नेपालको चौथो जित,भोलि अफगानिस्तानको सामना गर्ने

काठमाडौं, साउन,९- १९ वर्षमुनिको विश्वकप क्रिकेट प्रतियोगिताको लागि एसियाली समूहको छनोट खेलमा नेपालले मलेसियालाई ५ विकेटले हराएको छ । आज सिंगापुरमा भएको खेलमा मलेसियाले दिएको ९० रनको सामान्य चुनौती नेपालले २३औं ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो । नेपालका लागि रोहित पौडेलले सर्वाधिक ३४ रन जोडे । प्रतियोगितामा नेपालको यो चौथो जित हो । यसअघि, […]

भारत–चीन विवादास्पद क्षेत्रमा थप सैनिक बल पठाउने चीनको चेतावनी

बेइजिङ, साउन,९- भारतसँग केही समयअघिदेखि विवाद परिरहेको सीमा क्षेत्रमा थप सेना खटाउने चेतावनी चीनले दिएको छ । चीनले भनेको छ ‘जस्तोसुकै अवस्थामा पनि हामीले हाम्रो सार्वभौमिकताको रक्षाका लागि हामी हाम्रो सेना उक्त क्षेत्रमा थप खटाउने छौँ ।’ चीन, भुटान र भारतको सीमा क्षेत्रमा पर्ने उक्त क्षेत्रमा गएको महिनादिन भन्दा लामो समयदेखि सो विवाद रही आएको […]

उद्योगी व्यापारीहरुले संयुक्त समावेसी प्यानलसंग भने “ हाम्रा हक हितमा लड्नुस् हामी तपाईको पक्षमा छौं

कोहलपुर,साउन,९- यहि साउन १५ गते हुने कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनका लागि विशुद्ध व्यापारीहरुको प्यानल संयुक्त समावेसी प्यानललाई मतदाताहरुले जिताएरै छाड्ने बताएका छन् । अध्यक्ष पदका उम्मेदवार चक्र बहादुर अधिकारी सहित २१ सदस्यीय कार्यसमितिका लागि संयुक्त समावेसी प्यानल बनाएर घरदैलो अभियानमा हिडेका उम्मेदवारहरुलाई मतदाता उद्योगी व्यवसायी एवं व्यापारीहरुले उक्त कुरा बताएका हुन् । “हामी उद्योगी […]

साझा पार्टी र विवेकशील पार्टी बिच एकता हुने

काठमाडौं,साउन,९- केहि महिना अघी मात्र स्थापना भएको साझा पार्टी र विवेकशील नेपाली दलबीच एकता हुने भएको छ । विविसीका पूर्व पत्रकार रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टी र उज्ज्वल थापाको नेतृत्वमा रहेको विवेकशील नेपाली दलबीच विभिन्न चरणमा भएका एकता वार्ता सकारात्मक भएको दुबै दलका नेताहरूले बताएका छन् । साझा पार्टीका प्रवक्ता सूर्यराज आचार्यले प्रदेश र संघीय […]

पदभारण गरेको एक महिना नपुग्दै भक्तबहादुरले ल्याए रोजगारी योजना

के.पि खनाल “क्षेत्र” लम्की,कैलाली,साउन,९- भर्खरै सकिएको दोस्रोचरणको स्थानीय तहको निर्वाचनबाट कैलाली लम्किचुहा नगरपालिका वार्ड नम्बर ०३ बाट निर्वाचित वार्ड अध्यक्ष भक्त बहादुर चलाउनेले चुनावका दौरानमा आफुले गरेको प्रतिवद्वदता पदभारण गरेको एक महिना नपुग्दै सुरुवात गर्नु भएको छ । लम्किचुहा नगरपालिका वार्ड नम्बर ०३ को पहल तथा व्यावसायिक सीप बिकास तथा तालिम केन्द्र धनगढीको सहकार्यमा “तीन […]

‘यो त हदै भयो देउवाजी’: जनताका सामु लाजैमर्दो

काठमाडौं, साउन,९- प्रधानमन्त्री बनेको डेढ महिना नाघ्दासम्म मन्त्री छान्न नसकेको भन्दै माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री शेरबहादुर देउवाको अलोचना गरेका छन् । कांग्रेस माओवादी केन्द्र गठबन्धन सरकारको नेतृत्व गरिरहेका देउवालाई आईतबार विहान भेट्दै सत्तासाझेदार दाहालले यस्तो रोष् प्रकट गरेका हुन् । पेरिसडांडास्थित माओवादी पुख्यालयमा सञ्चारकर्मीसंग दाहाल आफैले यो प्रसंग खुलाएका हुन् । आजको कान्तिपुरमा […]

‘बरु दुई तिहाइ नपुगोस्, मतदानमा लैजाउँ’

काठमाडौं,साउन, ९- कांग्रेसका केन्द्रीय सदस्यहरुले प्रदेश नम्बर २ को चुनावअघि नै संविधान संशोधन विधेयकलाई मतदानमा लगेर टुंग्याउन नेतृत्वलाई दबाब दिएका छन् । संविधान संशोधन पारित हुन आवश्यक दुई तिहाई मत नपुगे पनि मतदानमा लैजानुपर्ने उनीहरुको जोड छ । कांग्रेस केन्द्रीय कार्यसमितिको २ दिन चलेको बैठकमा बोल्ने सबैजसो केन्द्रीय सदस्यहरुले संविधान संशोधनलाई थाँती राख्न नहुने धारणा […]

भरतपुर १९ को मतगणना विवादसम्बन्धी सुनुवाइ आज हुने

काठमाडौं, साउन,८- भरतपुर महानगरपालिका–१९ को मतगणना विवादसम्बन्धी सुनुवाइ आज हुने भएको छ ।साउन २ गते न्यायाधीश ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासमा सुनुवाइ भए पनि समय अभावका कारण ‘हेर्दाहेर्दैमा’ राखि आजका लागि सारिएको सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिनुभयो । मतगणना अन्तिममा पुगेका बेला माओवादी केन्द्रका कार्यकर्ताले मतपत्र च्यातेपछि निर्वाचन आयोगले वडा नम्बर […]

राप्तीपारी पोल गारेको १५ वर्ष पुग्दा पनि बिजुली पुगेन्

प्रेरणा खड्का, बाँके,साउन,८- बाँकेको राप्तीपारीका बासीन्दाले अब आफूहरुको बिजुली बत्ती बालेर उज्यालोमा बस्ने सपना,सपनामै सिमीत भएको बताएका छन् ।  राप्ती पारिका ६०,०००” साठी हजार बढी जनताका लागी बिजुली बत्तीको पोल गारेको विगत १५ वर्ष सम्म पनि बिजुलीको लाईन नदिदा यहाँका जनता निराश भएका हुन् । अहिले यहाँका जनता सोलार र मत्त्तितेल बालेर बसेका छ्न । बिजुली नपुगेको […]

गर्भवती भएको अवस्थामा यौनसम्पर्क गर्न मिल्छ कि मिल्दैन जानीराख्नुहोस्

डा. राजेन्द्र भद्रा मेरी श्रीमती अहिले गर्भवती भएकी छिन् । यस्तो बेला यौनसम्पर्क गर्न मिल्छ कि मिल्दैन ? तपाईंले आफ्नी श्रीमती गर्भवती भएको अवस्थामा यौनसम्पर्क गर्न मिल्छ कि मिल्दैन भनेर सोध्नुको अर्थ फगत चासो मात्र नभै तपार्इंको श्रीमतीप्रतिको स्नेहभाव पनि हो । गर्भावस्थामा यौनसम्पर्क राख्नु हुन्छ कि हुँदैन भन्ने चिन्ताले धेरै दम्पती पिरोलिरहेका हुन्छन् । […]