काठमाडौं, असोज १७- एमाले, माओवादी र नयाँशक्तिले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनलगत्तै पार्टी एकता प्रक्रिया अघि बढाउने घोषणा गरेका छन् । पार्टी एकता र आगामी निर्वाचनमा तालमेल घोषणा गर्न राष्ट्रिय सभागृहमा आयोजित पत्रकार सम्मेलनमा माओवादी नेता एवम् गृहमन्त्री जनार्दन शर्माले तीन पार्टीबीच भएको एकीकरणको ६ बुँदे योजना सार्वजनिक गरे । पत्रकार सम्मेलनमा तीनै दलले चुनावमा गठबन्धन […]
Author: bihani
एमाले–माओवादी गठबन्धनमा बाबुराम भट्टराई पनि सामेल
काठमाण्डौं,असोज,१७- पार्टी एकता गर्नेगरी चुनावी तालमेलको तयारीमा लागेका एमाले र माओवादीसँग नयाँ शक्ति नेपाल पार्टी पनि सहभागी भएको छ। नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले एमाले अध्यक्ष केपी ओलीलाई उनकै निवासमा भेटेर छलफल गरेपछि भट्टराई तालमेल र एकता प्रक्रियामा सहभागी हुने भएका हुन्। भट्टराईले ओलीलाई बालकोट पुगेर भेटेपछि सिंहदरबारमा तीन दलका नेताबीच छलफल सुरु भएको […]
देउवाले उठाए ‘कठोर’ कदम, संसद विघठनको तयारी
काठमाडौं,असोज,१७- एमालेले कांग्रेस–माओवादी केन्द्रको गठबन्धन भत्काउन हदैसम्मको क्रियाकलाप गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्र र संविधानको रक्षाका लागि कठोर कदम उठाउने तयारी गर्नु भएको छ । एमालेसँग पार्टी एकीकरणको बहानामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेससँगको गठबन्धन तोड्ने तयारी गरेपछि देउवाले पनि संसद भङ्ग गर्ने तयारी गरेको बालुवाटारको उच्च स्रोतले जनाएको छ । वर्तमान संसदको […]
एमाले–माओवादी केन्द्रको एकता अवसरवादीहरुको मिलन : वैद्य
काठमाडौं,असोज,१७- नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्यले एमाले र माओवादी केन्द्रबीच हुने भनिएको एकता प्रक्रियालाई अवसरवादीहरुको मिलन भनी टिप्पणी गर्नु भएको छ । आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कार्यगत एकता गर्दै पार्टी एकता संयोजन संयोजन समिति गठन भएपछि नेपाली राजनीतिमै नयाँ तरंग उत्पन्न भएको छ । एमाले र माओवादी केन्द्रबीचको एकता प्रक्रियालाई दक्षिणपन्थी अवसरवादीहरुको मिलन […]
प्रदेश र संसदको चुनाव देउवा सरकारले नै गर्ने
काठमाडौं,असोज,१७- केहि दिन देखि नेपाली राजनीतीमा देखिएको तरंगले मंसिरमा हुने प्रदेश र संसदको चुनाव होला कि नहोला भन्ने आमजनतामा आशंका उब्जी रहेका बेला अन्तत् देउवा सरकारले नै प्रदेश र संसदको चुनाव गराउने भएको छ । एमालेसँग चुनावी तालेमलसँगै पार्टी एकता गर्ने सहमति गरेको नेकपा माओवादी केन्द्रले चुनाव अघि सरकार परिर्वतन नगर्ने बताए पछि देउवाकै नेतृत्वमा चुनाव हुने […]
एमाले र माओवादी केन्द्रबीच एकताको अभ्यास
काठमाडौं, असोज १७- मुलुकका दुई ठूला कम्युनिष्ट पार्टीका नेताले एक हुने अभ्यास थालेका छन् ।नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेताले यस्तो अभ्यास थालेका हन् । यसका लागि दुई पार्टीका शीर्ष नेताहरुबीच घनिभूत वार्ता भएको छ । दुई पार्टीका शीर्ष नेताको आज विहान ललितपुरमा बसेको बैठकले चुनावी तालमेल र एकता संयोजनका लागि समिति बनाउने सहमति […]
प्रचण्डलाई केपी र माधवले राजनीतिक रुपमा त्रिशुलीमा हाल्न खोजेका हुन्ः किराँती
काठमाण्डौं,असोज,१७- माओवादी केन्द्रका नेता गोपाल किराँती एमालेसंग पार्टी एकता गर्ने प्रस्तावको विपक्षमा उभिएका छन्। सोमबार सम्पन्न पार्टी सचिवालय बैठकमा किराँती र प्रभु शाह पार्टी एकताको विपक्षमा उभिएका थिए। अध्यक्ष प्रचण्डले पार्टी एकताको प्रस्ताव राखेपछि बैठकमा किराँती बोलेका थिए। उनले अध्यक्ष प्रचण्डको प्रस्ताव माओवादीलाई एमालेमा विलाउने प्रस्ताव भएकाले आफू एकता प्रकृयामा सामेल नहुने बताए। ‘यो एकताका […]
बर्दियाको एमाले पार्टी कार्यालयमा तालाबन्दी
बर्दिया,असोज,१७- एमालेको पार्टी कार्यालयमा कार्यकर्ताहरुले तालाबन्दी गरेका छन्। स्थानीय तहको निर्वाचनमा पार्टी अध्यक्ष हरि ज्ञवालीले पराजय व्यहोरेको भन्दै कार्यकर्ताले राजीनामा माग गर्दै तालाबन्दी गरेका हुन्। ज्ञवाली गुलरिया नगरपालिकामा नेपाली कांग्रेससँग पराजित भएका थिए। अध्यक्ष ज्ञवालीको मनोमानीले गर्दा स्थानीय तह निर्वाचन हारेको कार्यकर्ताको भनाइ छ। नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग राख्दै कार्यकर्ताहरुले अनिश्चितकालीन तालाबन्दी गरेको जिल्ला […]
लोकतन्त्रवादीहरु मिलेर जानुपर्छ : कांग्रेस महामन्त्री कोइराला
लुम्बिनी,असोज,१७- नेपाली काँग्रेसका महामन्त्री डा शंशाक कोइरालाले लोकतन्त्रवादी शक्तिहरु मिलेर जानु पर्ने बताउनु भएको छ । नेपाली काँग्रेसको अबको पहिलो संकल्प समृद्ध राष्ट्र बनाउनु रहेको बताउँदै महामन्त्री कोइरालाले सत्ता गठबन्धनमा सहभागी दलहरु आशन्न निर्वाचनमा पनि मिलेर जानुपर्नेमा जोड दिनुभयो । लोकतन्त्रवादी शक्ति मिलेर गएको खण्डमा नेपाल छिट्टै स्थायित्व, शान्ति र समृद्धिको बाटोमा अगाडि बढ्न सक्ने […]
प्रधानमन्त्री देउवा र प्रचण्डबीच आजै दुई पटक वार्ता
काठमाण्डौं,असोज,१७- चुनावी तालमेल लगायत समकालिन राजनीतिका विषयमा हाम्रो पनि माओवादी केन्द्रसँग वार्ता भइरहेको छ’ कांग्रेस महामन्त्री शशांक कोइरालाले भने ‘यो विषयमा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग कुरा गरिहरनु भएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री शेरबहादुर देउवासँग ‘वान टू वान’ वार्ता गरेको र थप कुराकानी हुने महामन्त्री […]









