भरतपुर,मंसिर ३०-सत्ता साझेदार दल नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा दर्ता संविधान संशोधन प्रस्ताव कुनै हालतमा फिर्ता नहुने बताउनु भएको छ ।काग्रेसको चितवन जिल्लाले भरतपुरबाट सुरु गरेको दुई महिने जागरण अभियानको आज उद्घाटन गर्दै सभापति देउवाले अस्वीकृत हुने अवस्था भए पनि कुनै हालतमा फिर्ता नहुने दोहोर्याउनु भएको हो ।बरु प्रस्ताव फेल होस तर फिर्ता हुँदैन […]
Author: bihani
पुरानै संरचनामा चुनाव गर्नु नहुने भट्टराईको भनाई
सिन्धुली,मंसिर ३०-नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बावुराम भट्टराईले पुरानै संरचनामा चुनाव गर्नु नहुने बताउनु भएको छ । आज सिन्धुलीमाढीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा संयोजक भट्टराईले तिन ठुला राजनैतिक दलहरुले पुरानै संरचनामा चुनाब गर्न लागेको भन्दै त्यसले देशको समस्या समधान नहुने बताउनुभयो । उहाँले राजनितिक गतिरोध अन्त्य गर्दै पुर्नसंरचनाको काम टुंग्याएर मात्र चुनाब गर्नुपर्ने पार्टीको आधिकारिक […]
व्यवस्थापिका संसद्को बैठक नबसी सूचना टाँस गरेर स्थगित
काठमाण्डौं,मंसिर ३०-व्यवस्थापिका संसद्को बैठक सूचना टाँस गरेर स्थगित भएको छ ।आज बिहान ११ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी सूचना टाँस गरेर सोमबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको हो ।संसद्मा दर्ता भएको संविधान संशोधन विधेयकलाई अघि नबढाउने विषयमा सहमति नजिक पुगेकाले प्रमुख तीन दलको आग्रहमा सभामुख ओनसरी घर्तीले बैठक स्थगित गरेकी हुन् । सरकारले […]
लिम्बुवान पार्टी नेपालले आह्वान गरेको बन्दका कारण पूर्वको नौ जिल्लाको जनजिवन प्रभावित
ताप्लेजुङ, मंसिर ३०- संघीय लिम्बुवान पार्टी नेपालले आह्वान गरेको बन्दका कारण पूर्वको नौ जिल्लाको जनजिवन प्रभावित बनेको छ ।संविधान संशोधन गरी पूर्वी नेपालका नौं जिल्लालाई लिम्बुवान प्रदेशमा राख्नुपर्ने, झापा, मोरङ र सुनसरीलाई टुक्राई अर्को प्रदेशमा राख्न नहुने र देशमा मौलाईरहेको भ्रष्टाचार नियन्त्रणको माग गर्दै संघीय लिम्बुवानले आज पूर्वी नेपाल बन्दको आह्वान गरेको हो । बन्दको […]
माओवादी केन्द्र आन्तरिक छलफलमा, बैठक अपरान्ह ४ बजे बस्ने
काठमाडौं, मंसिर ३०- नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठक आज बस्ने भएको छ । केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पार्टमा अपरान्ह ४ बजे बैठक बोलाइएको छ ।बैठकमा पार्टीको संगठनात्क संरचना कस्तो बनाउने भन्नेबारेमा कार्यदलले तयार पारेको प्रतिवेदनमा विशेष छलफल हुने पार्टी प्रवक्ता पम्पा भुषालले जानकारी दिनुभयो । बैठकमा विभिन्न स्थानमा बाँकी रहेको गाउँ, नगर, जिल्लाको […]
ऊर्जा सम्मेलन आजदेखि काठमाडौमा शुरु हुँदै
काठमाडौ, मंसिर ३०- काठमाडौमा आजदेखि उर्जा सम्मेलन शुरु हुँदै छ । आगामी दश वर्षमा दश हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित सरकारको संयोजनमा स्वतन्त्र ऊर्जा उत्पादकको संस्था इपानले आज र भोली दुई दिवसीय ‘ऊर्जा सम्मेलन’को आयोजना गरेको हो ।सम्मेलनमा नेपाल, भारत, चीन, दक्षिण कोरिया, जापान, नर्वे, संयुक्तराज्य अमेरिका, बेलायत, अष्ट्रेलिया, विभिन्न देशका जलस्रोतविज्ञ, बैंक तथा […]
नेपालगंजमा जारी निजामती कर्मचारी संगठनको १० औं राष्ट्रिय महाअधिवेशनको अहिले मतदान चल्दै
बाँके,मंसिर २९-नेपालगंजमा जारी निजामती कर्मचारी संगठनको १० औं राष्ट्रिय महाअधिवेशन अन्तर्गत अहिले निर्वाचन प्रक्रिया सुरुे भएको छ । २७ सदस्यीय सचिवालय सहित १ सय ११ सदस्यीय केन्द्रिय समितिका लागि निर्वाचन हुनेछ । निर्वाचनमा वर्तमान अध्यक्ष मोहनकुमार घिमिरे र वरिष्ठ उपाध्यक्ष केदारप्रसाद देवकोटाबीच अध्यक्षतामा प्रतिष्पर्दा हुदैंछ । मोहनकुमार घिमिरेलाई समर्थन गर्दै वरिष्ठ उपाध्यक्षमा ईश्वरी ढकाल ,महिला […]
संविधान पूर्णरुपमा कार्यान्वयन नभए देश दुर्घटनामा पर्ने :देउवा
चितवन,मंसिर २९- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान पूर्णरुपमा कार्यान्वयन नभए देश दुर्घटनामा पर्ने बताउनु भएको छ । नेपाल महिला संघको आयोजनामा आज चितवनको भरतपुरमा भएको प्रशिक्षण कार्यक्रममा उहाँले देशलाई दुर्घटनाबाट जोगाउन संविधानको पूर्ण कार्यान्वयन आवश्यक रहेको बताउनुभयो । उहाँले संविधान कार्यान्वयनका लागि संशोधन प्रस्ताव दर्ता गरिएको बताउनुभयो ।संविधान संशोधन प्रस्तावलाई लिएर एमालेले संसद अवरुद्ध […]
प्रधानमन्त्री र मन्त्रिहरुको सम्पत्ति विवरण सार्बजनिक , नेपालका प्रधानमन्त्री मध्य दाहाल सबैभन्दा गरिव
काठमाण्डौं,मंसिर २९- सरकारले प्रधानमन्त्री र मन्त्रिहरुको सम्पत्ति विवरण सार्बजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले आज वेभसाइट मार्फत प्रधानमन्त्री, मन्त्रीहरु र राज्यमन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको हो । उक्त विबरण अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाललाई मन्त्रिपरिषदका सदस्यहरु मध्ये सबैभन्दा गरिव देखिएको छ । उहा पूर्वप्रधानमन्त्री सुशील कोइराला पछिकै नेपालको गरिब प्रधानमन्त्री देखिननु भएको छ ।श्रीमती […]
कम्तीमा चार महिनाको समय राखेर चुनावको मिति घोषणा गर्न सरकारलाई निर्वाचन आयोगको सुझाव
काठमाण्डौं,मंसिर २९- निर्वाचन आयोगले निर्वाचनका लागि आवश्यक ऐन–कानुन निर्माणपछि कम्तीमा ४ महिनाको समय राखेरमात्रै चुनावको मिति घोषणा गर्न सरकारलाई सुझाव दिएको छ ।सरकारले चुनावको मिति घोषणा गर्ने तयारी गरिरहेकाबेला आयोगले स्थानीय तहको चुनावअघि गर्नुपर्ने सबै काम सम्पन्न गरेरमात्रै चुनावको मिति तोक्न सरकार र राजनीतिक दलहरुलाई आग्रह गरेको हो । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले भन्नुभयो सीमांकन […]










