निर्बाचन भएका आठ जिल्लामा मतगणना सुरु

काठमाडौं, असोज ३- प्रदेश नम्बर २ मा सोमबार भएको स्थानीय तह निर्वाचनको मतगणना सुरु भएको छ ।निर्वाचन भएका ८ जिल्लाका १ सय ३६ स्थानीय तहमध्ये अधिकांशमा मतगणना शुरु भएको हो । मतपेटिका संकलन गर्ने काम सकिएलगत्तै सोमबार रातिबाटै मतगणना सुरु गरिएको हो । केही स्थानीय तहमा भने मतगणना संकलनको काममा ढिलाई हुँदा मंगलबारबाट मत मतगणना […]

आयल निगमका प्रबन्ध निर्देशक गोपाल खड्का बर्खास्त

काठमाण्डौं,असोज २- आयल निगमका प्रमुख कार्यकारी गोपाल खड्का बर्खास्त हुनु  भएको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले उहाँलाई बर्खास्त गरेको हो। खड्काले निगमको जग्गा खरिदमा अनियमितता गरेको संसदीय समितिले ठहर गरेको थियो। पेट्रोलियम पदार्थ भण्डारण गर्न जग्गा खरिद गर्दा चलनचल्तीभन्दा चारगुना बढी मूल्य भुक्तानी गरी अनियमितता गरेको पुष्टि गर्दै आपूर्ति मन्त्रालयले खड्कालाई कारबाही गर्न प्रधानमन्त्री […]

प्रदेश नं: २ मा मतदान जारी ,मतदान केन्द्रमा मतदाताको उत्साहजनक सहभागिता

काठमाडौं,असोज,२- स्थानीय तह तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश २ का ८ जिल्लामा मतदान जारी रहेको छ । बिहान ७ देखि सुरु भएको मतदान साँझ ५ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ । सप्तरीको राजविराजमा १ सय ३ वर्षीया एक वृद्धाले मतदान गरेकी छन् ।वडा नम्वर ७ बस्ने १ सय ३ वर्षीय समानदेवी जोशीले मतदान गरेकी हुन् […]

फोहर व्यवस्थापनमा लापार्बाही नगर्न माग गर्दै धर्ना

काठमाडौं, असोज २- काठमाडौं महानगरपालिका–१२ स्थित टेकुका स्थानीयवासीले फोहर व्यवस्थापनमा ढिलासुस्ती भई दुर्गन्ध फैलिएको भन्दै आज कामपाको वातावारण व्यवस्थापन विभागमा धर्ना दिएका छन् । फोहर व्यवस्थापनमा लापरबाही भएका कारण त्यहाँको वातावरण बिग्रिएको, स्थानीय जनजीवनमा प्रतिकूल असर परेकाले बिहान ९ बजेदेखि स्थानीयवासीले धर्ना दिएका हुन् । महानगरपालिकाले काठमाडौँका विभिन्न वडाबाट संकलन हुने फोहरलाई टेकूस्थित फोहर संकलन […]

प्रदेश नम्बर २ को निर्बाचनको तयारी पुरा

काठमाडौं, असोज १- निर्वाचन आयोगले प्रदेश नम्बर २ मा भोली(सोमबार) हुने स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।निर्वाचनका लागि सबै मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी पुगिसकेको आयोगले जनाएको छ । प्रदेश नम्बर २ का सप्तरी, सिरहा, महोत्तरी, सर्लाही, बारा, पर्सा, रौतहट र धनुषा गरी आठ जिल्ला छन् ।सबै जिल्लामा गरी १३६ स्थानीय […]

नेपाल यू-१९ एसिया कपका लागि छनोट, हङकङ ५ विकेटले पराजित

काठमाडौं, असोज १- एसीसी अन्डर-नाइन्टिन एसिया कप क्रिकेट अन्तर्गत पूर्वी क्षेत्रको छनोटको उपाधि नेपालले जितेको छ ।मलेसियाको किन्रारा मैदानमा आज भएको फाइनलमा हङकङलाई पाँच विकेटले पराजित गर्दै नेपालले उपाधिमाथि कब्जा जमाएको हो । हङकङले प्रस्तुत गरेको ७७ रनको सामान्य लक्ष्य नेपालले १४ ओभर ४ बलमा ५ विकेट गुमाएर पुरा ग¥यो ।नेपालका लागि कप्तान दिपेन्द्रसिंह ऐरीले […]

दसैंको अग्रिम टिकट बुकिङ खुल्यो

काठमाडौं, भदौ २७- सरकार र यातायात व्यवसायीबीच सहमति भएसँगै आज देखि खुलेको दसैंको अग्रिम टिकट बुकिङ गर्न पुग्ने सर्वसाधारणको निकै ठूलो घुइँचो लागेको छ । हिन्दूको महान् पर्व वडादसैं सुरु भएसँगै राजधानीबाट ठूलो संख्यामा सर्वसाधारण बाहिरिने गर्छन् । त्यसैका लागि सरकारले बसको अग्रिम टिकट बुकिङको व्यवस्था मिलाएको हो । काठमाडौको नयाँ बसपार्क, गौशाला, कोटेश्वर, कलंकी, […]

नेपालगंजमा पुर्ण खोप वार्ड घोषणाका लागि खोप समन्वय समिती गठन

बाँके,भदौ,२६- नेपालगंजमा पुर्ण खोप वार्ड घोषणाका लागि खोप समन्वय समिती गठन गरिएको छ । यहि २०७४ साल पौष १५ सम्म पुर्ण खोप वार्ड घोषणा गर्ने उद्देश्यले आज नेपालगंज १६ मा खोप समन्वय समिती गठन गरिएको हो । वार्ड आध्यक्ष हनिफ जोलहाको अध्यक्षतामा समिती गठन गरिएको छ । ११ सदस्यीय समन्वय समितिमा वार्ड पदाधिकारी ५ जना र […]

मोटरसाईकल चोरीको आरोपमा चार युवा पक्राउ

सिर्जना बर्देवा/ ओखलढुंगा,भाद्र,२६- ओखलढुंगामा मोटरसाईकल चोरीको आरोपमा चार युवालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा खोटाङको हरमटार १ का २० वर्षीय संञ्जिब नेपाली,सर्लाहीको सितापुर १० का १८ बर्षिय हरेस कुश्वाहान,सुनसरीको रामधुनी १ का १८ बर्षिय रोबिस चौधरी र मोरङ्गको रतुवा गाउपालिका ४ का १८ बर्षिय प्रदिप बस्नेत रहेको प्रहरीले जनाए । उनिहरुलाई बा ४४ प […]

कमेरो खन्दा ढिस्कोले पुरीएर ओखलढुंगामा एक जनाको मृत्यु

सिर्जना बर्देवा/ ओखलढुंगा,भाद्र,२६- कमेरो खन्दा ढिस्कोले पुरीएर ओखलढुंगामा एक जनाको ज्यान गएको छ । घर पोत्न सेतो माटो कमरो ख्रन्ने क्रममा ढिस्कोले पुरीएर चम्पादेवी गाउँपालीका ५ की अन्दाजी २० वर्षकी कोपिला कटुवालको ज्यान गएको प्रहरीले जनाएको छ । कटुवाल संगै कमेरो खन्न गएका सोहि स्थानिकी मनमाया घिसिंग घाईते हुनुभएको छ । घिसिंगको स्थानिय मेडिकलमा उपचार […]