका रुपमा सहभागी हुने कार्यक्रम छ । नेपाली सेनाले दुई दशक अघिदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । सैनिक मञ्चमा परेड तथा […]
सन्दिपको किर्तिमान पाँच विकेट, नेपाललाई १७८ रनको लक्ष्य
काठमाण्डौं,माघ,२९- विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गतको आफ्नो चौंथो खेलमा सन्दिप लामिछानेले लिस्ट ए मा नेपालको तर्फबाट सबैभन्दा राम्रो बलिङ गरेपछि नेपालले केन्यालाई ५० ओभरमा आठ विकेटमा १७८ रनमा रोकेको छ । १० ओभर बलिङ गरेका सन्दिपले पाँचवटा मेडन ओभर राख्दै २० रन खर्चेर पाँच विकेट लिएका थिए । यो नेपालको तर्फबाट लिस्ट ए मा […]
नेपालले आज केन्या संग खेल्ने
काठमाडौं माघ,२९- आइसीसी विश्व क्रिकेट लिग डिभिजन दुई अन्तर्गत नेपालले आफ्नो चौथो खेलमा आज(सोमबार) अंक तालिकाको पुछारमा रहेको केन्याको सामना गर्दैछ। नामिबियाको विन्डहकस्थित वान्डरर्स क्रिकेट मैदानमा खेल दिउँसो सवा १ बजे सुरु हुनेछ। खेल केन्या र नेपाल दुबैका लागि महत्वपूर्ण छ। तीन खेल खेलेर दुईमा जित र एकमा हार सहित ४ अंकका साथ दोस्रो स्थानमा […]
मुख्यमन्त्री डोरमणि पौडेलले लिए शपथ
काठमाडौं माघ,२९ एमाले नेता डोरमणि पौडेलले मुख्यमन्त्रीका रुपमा शपथ ग्रहण गर्नु भएको छ । उहाँलाई प्रदेश प्रमुख अनुराधा कोइरालाले आज विहान शपथ लिनु भएको हो । एमाले नेतृ अष्टलक्ष्मी शाक्यलाई पराजित गर्दै पौडेल प्रदेश सभा दलको अध्यक्ष निर्वाचित हुनु भएको थियो ।पौडेल राजधानी काठमाडौं समेत रहेको प्रदेश–३ का मुख्यमन्त्री हुन् । एमालेको बहुमत रहेको प्रदेश सभा दलको […]
भारतीय सेनाध्यक्ष विपिन रावत आज नेपाल आउँदै
काठमाडौं,माघ,२९- भारतीय सेनाध्यक्ष विपिन रावत आज नेपाल आउँदै हुनुहुन्छ । भारतीय सेनाध्यक्ष रावत प्रधानसेनापति राजेन्द्र क्षत्रीको निमन्त्रणामा नेपाल भ्रमणमा आउन लाग्नुभएको हो । उहाँ नेपाल एकीकरणको २५० वर्षगाँठ मनाउने क्रममा भोलि फागुन १ गते आयोजना गरिने ‘सेना दिवस २०७४’ को कार्यक्रममा विशेष अतिथिका रुपमा सहभागी हुने नेपाली सेनाले जनाएको छ । रावतलाई २०७३ चैत १६ […]
अध्यक्षद्वय ओली र दाहालबीच छलफल सुरु
काठमाडौं,माघ,२९- एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच छलफल सुरु भएको छ । ललितपुरको मानवभवनस्थित एक घरमा उनीहरुबीच गोप्य वार्ता सुरु भएको हो। एमाले र माओवादी केन्द्रको पार्टी एकता प्रक्रियालाई निर्णायक मोडमा पुर्याउने गरी दुई अध्यक्षबीच छलफल सुरु भएको बताइएको छ । यसअघि आइतबार बस्ने भनिए पनि अध्यक्ष दाहाल व्यस्त रहेकाले […]
कांग्रेस र माओवादीले समानुपातिकको सूची आज बुझाउँने
काठमाडौं,माघ,२९- निर्वाचन आयोगले दलहरुलाई प्रतिनिधीसभा सदस्यको समानुपातिक तर्फको नामावली बुझाउन दिएको समय आज सकिने भएपछि दलहरु बिहानैदेखि आन्तरिक छलफलमा व्यस्त रहेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र मधेस केन्द्रित दलले बिहान सुचीको टुङगो लगाएर मध्यान्ह आयोगलाई बुझाउने तयारी गरेको नेताहरुले बताएका छन् । समानुपातिकतर्फ कांग्रेसले ४०, माओवादी केन्द्रले १७, संघीय समाजवादी फोरम र […]
आइसीसी डिभिजन–२ क्रिकेटमा नेपालद्वारा युएई चार विकेटले पराजित
काठमाडौं, माघ २८- नामिबियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन–२ क्रिकेटको तेस्रो खेलमा आइतबार नेपालले युएईलाई चार विकेटले पराजित गरेको छ । वर्षाले ३४ ओभरमा झारिएको खेलमा नेपालले पाएको ११५ रनको सामान्य लक्ष्य ३१ बल बाँकी छँदै पुरा गरेको हो । यसअघि नेपालले टस जितेर कसिलो बलिङ्ग गरेको थियो । नेपाली बलरहरु हावी भएपछि युएई ३१ […]
नेपालगन्ज १० मा बालबालिकाहरुको स्थलगत अनुगमन
बाँके,माघ,२८- नेपालगन्ज उपमहानगरपालिका वडा नं. १० का विभिन्न टोलमा आज संयुक्त स्थलगत अनुगमन गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका, वडा कार्यालय, वडा स्तरीय बाल क्लब संजाल र बास नेपालगन्जको संयुक्त अनुगमन टोली स्थानियहरुको घरदैलोमा पुगेपछि उनीहरुले बालबालिकाको अवस्थाको बारेमा अवगत गराए । वडाका विभिन्न स्थानमा बालश्रमिक तथा परिवारहरुसँग बालश्रमिको अवस्थाको जानकारी लिदै उनीहरुलाई बिद्यालय पठाउने बिषयमा परामर्श […]










