काठमाडौं,भदौ,१८- सात वर्षअघि निर्माण सुरु भएको दार्चुला–तिंकर सडक निर्माण योजनाको काम कछुवा गतिमा हुँदा दार्चुलावासीको चाँडै नै राष्ट्रिय सडक सञ्जालमा जोडिने आशा हराउँदै गएको छ । सडक बनेपछि तिंकर भन्सार नाका खुल्ने, चीनबाट सहजै आवश्यक वस्तु आयात गर्न सकिने, कैलाश मानसरोवर दुई दिनमै पुगिने र समग्र दार्चुलाले काँचुली फेर्ने जिल्लावासीको सपना थियो । तर सडक […]
Author: bihani
पृथ्वी राजमार्ग र नारायणगढ-मुग्लिन सडक फेरी अवरुद्ध
चितवन, भदौ १८- अविरल वर्षाका कारण ठाउँ ठाउँमा पहिरो खस्दा शनिबार साँझदेखि पृथ्वी राजमार्गको मुग्लिन–काठमाडौँ सडकखण्ड र नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध बनेको छ ।जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार पृथ्वी राजमार्गको फिस्लिङ र घोप्टे भिरमा पहिरो खसेको छ । ती ठाउँमा राति १२:३० बजे पहिरो खसेको हो । पहिरो पन्छाउनका लागि गजुरीबाट […]
बग्दादको उर्जा केन्द्रमा आत्मघाती आक्रमण
काठमाडौं, भदौ १८- इराकको बग्दादस्थित एक उर्जा केन्द्रमा आत्मघाती आक्रमण आक्रमण हुँदा सात जनाको मृत्यु भएको छ ।इराकी सुरक्षाबलको पोशाकमा आएका आत्मघाती आक्रमणकारीहरुले ऊर्जा केन्द्रमा आक्रमण गरेका हुन् । सैनिक पोशाक र ग्रिनेडसहितको सशस्त्र हतियारधारी तीन जनाले गरेको आक्रमणमा परी सात व्यक्तिको मृत्यु हुनुको साथै अन्य १२ घाइते भएको इराकी अधिकारीहरुले जनाएका छन् । राजधानी […]
दशैंका सामान बोकेका १५ सय कन्टेनर नाकामै
काठमाडौं,भदौं,१८- दशैंलाई लक्षित गरेर ल्याइएका समान नेपाल र चीनबीचको केरुङ भन्सार नाकामै रोकिएका छन् । भन्सारपास नहुँदा केरुङ नाकामा समान बोर आएका कन्टेनर दुई महिनादेखि अलपत्र परेका हुन् । दशैंलाई ल्याएका सामान दशैं नजिकिँदासमेत नछुट्दा व्यवसयी मारमा परेका छन् । सामान बोकेर आएका १ हजार ५ सय कन्टेनर सामान रोकिएको व्यवसयीले जानकारी दिएका छन् । […]
ॐ जन-जागरणको साधारण भेला सम्पन्न अध्यक्षमा पदम कुँवर
केपि खनाल/ चितवन,भदौ,१८- धार्मिक रक्षाका लागिरहेको धार्मिक संस्था ॐ जनजागरण नेपालको चितवनमा साधारण सभा सम्पन्न भएको छ । भेलामा देशभरीका विभिन्न जिल्लाका जिल्ला प्रतिनिधिहरुको सहभागीता रहेको थियो यसै बिच आगामी ३ वर्षे कार्यकालको लागि एक कर्मट हिन्दु योद्धा पदम कुवरलाई ॐ जन-जागरणको अध्यक्षमा २५ सदस्यीय समिति सहित चयन गरिएको छ । जसको वरिष्ठट उपाध्यमा पं.मदन […]
NRNA जापानको उपाध्याक्षका उम्मेदवार दाहाल द्वारा निर्वाचन बहिस्कार
मिलन मगर/ फुकुओकाजापान,भाद्र,१७- एन आर एन ए जापानको निर्वाचनका उपाध्यक्ष छत्र दाहालले पत्रकार सम्मेलन गरी निर्वाचन बहिष्कार गर्नु भएको छ। एन आर एन ए जापानको लागि राजाधानी टोक्यो बाट टाढा रहेको क्युशु क्षेत्रबाट उपाध्यक्ष पदमा उम्मेदवार दर्ता गर्दै गर्दा दाहालले निर्वाचन बहिस्कार गर्नु भएको हो । उहाँका अनुसार सामाजिक ,राजनैतीक ,आर्थिक लगायत विभिन्न खालका कारण […]
ओखलढुंगामा छुट्टा छुट्टै सवारी दुर्घटनामा दुईको मृत्यु ,१० जना घाईते
सिर्जना बर्देवा/ ओखलढुंगा,भाद्र,१७- ओखलढुंगामा गएराति मिनि ट्रक दुर्घटना हुदाँ एक ज्यान गएको छ । दुर्घटनामा अन्य ५ जना घाईते भएका छन् । ज्यान जानेमा काभ्रे बञ्सु स्थाई घर भएका अन्दाजी १९ बर्षिय नवराज भनिने सने दमाई रहेको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ । घर निमार्णका लागी गिटी लिएर नवलपुर घाटबाट पलापु तर्फ आउदै गरेको […]
निर्वाचन आयोगको चेतावनी: आचारसंहिता उल्लंघन गर्नेलाई ‘ठाउँका ठाउँ कारबाही
काठमाडौं, भदौ,१७- आगामी तेस्रो चरणको स्थानीय तह तथा प्रतिनिधिसभा र प्रदेशभा निर्वाचनमा सरकार, राजनीतिक दल र उम्मेदवारलाई निर्वाचन आचारसंहिता पालना गर्न/गराउन निर्वाचन आयोग कठोर बन्ने भएको छ । अघिल्ला निर्वाचनमा राजनीतिक दल र उम्मेदवारबाट व्यापकरुपमा आर्थिक चलखेल र भड्किलो प्रचार–प्रसार हुँदासमेत कुनै कारबाही गर्न नसकेको भनी चौतर्फीरुपमा आलोचना र आरोप खेपिरहेको आयोगले आगामी निर्वाचनमा भने […]
राजधानी माग्न दाङको टोली आज काठमाडौँ जाँदै
नरेश खड्का/ दाङ, भदौ,१७- प्रदेश नम्वर ५ को बीच भागमा पर्ने दाङ जिल्लालाई राजधानी बनाउन जिल्लाको प्रतिनिधि टोली आज काठमाडौं जान लागेको छ । दाङ प्रादेशीक राजधानी सरोकार समितिको समन्वयमा प्रतिनिधि टोली आज काठमाडौं जान लागेको हो । समितिका संयोजक एवं दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसालको नेतृत्वमा टोली काठमाडौं जान लागेको समितिका […]
वडाध्यक्ष निर्बाचित भएको छोटो समयमा नै वडामा जनप्रिय कार्ययोजना
जनक सुनार/ कैलाली,भदौ,१७- कैलाली मोहन्याल गा.पा. वडा न ७ मा निर्बाचित वडाध्यक्ष शिक्षित ब्याक्तित्व खर प्रसाद अधिकारीले आफु वडाध्यक्ष निर्बाचित भएको सानो अबधिमा नै आफ्नो बिजयी वडामा जनप्रिय कार्ययोजना गर्नुभएको छ। मोहन्याल गापा वडा न सातमा आफ्नो बाल्यकाल बिताई र माध्यामिक तहको शिक्षा हासिल गरि उच्चशिक्षाका लागि काठमाडौ तिर पसेका अधिकारी त्यहागई आफ्नो उच्चशिक्षा अध्ययनका […]










