रन्जीता ढकाल थापा, बाँके,जेष्ठ, १४- मुसलमान समुदायको महान पर्व रमजान पर्व आज देखि शुरु भएको छ । एक महिनासम्म चल्ने रमजानमा मुसलमान धर्मावलम्बीहरुले उपवास बस्ने गर्दछन । जसलाई ‘रोजा’ भनिन्छ । आजबाट सुरु भएको रोजाको तराई मानव अधिकार रक्षक संजाल (थर्ड एलायन्स)ले रमजान पर्वको अवसरमा मुस्लिम समुदाय तथा अन्य समुदायलाई शुभकामना व्यक्त गरेको छ । […]
Author: bihani
प्रदेश नं. ७ मा ठूला उद्योग खुल्ने क्रम तीव्र
काठमाडौं, जेठ,१४- पछिल्ला केही वर्षयता प्रदेश नं. ७ मा ठूला उद्योग खुल्ने क्रम तीव्र भएको छ । चामल, खाने तेललगायत परम्परागत साना उद्योगमा निर्भर यो प्रदेशमा पछिल्लो एक दशकमै चामल र तेल लगायत मैदा, चिनी, बिस्कुट, दानाका ठूला उद्योगसमेत खुलेका छन् । पछिल्ला केही वर्षमा कञ्चनपुरमा दुईवटा ठूला चिनी उद्योग खुलेका छन् जसको लगानी करिब […]
अव पशुलाई पनि ८ घन्टाभन्दा बढी काममा लगाउन नपाइने
काठमाडौं,जेठ ,१४- पशुलाई मानिसले आफूखुसी जति समय पनि काममा लगाउने प्रवृत्तिलाई सरकारले बन्देज लगाउने कानुन ल्याएको छ । पशुपक्षी विकास मन्त्रालयले पशु कल्याण निर्देशिका, ०७३ जारी गर्दै पशुलाई अधिकतम ८ घन्टा मात्रै काममा लगाउन पाइने प्रावधान ल्याएको हो । त्यति मात्र होइन, वृद्धावस्थामा पुगेको पशुलाई कामबाट निवृत्त गरी पशुधनीले उचित हेरचाह गर्नुपर्ने प्रावधानसमेत निर्देशिकामा समेटिएको […]
प्रधानन्यायाधीशको महाभियोग प्रस्ताव आज फिर्ता हुने
काठमाडौं,जेठ, १४- प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद्मा दर्ता भएको महाभियोग प्रस्ताव फिर्ता लिने, स्थानीय चुनावमा भएको धाँधलीबारे छानबिन गर्न संसदीय समिति गठन गर्ने र थपिएका स्थानीय तहको संख्या कार्यान्वयन नगर्न सर्वोच्चको आदेशको सम्मान गर्ने तीन प्रमुख दलबीचको सहमतिपछि प्रमुख विपक्षी एमालेले संसद्को अवरोध फिर्ता लिएको छ । सिंहदरबारमा तीन दलका शीर्ष नेताबीचको सहमतिपछि शनिबार बसेको संसद् […]
सिरियामा अमेरिकी आक्रमणः ८० जनाको मृत्यु
एजेन्सी,जेठ,१३- सिरियामा अमेरिकाले गरेको हवाई आक्रमणमा परी बालबालिकासहित ८० जनाको मृत्यु भएको छ । चरमपन्थी संगठन इस्लामिक स्टेट (आइएस)को नियन्त्रणमा रहेको शहर मायादीनमा गरिएको भनिएको आक्रमणमा ८० जनाको मृत्यु भएको हो । कारबाहीमा मारिने बालबालिकाहरु पनि रहेका स्थानीय अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । अमेरिकी सेनाले पनि यस क्षेत्रमा हवाई आक्रमण गरेको पुष्टि गरेको […]
लुक्लामा गोमा एयरको विमान दुर्घटनाः चालकको मृत्यु,दुई घाईते
काठमाडौं,जेठ,१३- सोलखुम्बुको लुक्ला विमानस्थलमा गोमा एयरको विमान दुर्घटनामा परेको छ । दुर्घटनामा गम्भीर घाइते भएका विमानका चालक पारस राईको उपचारका क्रममा मृत्यु भएको छ भने चालक दलका दुई सदस्य पनि घाइते छन् । काठमाडौंबाट उठेको गोमा एयरको कार्गो विमान अवतरणका क्रममा दुर्घटनामा परेको थियो । विमान धावनमार्गबाट केही तल खसेको र अगाडिको भागमा क्षति पुगेकाका […]
कलाकार थापा द्धारा स्वतन्त्र उम्मेदवारी घोषणा
रमित बि.क. बाजुरा,जेष्ठ,१३- कलाकार लाल बहादुर थापाले स्वतन्त्र बागी उम्मेदवारी घोषणा गरेका छन् । आज एक औपचारीक कार्यक्रमका बीच उहाँले बुढीगंगा नगरपालिकाको प्रमुख पदको स्वतन्त्र उम्मेदवारी घोषणा गरेको बताउनुभएको छ । साविकको ब्रहमतोला गाविस ताम्रामा जन्मिनु भएका थापाले जीवनको ४१ बसन्त मध्ये २६ बर्ष सम्म निरन्तर नेकपा एमालेमा सक्रिय कार्यकर्ता भएर काम गरेपनि आफुलाई अवसरको […]
काँग्रेसको जीत नै जनताको जीत भएको नेता शाहको भनाई
रमित बि.क. बाजुरा,जेष्ठ, १३- नेपाली काँग्रेस जिल्ला कार्यसमिति सचिव दिपक बिक्रम शाहले काँग्रेसको जीत भनेको नै समग्र नेपाली काँग्रेसको जीत भएको बताउनुभएको छ । नेपाली काँग्रेस बुढीगंगा नगरपालिकाका मेयरका उम्मेदवार समेत रहेका नेता शाहले प्राकृतिक स्रात साधनको उचित परिचालन गरी बुढीगंगा नगरपालिकालाई समृद्ध र उत्कृष्ट बनाउने दृढ संकल्प आफुले लिएको उल्लेख गर्नुभएको छ । आज […]
हाम्रो सनातन हिन्दू धर्म नै सनातनी जीवन पद्धति
के.पि खनाल क्षेत्र, कैलाली,लम्कि, जेठ,१३- यस आर्यावर्तको ( याँहा आर्य – आर्यहरुको वाचक भएको र आवर्त भनेको तिनीहरुको केन्द्रस्थान रहेकोले यो ठाउँलाई आर्यावर्त भनिएको हो भन्नेकुरा प्रत्येक नेपालीहरुले बुझ्न सक्नु पर्दछ ) प्रमुख धर्म सनातन हिन्दूधर्म हो | यसमा प्राचीनता ,विशालता समेटिन सकेको कारणले गर्दा यसलाई ‘सनातन हिंदू धर्म’ भनिएको हो | यहूदी , ईशाइ […]
सुदुरको काखमा बसेको अछामको इतिहास
के.पि खनाल क्षेत्र, अछाम, जेठ,१३- अछाम नेपालको सुदुरपश्चिमाञ्चल विकासक्षेत्रमा रहेको सेती अञ्चलको पहाडी जिल्ला हो । अछाम जिल्ला नेपालमा १४ अञ्चल र ७५ जिल्लामा बिभाजन हुनु भन्दा पहिल्य अर्थात वि.स. २०१८ साल अगाडी सम्म ठूलो जिल्लामा रहेको थियो । यसमा अहिलेको डोटी, बझाङ, वाजुरा समेत रहेको थियो । त्यतिवेला प्रशासन हेर्नको लागी गौडा डोटीमा रहेको […]









