चुनावमा मौसम बाधक बन्‍ने

काठमाडौ,असार,१३- दोस्रो चरण स्थानीय निर्वाचनमा मौसम बाधक बन्‍ने देखिएको छ। बुधबार दिनभरजसो वर्षा हुने भएपछि मतपत्र भिज्नेदेखि मतदातालाई आवतजावतमा समेत समस्या हुने देखिएको हो। प्रदेश नम्बर १, ५ र ७ प्रदेशभर नै बुधबार वर्षा हुने सम्भावना रहेकाले सुरक्षित रुपमा छाता, घुम, प्लास्टिक र वर्षादी बोकेर मतदान गर्न जान मौसमविदले सुझाव दिएका छन्। उनीहरूले मतदान अधिकृत […]

स्थानीय तहलाई कानुन बनाउन अब सहज

काडमाडौ, असार १३- स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलाई कानुन निर्माण गर्न अब सहज हुने भएको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले शुक्रबार १० वटा नमुना मस्यौदा सार्वजनिक गरेसँगै कानुनको अभावमा स्थानीय तहको काम रोकिने अवस्था नहुने भएको हो । संविधानले गाउँ र नगरसभाले आफैंले कानुन निर्माण गरी कार्यान्वयन गर्नसक्ने अधिकार दिएको छ । सोही […]

राया कप को उपाधि बातुमाउ एफ.सि क्लब पेनाङ्गलाई

दिनेश खड्का खप्तडी, मलेसिया,असार,१२- बातुमाउ एफ.सि क्लब पेनाङ्गले आयोजना गरको तेस्रो राया कप २०१७ को उपाधि आयोजकले हात पारेको छ । मलेसियाको पेनाङमा सम्पन भएको फाइनल प्रतिस्पर्धामा फ्लाकि्सस युवा क्लब पेनाङ लाई २-१को गोल अन्तरले पराजित गर्दै आयोजक बातुमाउ एफ सि युवा क्लब पेनाङ्ग ले उपाधि चुमेको अध्यक्ष रामा आचार्य ले बताउनु भयो । उहाका […]

ओखलढुंगा एकता सेवा समाज मलेसियाको दोश्रो अधिबेशन क्वालालम्पुरमा सम्पन्न

दिनेश खड्का खप्तडी, मलेसिया,असार, १२- ओखलढुंगा एकता सेवा समाज मलेसियाको दोश्रो अधिबेशन मलेसियाको राजधानी क्वालालम्पुर स्थित धरहरा रेस्टुरेन्ट सभाहलमा नया नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । समाजका अध्यक्ष हिराबहादुर थापाको सभापतित्वमा सम्पन्न भएको अधिवेशनका प्रमुख अतिथि दलित एकता सेवा संन्जाल मलेसिया(NCC)का कोषाध्यक्ष हुनुहुन्थ्यो भने बिशिष्ट अतिथि तेह्रथुम जनसम्पर्क मंच मलेसियाका प्रमुख डम्बर घदाइली रहनुभएको […]

को बन्ला नेपालगञ्जको मेयर ?

नेपालगन्ज, असार,११- स्थानीय तह निर्वाचनको पुर्व सन्ध्यामा नेपालगन्जका मतदाता यतिबेला मैदानमा उत्रिएका उम्मेदवारको योग्यता र क्षमताको विश्लेषण गरिरहेका छन् । नेपलागन्जका सडक, गल्ली, चोक, चियापसल लगायत स्थानमा मतदाताहरुको यिनै विषयमा चासो रहेको देखिन्छ । नेपालगन्ज उपमहानगरपालिकाको मेयर र उपमेयरमा योग्य र सक्षम व्यक्तिलाई जिताउने आम मतदाताको तयारी छ । भाषण भन्दापनि काम गरेर देखाउन सक्ने […]

३ दिने हस्पिटालिटी कुक तालिम सम्पन्न

मधुपौडेल, बाँके,असार,१२- बाँकेको नयाँ गाउँ होमस्ट्रेमा ३ दिने हस्पिटालिटी र कुक तालिम आज सोमबार सम्पन्न भएको छ ।सम्बृद्धिका लागि पर्यटन सञ्चार अभियान भन्ने मुल नारा का साथ नेपाल पर्यटन पत्रकार संघ बाके शाखाको आयोजना तथा जिल्ला समन्वयन समिति बाँकेको सहयोग तालिमको आयोजना गरिएको थियो । पर्यटकीय क्षेत्रका रुपमा विकसित हुँदै गइरहेको बाँकेको राप्ती सोनारी गाउँपालिका […]

सरकार र निर्वाचन आयोगप्रति ओलीको चर्को आक्रोश

काठमाण्डौ,असार,१२- प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मौन अवधिमा पत्रकार सम्मेलन गर्दै सरकार र निर्वाचन आयोगप्रति चर्को आक्रोश पोख्नु भएको छ । आज पार्टी कार्यालय धुम्बाराहीमा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै ओलीले सरकारले राज्य आतंक मच्याएको आरोप लगाउनुभयो । ‘बुटवलमा म आफैं सहभागी भएको सभाको पछाडि तीनवटा बम भेटिएको छ, यसमा सरकारको […]

ढुक्क भएर मतदान गर्न गृहमन्त्री शर्माको आह्वान

दाङ,असार,१२- गृहमन्त्री जर्नादन शर्मा प्रभाकरले असार १४ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनमा निर्धक्क भएर मतदान गर्न आह्वान गर्नु भएको हो ।रिपोटर्स क्लब नेपाल दाङ शाखाले आज तुलसीपुरमा गरेको साक्षात्कारमा मन्त्री शर्माले निर्वाचनका लागि सवै सुरक्षा ब्यवस्था मिलाइएको हुँदा ढुक्क भएर मतदानमा सहभागी हुन मतदाताहरुलाई आग्रह गरेका हुन्। निर्वाचनमा जनताको उत्साह पूर्ण सहभागिता र […]

मुस्लिम धर्मावलम्बीहरु ईद–उल–फित्र मनाउँदै

काठमाडौं, असार १२- ईस्लाम धर्मावलम्बीहरुको महान पर्व ईद–उल–फित्र आज देशभर धुमधामका साथ मनाइँदैछ । आत्मसंयम र शुद्धिका लागि एक महिनासम्म मनाइने रमजान पर्वको रोजा (ब्रत) सकिएको भोलिपल्ट यो पर्व मनाउने गरिन्छ । विश्वभरका ईस्लाम धर्मावलम्बी मुसलमानहरु एक महिनासम्म रोजा बस्दछन् । ईदको दिन बिहानै उठेर नुहाई धुहाई नयाँ सफा लुगा लगाएर उनीहरु नमाजपछि ईदको बिषेश परिकार […]

कोलम्बियामा १५० यात्रु सवार डुँगा डुब्यो

एजेन्सी,असार, १२- कोलम्बियाको उत्तर पश्चिम भेगस्थित पर्यटकीय नगर ग्वाटापे नजिकै रहेको कृत्रिम जलाशयमा १५० यात्रु सवार डुंगा डुबेको प्रहरीले बताएको छ । उक्त घटनामा नौ जनाको मृत्यु भएको छ भने २८ जना हराइरहेको प्रहरीले जनाएको छ । डुंगामा पानी छिरेपछि छिटोछिटो डुंगा डुबेकोे बताइएको छ । तत्कालै अन्य डुँगाले पीडितहरुको उद्धारको कोशिश गरेका थिए ।स्थितिको […]