मगर संघ जापानको अध्यक्षमा भिक्टर ठाडा मगर निर्बाचित

टोकियो,असोज,२५-नेपाल मगर संघ जापानको २२औं अधिबेशनबाट भिक्टर ठाडा मगर अध्यक्षमा सर्बसम्मत निर्बाचित हुनु भएको छ। जापानको टोकियोमा सम्पन्न अधिबेशनले २३ सदस्यीय नयाँ कार्यसमिति चयन गर्दै निवर्तमान महासचिव भिक्टर ठाडा मगरलाई अध्यक्षमा चयन गरेको हो। संस्थाको नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा रित राना मगर चयन हुनु भएको छ।यस्तै संस्थाको उपाध्यक्षहरुमा रमेश राना मगर, लोक बहादुर रोका मगर, भिम श्रिस […]

आज विजयादशमी, नवदुर्गाको प्रसादका रूपमा टीका र जमरा लगाएर मनाइदै

काठमाडौं,असोज,१६-नेपालीहरुको महान चाड बडादशैंको आज मुख्य दिन। मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा रातो टीका र जमरा लगाइँदै छ।रातो टीकालाई शुभ साइतको प्रतीक र जमरालाई समृद्धिको प्रतीक मानिन्छ।दशैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ। टीका लगाउने उत्तम साइत नेपाली समय अनुसार बिहान ११ बजेर ५३ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग […]

नागोया नेप्लिज फुटबल क्लबले नोभेम्बर एकमा फुटसल टुर्नामेण्ट गर्ने

टोकियो,असोज,१५-नागोयामा फुटसल टुर्नामेण्ट हुने भएको छ। नागोया नेप्लिज फुटबल क्लब (NNFC) ले प्रवासमा रहेका फुटबल खेलप्रमी नेपाली समुदायमा फुटबल खेल मार्फत भाईचाराको सम्बन्धलाई अझ प्रगाढ राखौं भन्ने मुख्य उद्देश्यका साथ फुटसल टुर्नामेण्टको आयोजना गर्न लागेको क्लवका अध्यक्ष रोशन गुरुङले बिहानी अनलाईनलाई जानकारी दिनुभयो।  उहाँका अनुसार नागोयामा रहेको नेपाली रेष्टुरेण्ट नेपाल स्टेशनका मालिक सागर ढकाल ज्यूले […]

नेपालको पहिलो महिला प्रधानमन्त्री बनिन् सुशीला कार्की

काठमाडौं,भदौ,२७-नेपालले पहिलो महिला प्रधानमन्त्री पाएको छ।पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाए संगै देशले पहिलो महिला नेतृत्व पाएको हो। राष्ट्रपति कार्यालयमा शुक्रबार साँझ भएको सहमतिसँगै कार्कीले प्रधानमन्त्रीको शपथ लिएका हुन्।यो सँगै उहाँ देशको पहिलो महिला नेतृत्वको रुपमा बागडोर सम्हाल्न पुग्नु भएको छ।यस अघि कार्कीले पहिलो महिला प्रधानन्यायाधीश बनेर इतिहास रच्नु भएको थियो। प्रधानन्याधीशबाट अवकाशको करिब […]

नेपाल मगर संघ जापानको २२ औं महाधिवेशन अक्टोवरमा हुने

टोकियो,भदौ,२२-नेपाल मगर संघ जापानको २२ औं  केन्द्रीय महाधिवेशन आउदो अक्टोबर ११ तारिख शनिबारका दिन हुने भएको छ। संघले आफ्नो २१ औं कार्यसमितिको कार्यकाल सफलतापूर्वक पूरा गर्दै अर्को कार्यसमिति चयन गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै टोकियो स्थित ईकेबुकुरोमा रहेको तोशिमा वार्ड प्रदर्शन कला केन्द्रको सभाहलमा अधिवेशन गर्न लागेको हो। सन् १९९५ मा स्थापना भएको नेपाल मगर संघ […]

गुन्मामा हुने संयुक्त नेपाल फेस्टिवलको तयारी पुरा

गुन्मा,जापान,भाद्र,१५-जापानको गुन्मामा नेपाल फेस्टिवल हुन लागेको छ।गुन्मा प्रिफेक्चरको ओइजुमी माचीमा आउँदो सेप्टेम्बर ६ र ७, २०२५ मा आयोजना हुने “संयुक्त प्रथम नेपाल फेस्टिवल २०२५” भव्य तयारीका साथ अन्तिम चरणमा पुगेको छ। “अनेकतामा एकता, नेपाली कला, संस्कृत र पहिचानलाई विश्व समुदायमाझ चिनाउने हाम्रो प्रतिबद्धता” भन्ने मूल नारा सहित आयोजना गर्न लागिएको यस महोत्सव सुरु हुन अब […]

जापानमा नेपाली बालबालीकाको लागि फुटबल प्रशिक्षण सुरु

टोकियो,साउन,१७-जापानमा रहेका नेपाली बालबालिकालाई लक्षित गरि चिबाको ईचिखावामा पहिलो पटक फुटबल प्रशिक्षण कार्यक्रम सुरु भएको छ। नेपाल जापान फुटबल संघ (NJFA) जापानद्वारा आज अगष्ट २ तारिख शनिबारका दिन देखी फुटबल प्रशिक्षण कार्यक्रम सुरु गरेको नवनिर्वाचित एनआरएनए जापानका सदस्य नविन दिप गुरुङले बिहानी अनलाईनलाई जानकारी दिनुभयो। उहाँका अनुसार यस्ता कार्यक्रमले नेपाली बालबालिकाहरूको खेलकुद क्षमताको विकास र […]

रुपन्देही ३ मा उपनिर्वाचनका लागि २१ साउनदेखि दल दर्ता

काठमाडौं,साउन,१६-रुपन्देहीको क्षेत्र नम्बर ३ मा उपनिर्वाचन हुने भएको छ।निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रुपन्देही क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनका लागि साउन २१ गतेदेखि दल दर्ताको मिति निर्धारण गरेको छ। आयोगले आज सूचना जारी गरी साउन २१ गतेदेखि २७ गतेसम्म दल दर्ताको म्याद तोकिएको जानकारी दिएको हो। रुपन्देही क्षेत्र नम्बर ३ मा २०७९ को […]

अमेरिकी राष्ट्रपति ट्रम्पले अगस्ट ८ सम्ममा युद्धविराममा सहमत हुन रुसलाई आग्रह

टोकियो,साउन,१४-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगस्ट ८ सम्ममा युद्धविराममा सहमत हुन रुसलाई जोडदार आग्रह गर्नु भएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले फेरि एक पटक अगस्ट ८ सम्ममा युक्रेनसँग युद्धविराममा सहमत हुन रुसलाई आग्रह गर्नुभयो। उहाँले “भन्नुभयो” यदि रूस युद्धविराममा सहमत भएन भने कडा कर र अन्य उपायहरू लगाउने चेतावनी दिनुभयो।उहाँले गरेको यो विशेष समयसीमा “आजबाट १० दिन” […]

एनआरएनए जापानको अध्यक्षमा सुभाष,नयाँ कार्यसमितिमा कोको भए निर्वाचित ?

टोकियो,साउन,१३-गैर आवासीय नेपाली संघ (NRNA) जापानको १२ औं महाधिवेशनबाट आगामी २ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन भएको छ। जुलाई २७ तारिख आईतबारका दिन भर्चुअल मार्फत सम्पन्न मतपरिणाम अनुसार अध्यक्षमा सुभाष लामिछाने विजयी भएका छन्।उनले अर्का प्रत्यासी सिद्धार्थ श्रेष्ठलाई १,९५९ मतान्तरले पराजित गरेका हुन्।लामीछानेले ७ हजार १५२ मत ल्याए भने श्रेष्ठले ५ हजार १९३ मत […]