विज्ञानतर्फ तीनवर्षे बिएस्सी दोस्रो वर्षको परीक्षाको परीक्षाफल प्रकाशित

काठमाण्डौं,मंसिर २१-त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा गत असार र साउन महिनामा सञ्चालित विज्ञानतर्फ (तीनवर्षे) बिएस्सी दोस्रो वर्षको परीक्षाको परीक्षाफल आज प्रकाशन गरिएको छ ।परीक्षाफल www.educationsansar.com, www.edusanjal.com, www.tu.ntc.net.npर www.educationkhabar.com मा पनि हेर्न सकिने छ भने नेपाल टेलिकमको १६०२ मा डायल गरेर प्राप्त निर्देशानुसार थाहा पाउन सकिने छ । साथै ४९४९ मा एसएमएस गरेर पनि नतिजा थाहा […]

कपिलवस्तुमा आन्दोलनको स्वरुप बुधबार देखि परिवर्तन हुने ।। सवै विद्यालयहरुमा पठनपाठन र परिक्षा संचालन गर्ने सहमति ।।

अराज सिंह बेल्बासे कपिलवस्तु मंसिर २१- प्रदेश नम्वर ५ बाट पहाडी जिल्लालाई अलग गराएको विरोधमा कपिलवस्तुमा संचालन हुदै आएको आन्दोलनको स्वरुप बुधबारदेखि परिवर्तित हुने भएको छ । कपिलवस्तु संघर्ष समितिको चारनम्बरमा मंगलबार बसेको संयुक्त वैठकले एक साता देखि हुदै आएको जिल्ला बन्द, हडताल जस्ता कार्यक्रमको स्वरुप परिवर्तन गर्ने निर्णय गरेको छ । जिल्लामा एक सातादेखि […]

घोराही ११ स्थित विकास नगर टोल विकास संस्थाको अध्यक्षमा पुनः घनश्याम गिरी

रोशन घर्ती दाङ,मंसिर २१-घोराही ११ स्थित विकास नगर टोल विकास संस्थाको अध्यक्षमा पुनः घनश्याम गिरी चएन भएका छन । शानिवार घोराही ११ विकासनगर टोल संस्थाको कार्यालयमा भएको तेस्रो साधारण सभाले गिरीलाई अध्यक्षमा चएन गरेको हो । जसको उपाध्यक्षमा सुनिता ओली, सचिवमा पुनम पुन, कोषाध्यक्षमा भावना ओली र सदस्यहरुमा लोकराज न्यौपाने, टोपबहादुर कंवर, खुसलराम पुन, भिमा […]

‘माघी विशेष साँस्कृतिक महोत्सवका लागि उपसमितिहरु गठन

रोशन घर्ती दाङ,मंसिर २१- डुरुवा ४ कोठरीमा पुष १२ गतेदेखी हुने महोत्सवका लागी जिम्मेवारी तोकीएको छ । पुष १२ देखी १७ गतेसम्म हुने ‘माघी विशेष साँस्कृतिक कार्यक्रम–२०७३’ लाई सफल बनाउनका लागी समिति एवं विभिन्न उपसमितिहरु गठन गरिएको छ । लागु औषध विरुद्धको सचेतना कार्यक्रमकालागी हुने महोत्सवकालागी यमबहादुर पुनलाई कार्यक्रम संयोजकको जिम्मेवारी दिईएको छ । ‘स्वस्थ […]

दिपज्योति नर्सिङ कलेजमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

दाङ,मंसिर २१- जिल्लामा सञ्चालन भएको ट्राफिक सचेतना अभियान अन्तरगत दिपज्योति नर्सिङ कलेजमा ट्राफिक सचेतना कार्यक्रम आज सम्पन्न भएको छ । सामुदायीक प्रहरी सेवा केन्द्र दाङ र जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको संयुक्त आयोजनामा कार्यक्रम भएको हो । सामुदायीक प्रहरी सेवा केन्द्रका सचिव आर.के.शीतलको अध्यक्षता एवं कलेजका प्रीन्सीपल विष्णु भजेलको प्रमुख आतिथ्य र जिल्ला ट्राफिक प्रहरी […]

महका लागि प्रख्यात दाङ जिल्लामा पछिल्लो समयमा मह उत्पादन घट्दै

रोशन घर्ती दाङ,मंसिर २१-महका लागि प्रख्यात दाङ जिल्लामा पछिल्लो समयमा मह उत्पादन घट्दै गएको छ । जिल्ला कृषि विकास कार्यालयका बाली संरक्षण अधिकृत पिताम्बर बस्नेतका अनुसार जिल्लामा आव २०७१र७२ मा सात हजार ६५२ माहुरीको गोलाबाट २३४ मेट्रिक टन मह उत्पादन भएको थियो । त्यसैगरी गत आव २०७२र७३ मा ११ हजार १५२ गोलाबाट ८९ दशमलब २१ […]

क्रियाशिल आन्दोलनकारी राजनैतिक पार्टिहरुको संयुक्त बैठक घोराहीमा सम्पन्न

रोशन घर्ती घोराही,मंसीर २१ –दाङमा क्रियाशिल आन्दोलनकारी राजनैतिक पार्टिहरुको संयुक्त बैठक आज घोराहीमा सम्पन्न भएको छ । आन्दोलनकारी पार्टिका संयोजक टिकाराम खड्काको अध्यक्षतामा भएको बैठकले मंसीर २२ गते देखि २५ गते सम्म हुने बिभिन्न कार्यक्रमको घोषणा गरेको छ । जस अन्तर्रगत आज २२ गते संयुक्त संघर्ष समिति र पत्रकारहरुको बिचमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरीएको छ […]

राष्ट्रको निकासका लागी तराइमा २ प्रदेश बनाउनु पर्छ : डा. भट्टराई

अराज सिंह बेल्बासे कपिलवस्तु ,मंसिर २१-नयाँशक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले अहिलेको अवस्थाबाट देशलाई निकास दिन तराईमा २ प्रदेश हुनेगरी राज्यपुनरसंरचना गर्नूपर्ने बताउनु भएको छ ।नेपाल प्रेस सोसाइटि कपिलवस्तुले तौलीहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले एमाले लगायतका दल ले पंञ्चायतकालिन संरचना फेरबदल गर्नु हुँदैन भन्दै आन्दोलन गर्नु गलत रहेको दाबि गर्नु भएको हो । […]

१६ दिने लैंगिक हिंसा विरद्ध अभियानको अभिमुखिकरण कार्यक्रम सम्पन्न

नेपालगन्ज २१ मंसिर-१६ दिने लैंगिक हिंसा विरद्धको अभियानको अवसरमा केआइ नेपाल, नेपालगन्ज र कुरिती अन्त्य समाज बाँकेले मानव बेचबिखन तथा लैगिक हिंसा विरुद्ध विषयक एक दिने अभिमुखिकरण कार्यक्रम आयोजना गरेको छ । बाँके जिल्ला भित्र मानव बेचबिखन विरुद्धको लागि गठन भएको महिला समूहहरुको लागि आयोजना गरिएको अभिमुखिकरण कार्यक्रममा ३५ जना महिलाहरुको सहभागिता रहेको थियो । […]

कक्षा ११ आंशिकको नतिजा सार्वजनिक ,४२ हजार ७ सय ९९ जना मात्र उत्तीर्ण

काठमाण्डू,मंसिर २१- कक्षा ११ को आंशिक परीक्षाको नतिजा सार्वजनिक भएको छ। जेठमा सञ्चालित परीक्षामा सहभागि १ लाख ७ हजार ९ सय ९५ मध्ये ४२ हजार ७ सय ९९ जना उत्तीर्ण भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । गत वर्ष आंशिकमा ३४ दशमलव ६५ प्रतिशत उत्तीर्ण भएकोमा यस बर्ष ३९ दशमलव ७३ प्रतिशत उत्तीर्ण भएका छन् । […]