अमेरिकामा नेपाली कलाकार संघको तेश्रो अधिवेशन हुँदै

अमेरिका,फाल्गुन,१- नेपाली अमेरिकन कलाकार संघ नर्थ अमेरिकाको तेश्रो अधिवेशन यही मार्च ११, २०१८ न्यूयोर्कमा हुने भएको छ। २०१२ मा नायिका गौरी मल्लको अध्यक्षतामा पहिलो पटक गठन भएको कलाकार संघको तेश्रो अधिवेशनमा अमेरिका भरिका १४ राज्यबाट प्रतिनिधीहरु उपस्थित हुने भएका छन्। अमेरिकाको १४ राज्यमा आफ्नो राज्य च्याप्टरहरु रहेको यो संघको यो तेश्रो अधिवेशन बिशेष हुने कुरा […]

आज महाशिवरात्री पर्व मनाईंदै

काठमाडौं, फागुन १- आज देशैभर महाशिवरात्रि पर्व मनाइँदै छ । हिन्दू धर्मावलम्बीहरुले बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी विभिन्न शिवालयमा गई श्रद्धा भक्तिपूर्वक महादेवको पूजा–आराधना गरिरहेका छन् । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यो पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ […]

नेपाली सेनाले देशभर सेना दिवस मनाउँदै

काठमाडौं, फागुन,१- नेपाली सेनाले शिवरात्रिका अवसरमा आज देशभर सेना दिवस मनाउँदै छ ।सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारी शिवरात्रि तथा सेना दिवसकै अवसरमा सैनिक मञ्च टुंडिखेलमा आयोजना हुने विशेष समारोहमा प्रमुख अतिथिका रुपमा सहभागी हुने कार्यक्रम छ । नेपाली सेनाले दुई दशक अघिदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । सैनिक मञ्चमा परेड तथा […]

सन्दिपको किर्तिमान पाँच विकेट, नेपाललाई १७८ रनको लक्ष्य

काठमाण्डौं,माघ,२९- विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गतको आफ्नो चौंथो खेलमा सन्दिप लामिछानेले लिस्ट ए मा नेपालको तर्फबाट सबैभन्दा राम्रो बलिङ गरेपछि नेपालले केन्यालाई ५० ओभरमा आठ विकेटमा १७८ रनमा रोकेको छ । १० ओभर बलिङ गरेका सन्दिपले पाँचवटा मेडन ओभर राख्दै २० रन खर्चेर पाँच विकेट लिएका थिए । यो नेपालको तर्फबाट लिस्ट ए मा […]

नेपालले आज केन्या संग खेल्ने

काठमाडौं माघ,२९- आइसीसी विश्व क्रिकेट लिग डिभिजन दुई अन्तर्गत नेपालले आफ्नो चौथो खेलमा आज(सोमबार) अंक तालिकाको पुछारमा रहेको केन्याको सामना गर्दैछ। नामिबियाको विन्डहकस्थित वान्डरर्स क्रिकेट मैदानमा खेल दिउँसो सवा १ बजे सुरु हुनेछ। खेल केन्या र नेपाल दुबैका लागि महत्वपूर्ण छ। तीन खेल खेलेर दुईमा जित र एकमा हार सहित ४ अंकका साथ दोस्रो स्थानमा […]

मुख्यमन्त्री डोरमणि पौडेलले लिए शपथ

काठमाडौं माघ,२९ एमाले नेता डोरमणि पौडेलले मुख्यमन्त्रीका रुपमा  शपथ ग्रहण गर्नु भएको छ । उहाँलाई प्रदेश प्रमुख अनुराधा कोइरालाले आज विहान शपथ लिनु भएको हो । एमाले नेतृ अष्टलक्ष्मी शाक्यलाई पराजित गर्दै पौडेल प्रदेश सभा दलको अध्यक्ष निर्वाचित हुनु भएको थियो ।पौडेल राजधानी काठमाडौं समेत रहेको प्रदेश–३ का मुख्यमन्त्री हुन् । एमालेको बहुमत रहेको प्रदेश सभा दलको […]

भारतीय सेनाध्यक्ष विपिन रावत आज नेपाल आउँदै

काठमाडौं,माघ,२९- भारतीय सेनाध्यक्ष विपिन रावत आज नेपाल आउँदै हुनुहुन्छ । भारतीय सेनाध्यक्ष रावत प्रधानसेनापति राजेन्द्र क्षत्रीको निमन्त्रणामा नेपाल भ्रमणमा आउन लाग्नुभएको हो । उहाँ नेपाल एकीकरणको २५० वर्षगाँठ मनाउने क्रममा भोलि फागुन १ गते आयोजना गरिने ‘सेना दिवस २०७४’ को कार्यक्रममा विशेष अतिथिका रुपमा सहभागी हुने नेपाली सेनाले जनाएको छ । रावतलाई २०७३ चैत १६ […]

अध्यक्षद्वय ओली र दाहालबीच छलफल सुरु

काठमाडौं,माघ,२९- एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच छलफल सुरु भएको छ । ललितपुरको मानवभवनस्थित एक घरमा उनीहरुबीच गोप्य वार्ता सुरु भएको हो। एमाले र माओवादी केन्द्रको पार्टी एकता प्रक्रियालाई निर्णायक मोडमा पुर्याउने गरी दुई अध्यक्षबीच छलफल सुरु भएको बताइएको छ । यसअघि आइतबार बस्ने भनिए पनि अध्यक्ष दाहाल व्यस्त रहेकाले […]

कांग्रेस र माओवादीले समानुपातिकको सूची आज बुझाउँने

काठमाडौं,माघ,२९- निर्वाचन आयोगले दलहरुलाई प्रतिनिधीसभा सदस्यको समानुपातिक तर्फको नामावली बुझाउन दिएको समय आज सकिने भएपछि दलहरु बिहानैदेखि आन्तरिक छलफलमा व्यस्त रहेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र मधेस केन्द्रित दलले बिहान सुचीको टुङगो लगाएर मध्यान्ह आयोगलाई बुझाउने तयारी गरेको नेताहरुले बताएका छन् । समानुपातिकतर्फ कांग्रेसले ४०, माओवादी केन्द्रले १७, संघीय समाजवादी फोरम र […]

आइसीसी डिभिजन–२ क्रिकेटमा नेपालद्वारा युएई चार विकेटले पराजित

काठमाडौं, माघ २८- नामिबियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन–२ क्रिकेटको तेस्रो खेलमा आइतबार नेपालले युएईलाई चार विकेटले पराजित गरेको छ । वर्षाले ३४ ओभरमा झारिएको खेलमा नेपालले पाएको ११५ रनको सामान्य लक्ष्य ३१ बल बाँकी छँदै पुरा गरेको हो । यसअघि नेपालले टस जितेर कसिलो बलिङ्ग गरेको थियो । नेपाली बलरहरु हावी भएपछि युएई ३१ […]