सिन्धुपाल्चोक,जेठ,४- सिन्धुपाल्चोकको चौतारा, साँगाचोक गढी नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रका अमानसिंह तामाङ विजयी भएका छन्। तामाङले सात हजार ७२९ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सोम सापकोटाले पाँच हजार ८०६ मत पाए। निर्वाचन कार्यालयका अनुसार माओवादी केन्द्रकी जानुका पराजुली सात हजार ७२२ मत प्राप्त गरी उपप्रमुख निर्वाचित भएकी छिन्। निकटतम प्रतिद्वन्द्वी एमालेका सीता थापाले छ […]
Author: Deependra Saru
दाङ दिल्ली एसी वस संचालन हुदै
नरेश खड्का दाङ,जेठ,३ – राप्ति अंचल सार्वजनिक यातायात ब्यवसायी समितिले दिल्ली सम्मको लागी एसी वस संचालन गर्ने भएको छ । समितिको दिल्ली पुगेको पदाधिकारिहरुको टिमले भारतिय समिति संग समन्वय गरेर हप्ताको सोमबार र शुक्रबार वस संचालन गर्ने भएको हो । घोराहि तुलसीपुर हुदै महेन्द्रनगर बाट दिल्लीका लागी एसि वस बिहान ७ बजे प्रस्थान गर्ने समतिले […]
प्रधानमन्त्रीले भने– अब राजीनामा दिन्छु,
काठमाडौं,जेठ,२- प्रधानमन्त्री प्रचण्डले यही साता पदबाट राजीनामा दिने घोषणा गरेका छन् । उनले जेठ ७ गतेभित्र संसद्लाई सम्बोधन गरेर राजीनामा दिने बताएका छन् । संसद् बैठक जेठ ४ गते बस्दैछ । राष्ट्रिय जनता पार्टीका नेताहरुसँग सोमबार बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले यही साता संसद्लाई सम्बोधन गरेर राजीनामा दिन लागेको बताए । स्थानीय तहको चुनाव सफल […]
जुम्लाको हिमा गाउँपालिकाको अध्यक्षमा माओवादी विजयी
जुम्ला,जेठ,२- जुम्लाको हिमा गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ । अध्यक्ष पदमा माओवादीका राजबहादुर शाही र उपाध्यक्ष पदमा माओवादीकै हिमाली रोकाय विजयी भएका हुन् । शाहीले १३१७ र रोकायले १३२७ मत पाएको मुख्य निर्वाचन अधिकृत रुद्रप्रसाद आचार्यले अनलाइनखबरलाई जानकारी दिए । माओवादीले यसअघि जुम्लाकै गुठिचौर गाउँपालिकाको अध्यक्षमा पनि जित हात पारेको छ । गुठिचौर गाउँपालिकाको […]
कांग्रेसले जित्यो थप दुई गाउँपालिका, मुस्ताङको घरपजोङमा एमाले विजयी
काठमान्डौ,जेठ,२- मनाङको एउटा र मुस्ताङका दुईवटा स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । मुस्ताङको लोमान्थाङ गाउँपालिका अध्यक्षमा कांग्रेसका उम्मेद्वार सुर्वणकुमार बिष्टले जित हात पारेका छन् । उनी ६ सय २ मत ल्याएर विजयी भएका हुन् । उपाध्यक्षमा पेमा डोल्मा विष्ट विजयी भएकी छिन् । मनाङकै नोसाङ गाउँपालिकाको अध्यक्षमा कांग्रेसकै चन्द्रबहादुर घले विजयी भएका छन् । […]
कास्कीको मादी गाउँपालिकामा एमाले विजयी
पोखरा, जेठ,२ – कास्कीको मादी गाउँपालिकाको वडा नम्बर १ को अध्यक्षमा नेकपा एमालेका सुरज गुरुङसहितका उम्मेदवार विजयी भएका छन् । एमालेका उम्मेदवार गुरुङ ५५७ मत प्राप्त गरी विजयी भएका हुन् । गुरुङका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवारले ४३४ र माओवादी केन्द्रका उम्मेदवारले १४ मत प्राप्त गरेका छन् । मादी गाउँपालिकाका अन्य पद र वडाहरुको मतगणना जारी […]
कपुरकोट गाउपालिकाको १ नम्बर वडामा पुरै माओवादी केन्द्रको जीत
शंकर के सी सल्यान,जेठ,२- कपुरकोट गाउपालिकामा नेकपा माओवादी केन्द्रले अग्रता लिइरहेको छ । वडा नम्बर १ मा खसेको जम्मा ८०९ मत गनी सक्दा माओवादी केन्द्रका गाउंपालिका अध्यक्ष पदका उम्मेद्धार प्रकाश भण्डारीले ३ सय ७२ मत ल्याएका छन् भने एमालेका भिम बहादुर सेनले ३१० मत ल्याएका छन् । उपाध्यक्षमा माओवादी केन्द्रकी एलिना रानाले ३ सय ८९ […]
सल्यानको ढोरचौर १ र २ नम्बर वडामा माओवादी केन्द्रको प्यानल नै विजयी
रोशन घर्ति दाङ, जेठ,२- सल्यानको ढोरचौरको वडा नम्बर १ र २ नम्बरमा नेकपा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ। ढोरचौर १ नम्बर वडाको अध्यक्षमा रामबहादुर बस्नेत विजयी हुनु भएको छ। यस्तै उक्त वडाको सदस्यहरुमा कौशिला शाह चन्द, तुलसा विक, कालीबहादुर बुढाथोकी र तुलबहादुर थापा विजयी हुनु भएको छ। यस्तै, वडा नम्बर २ को अध्यक्षमा […]
रुकुमको १० वडा मध्ये ७ वडामा माओवादी केन्द्रको जीत
मनिष खड्का रुकुम,जेठ,२- मतगणना जारी रहेका रुकुमका ५ स्थानीय तहका १० वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । जसमध्ये ७ वडामा नेकपा ९माओवादी केन्द्र० र ३ वडामा नेपाली कांग्रेस विजयी भएको छ । मुसिकोट नगरपालिकाका ३ वडामा कांग्रेस विजयी भएको हो । मुुसिकोट १, २ र ३ मा कांग्रेसको प्यानलनै विजयी भएको हो । […]
भरतपुर महानगरपालिकामा रेणुले लिइन् अग्रता
चितवन,जेठ,२- चितवनको भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेणु दाहालले अग्रता लिनुभएको छ । उहाको पक्षमा २८७ मत छ । एमालेका मेयर पदका उम्मेदवार देबी ज्ञवालीको पक्षमा २६४ मत छ । मत गणनाको सुरुवातमा ज्ञवाली अग्रस्थानमा हुनुहुन्थ्यो ।