काठमाडौं,जेठ,२७- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा प्रदेश नम्बर २ मा नेकपा एमाले पराजित हुन्छ भन्ने भ्रम नराख्न आग्रह गरेका छन्। विभिन्न पार्टी छाडेर एमालेमा प्रवेश गरेकाहरुको स्वागतमा शनिबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनले मधेसमा एमाले पराजित हुन्छ भन्ने कुरा भ्रममात्र भएको टिप्पणी गरे। अहिले २ नम्बरमा एमाले छैन भन्ने भ्रम छु […]
Author: Deependra Saru
फेरि चुनाव सार्ने राजपाको प्रस्ताव, सत्तारुढ दलले गरे अस्वीकार
काठमाडौं,जेठ,२७- राष्ट्रिय जनता पार्टी नेपालले आफूहरुले चुनावमा भाग लिन दोस्रो चरणको चुनावको मिति सार्नुपर्ने प्रस्ताव गरेको छ प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार बोलाएको छलफलमा उनीहरुले अहिलेकै अवस्थामा चुनावमा भाग लिन कठिन हुने भन्दै मिति सार्न प्रस्ताव गरेको हो। तर सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले चुनावको मिति सार्ने प्रस्ताव अस्वीकार गरेका छन्। प्रधानमन्त्री देउवाले […]
निजगड ११ रतनपुर बारामा ओडा अध्यक्षको लागि तीन हस्तिहरुको प्रस्तिस्प्रधा
मिलन मगर फुकुओका जापान जेठ ,२७- करिब दुई दसक को अन्तरालमा हुन लागेको स्थानिय चुनाव बाराको निजगड ११ रतनपुर मा पनि चुनाबि माहुल नीकै छायको छ।सोही ओडामा नेपाली कांग्रेसका शंकर रुम्बा तेसै गरी माओवादी बाट बिकास लामा छ भनी एमाले बाट प्रेम तामाङ ले प्रस्तिस्प्राधा गर्ने भयको छ। पहाडीया र चौधरीको बाक्लो जनसंख्या भयपनी चौधरी […]
निसिनिहोन र कोकेन सेनमोन कलेजको स्पीच कम्पिटिसन सम्म्पन
मिलन मगर फुकुओका जापान, जेठ ,२६- निसिनिहोन स्कुल (जापानिज भाषा) र कोकेन सेनमोन कलेजको स्पीच कम्पिटिसन मिनामी सिविल सेन्तामा भब्यताका साथ सम्म्पन भएको छ। सो कम्पिटिसनमा निसिनिहोन (जापानिज भाषा) मा अध्ययनरत बिद्यार्थीहरुले स्पीच कम्पिटिसन गरेको थिए, भने कोकेन सेनमोन कलेजका बिद्यार्थीहरुले आ-आफ्नो देशको कल्चर , फुकुओकामा बिदेसी बिद्यार्थीको डाटा लगायत अन्य कार्यक्रमहरु देखाएको थियो । सोही कार्यक्रममा […]
सूचनाको हकको प्रत्याभूति जनतालाई दिलाउने प्रतिबद्धता
रोशन घर्ती दाङ,जेठ,२६- दाङका कार्यालय प्रमुख तथा सूचना अधिकारीहरूले सूचनाको हकको प्रत्याभूति जनतालाई दिलाउने प्रतिबद्धता जनाएका छन् । राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाको प्रमुख आतिथ्यमा घोराहीमा भएको कार्यालय प्रमुखहरूको बुधबारको विशेष बैठकले दाङ जिल्लाको सूचनाको हकको प्रचलन गर्ने सातबुँदे प्रतिबद्धता जाहेर गरिएको हो । उनीहरूले सूचनाको हकसम्बन्धी ऐन र नियमावली बमोजिम प्रत्येक […]
दोस्रो चरणको निर्वाचनमा सहभागी हुन यादवको आग्रह
काठमान्डौ,जेठ,२६- सघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा सहभागी हुन राष्ट्रिय जनता पार्टी (राजपा) लाई आग्रह गर्नुभएको छ । रिपार्टर्स क्लबले आज गरेको कार्यक्रममा उहाँले राजपाका नेताहरुलाई निर्वाचनमा आउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, आउनुस् सँगै मिलेर निर्वाचन लडौँ” । अध्यक्ष यादवले दोस्रो चरणको निर्वाचन अगाडि संविधान संशोधन भए जनतामा […]
स्थानीय तह निर्वाचनको पहिलो संशोधन विधेयक संसद्बाट पारित
काठमान्डौ,जेठ,२६- स्थानीय तह निर्वाचनको पहिलो संशोधन विधेयक संसद्बाट पारित भएको छ । आज बसेको संसद् बैठकले छोटो प्रक्रियाद्वारा स्थानीय तह निर्वाचनको पहिलो संशोधन विधेयक पारित गरेको हो । संसद्को नियम निलम्बन गरेर विधेयक पारित गरिएको हो । यो विधेयक पारित भएसँगै राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल सहितका दलहरुलाई निर्वाचनमा सहभागी हुन बाटो खुलेको छ । […]
निर्वाचन जिताउन विद्यार्थीहरुको ठूलो भूमिका हुन्छ देउवा
काठमान्डौँ,जेठ,२६- प्रधानमन्त्री शेरबहादुर देउवाले तीनवटा निर्वाचन आफ्नो सरकारको मुख्य प्राथमिकता रहेको बताउनुभएको छ । नेपाल विद्यार्थी संघले दोस्रो चरणको स्थानीय तहको निर्वाचनको पूर्व सन्ध्यामा आज पार्टी कार्यालय सानेपामा गरेको ‘स्थानीय निर्वाचन परिचालन’ विषयक अभिमुखीकरण कार्यक्रम’मा प्रधानमन्त्री देउवाले दोस्रो चरणको निर्वाचनमा लाग्न सबैलाई आग्रह गर्नुभयो । नेपाली काँग्रेसका सभापति समेत रहनुभएका प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचनमा […]
राप्रपाका घोराही मेयर डा.योगीको सर्वाधिक चर्चा
भानुभक्त बस्नेत दाङ, जेठ,२५ – घोराही उपमहानगरपालिकाका राप्रपाबाट मेयर पदका उमेद्वार डा.भोलानाथ योगी विभिन्न वडाहरुमा हुने सभाहरुमा सहभागी हुनुभएको छ । चुनावी कार्यक्रम अन्तरगत आज वडा नम्बर १२ मा भएका सभाहरुमा उहाँ सहभागी हुनुभएको छ । हिराबहादुर बहकरीको अध्यक्षता एवं राप्रपाका केन्द्रीय सदस्य मीना विश्वकर्माको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै योगीले धर्म संस्कृति संरक्षण र […]
शुक्रबारसम्म तीन प्रदेशका उम्मेदवारको टुंगो लगाउने कांग्रेसको तयारी
काठमान्डौ,जेठ,२५- नेपाली कांग्रेसले दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि शुक्रबारसम्म तीन प्रदेशको उम्मेदवारी टुङ्गो लगाउने भएको छ। कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बिहीबार बसेको पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठकले अधिकांश जिल्लाको उम्मेदवार टुङ्गो लगाए पनि प्रदेश १, ५ र ७ को शुक्रबारसम्म टुङ्गो लगाउने निष्कर्ष निकालेको कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। उनले गुल्मी, […]









