एमसीसी व्याख्यात्मक घोषणासहित संसदबाट पारित गर्ने गठबन्धनको निर्णय,

काठमाडौं,फागुन,१५-एमसीसीका कारण फुट्को सँघारमा पुगिसकेको सत्ता गठबन्धन एमसीसीकै कारण जोगिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आइतबार बसेको सत्ता गठबन्धका शीर्ष नेताहरूको बैठकले एमसीसी सम्झौतालाई व्याख्यात्मक घोषणासहित संसदबाट पारित गर्ने निर्णय गरेको हो । सो निर्णयसँगै अब सत्ता गठबन्धन फुट्को सँघारबाट जोगिएको छ । सत्ता गठबन्धन अब आगामी निर्वाचनसम्म रहिरहने देखिन्छ । केही महिना अघिदेखि […]

३५ सय रुसी सेनाको मृत्यु भएको युक्रेनी दाबी, सडकमै भिडियो बनाउँदै राष्ट्रपति जेलेन्स्की

एजेन्सी,फाल्गुन,१४-युक्रेनको सेनाले अहिलेसम्म रुसका ३५ सयभन्दा बढी सेनाको मृत्यु भइसकेको दाबी गरेको छ । सैन्य क्षतिबारे फेसबुकमा प्रकाशित विवरणमा अहिलेसम्म युक्रेन आक्रमणमा सम्मिलित ३५ सय भन्दा बढी रुसी सैनिकको मृत्यु भएको र झन्डै २०० जनालाई बन्दी बनाइएको दाबी गरिएको छ । युक्रेनी सेनाको दाबीअनुसार रुसले आफ्ना १४ वटा विमान र १ सय २ वटा ट्याङ्क […]

युक्रेनमा रहेका नेपालीको उद्धार कठिन,१२६ जना दूतावासको सम्पर्कमा

काठमाडौं,फाल्गुन,१३-रुसले बिहीबार युक्रेनमा सैन्य हमला गरेसँगै त्यहाँ जारी संकटले नयाँ मोड लिएको छ। पूर्वी युरोपमा पर्ने युक्रेनमा रुसको आक्रमणपछि आपत्कालीन अवस्था घोषणा गरिएको छ। युक्रेन सरकारले आफ्नो हवाई क्षेत्र तत्कालका लागि बन्द गरेको छ। युक्रेन सरकारले सूचना जारी गर्दै कसैलाई पनि घर बाहिर ननिस्कन आग्रह गरेको छ।  युक्रेनसमेत हेर्ने जिम्मा पाएको बर्लिनस्थित नेपाली दूतावासका अनुसार […]

सरकारले भन्यो, ‘अत्यावश्यक बाहेकको अवस्थामा युक्रेनमा भएका नेपाली स्वदेश फर्कनू’

काठमाडौं,फागुन,११-सरकारले अत्यावश्यक बाहेकको अवस्थामा युक्रेनमा भएका नेपाली नागरिकलाई स्वदेश फर्कन आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयले बुधबार ट्राभल एड्भाइजरी जारी गर्दै वर्तमान अवस्थाको मूल्याङ्कन गरेर उपलब्ध व्यवसायिक उडान मार्फत स्वदेश फर्कन आग्रह गरेको हो । उसले अत्यावश्यक काम नपरी त्यहाँको भ्रमण नगर्न पनि अनुरोध गरेको छ ।   पराष्ट्र मन्त्रालयले भनेको छ, ‘युक्रेनमा रहनुभएका नेपाली […]

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल : जेठ २ देखि व्यावसायिक उडान शुरू हुँदै

काठमाडौं,फागुन,६-नेपाल नागरिक उड्डयन प्राधिकरणले आगामी बुद्धजयन्ती (जेठ २ गते)देखि भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान शुरू गर्ने भएको छ। प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका अनुसार विमानस्थलको व्यावसायिक सञ्चालन गर्नुपूर्व एरो थाईले शुक्रवारदेखि परीक्षण उडान (क्यालिब्रेशन फ्लाइट) गर्दै छ । क्यालिब्रेशन फ्लाइट सम्पन्न भएपछि व्यावसायिक उडानका लागि एक समिति गठन गरिएको छ।उक्त समितिलाई जेठ २ देखि व्यावसायिक […]

पिएसजी संग रियल म्याड्रिड १-० पराजित

एजेन्सी,फागुन,४-युइएफए च्याम्पियन्स लिग अन्तरगतको प्रि-क्वाटरफाइनलको पहिलो लेगमा सेन्ट जर्मेन (पिएसजी) ले स्पेनिस क्लब रियल म्याड्रिडलाई पराजित गरेको छ । इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा युवा फरवार्ड केलियन एमबाप्पेको गोलमा पिएसजीले जित निकालेको हो ।पिएसजीले घरेलु मैदानमा रियललाई पहिलो लेगमा १-० ले पराजित गरेको हो । एमबाप्पेले इन्ज्युरी समयमा सव्सिच्युट ब्राजिली फरवार्ड नेयमार जुनियरको ब्याकहिल […]

च्याम्पियन्स लिग : आज पिएसजी र रियल म्याड्रिड भिड्ने

एजेन्सी,फाल्गुन,३-युइएफए च्याम्पियन्स लिगमा आज मंगलबार रातिबाट प्रि-क्वाटरफाइनलको चरण अन्तर्गत पहिलो लेगको दुई खेल हुँदैछ । निकै प्रतिक्षित खेलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) र स्पेनिस क्लब रियल म्याड्रिड भिड्दै छन् । खेल पिएसजीको मैदान पार्क डेस प्रिन्सेसमा नेपाली समयअनुसार राति १:४५ बजे सुरु हुनेछ । स्टार खेलाडीले भरिएको फ्रेन्च लिग वानको शीर्षस्थानमा रहेको पिएसजी […]

रुसलाई तत्काल वार्तामा बस्न युक्रेनको आग्रह

काठमाण्डौं,फाल्गुन,२-युक्रेनले आफ्नो सीमामा बढ्दो क्रममा रहेको तनाव अन्त्य गर्न रुस र अन्य युरोपेली सुरक्षा समूहका प्रमुख सदस्यबीचको बैठकको माग गरेको छ। युक्रेनका विदेशमन्त्री डिमित्रो कुलेबाले रुसले सीमाक्षेत्रमा सैनिक परिचालनबारे जानकारी माग गरी पठाइएको सबै आधिकारिक आग्रहको बेवास्ता गरेको बताएका छन्।  उनले अबको अर्को कदमको रुपमा ४८ घण्टाभित्र रुसको योजनाबारे पारदर्शी जानकारीसहितको बैठकको माग गरिएको उल्लेख […]

यमनको हुथी विद्रोहीको आक्रमण विरुद्ध साउदीलाई सहयोग गर्ने अमेरिकी आश्वासन

काठमाडौं,माघ,२७-यमनी हुथी विद्रोहीको बारम्बारको ड्रोन आक्रमणबाट सताईएको साउदी अरबलाई अमेरिकाले सहयोगको आश्वासन दिएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले साउदी राजा सलमान विन अब्दुल्लाहजिज अलसाउदलाई टेलिफोन गरी हुथिको आक्रमण विरुद्ध सहयोग गर्ने आश्वासन दिनुभएको हो । हुथी व्रिदोहीहरुले साउदी अरब र युएईका मूख्य मूख्य क्षेत्रमा ड्रोन र मिसाइल आक्रमणको गति बढाएपछि ह्वाइटहाउस सहयोगका लागि अघि […]

भारतमा एकैदिन २ लाख ६८ हजार बढीमा कोरोना संक्रमण पुष्टी

काठमाडौं,माघ,२-भारतमा कोरोना संक्रमण अझै पनि तिब्र रूपमा फैलिइरहेको छ । त्यहाँ पछिल्लो २४ घन्टामा २ लाख ६८ हजार ८ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै, पछिल्लो २४ घन्टामा ४ सय जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख ८५ हजार ७ सय ५२ नाघेको छ […]