टोकियो,जेठ,५-साफ यु-१९ च्याम्पियनसिपको फाइनलको उपाधी भारतले जितेको छ।भारतले पेनाल्टी सुटआउटमा बंगलादेशलाई हराउदै उपाधी जितेको हो। फाईनल खेलको पहिलो हाफमा भारतले अग्रता लिएको थियो।खेलको पहिलो मीनेटमै भारतका क्याप्टेन समिले मध्य भागबाट फ्रि किक मार्फत उत्कृष्ट गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। खेलको दोस्रो हाफमा जोएले बंगलादेशका लागि ६१ औं मिनेटमा गोल गर्दै टिमलाई खेलमा फर्काएका थिए। […]
अन्तराष्ट्रिय
साफ यु–१९ फाईनल : पहिलो हाफमा ईण्डियालाई अग्रता
टोकियो,जेठ,५-साफ यु–१९ च्याम्पियनसिपको फाइनलमा अहिले भारत बंगलादेश भभिडिरहेका छन्। फाईनल खेलको पहिलो हाफमा ईण्डियाले अग्रता लिएको छ।खेलको पहिलो मीनेटमै ईण्डियाका क्याप्चेन समिले मध्य भागबाट फ्रि किक मार्फत उतकृष्ट गोल गर्दै टिमलाई अग्रता दिलाएका हुन्। बारम्बार ईण्डियाले दवाब दिए पनि केहि उत्कृष्ट गोल गर्ने अवसर पाए पनि गोल गर्न भने सकेन, यस्तै बंगलादेशले पनि थुप्पै अवसर […]
बुद्ध जयन्तीको अवसरमा जापानको गुन्मामा संयुक्त शान्ति पदयात्रा गरिने
गुन्मा,जापान,बैशाख,२४-बुद्ध जयन्तीको अवसरमा जापानको गुन्मा केनमा ऐतिहासिक संयुक्त शान्ति पदयात्रा गरिने भएको छ। नेपालबाट जापान आइ बसोबास गरिरहेका नेपाली समुदायका विभिन्न संघ-संस्थाहरूको संयुक्त आयोजनामा २८६९ औं बुद्ध जयन्तीको विशेष अवसरमा ऐतिहासिक शान्ति पदयात्रा (र्याली) आयोजना गरिने भएको हो। बुद्धको शान्ति, करुणा र अहिंसाको सन्देशलाई जापानी समाजमा फैलाउने र विशेषगरी “बुद्ध नेपालमा जन्मनु भएको हो” भन्ने […]
नेपाल मगर संघको पहिलो फुटसल टुर्नामेण्टको उपाधी नागोया नेप्लीज एफसीलाई
टोकियो,बैशाख,२२-नेपाल मगर संघ क्षेत्रीय समिती नागोया जापानले आयोजना गरेको पहिलो फुटसल टुर्नामेण्टको उपाधी नागोया नेप्लीज एफसीले जितेको छ। गत शनिवारका दिन नागोया स्थित युबी टोकाई फुटसल क्लबको खेल मैदानमा सम्पन्न भएको टुर्नामेण्टमा नागोया नेप्लीज एफसीले स्टार एफसीलाई हराउदै उपाधी जितेको हो। टुर्नामेण्टमा विजेता टिम नागोया नेप्लीज एफसीले ट्रफि र मेडल सहित ३ लाख ५५ हजार […]
नेपाल मगर संघ क्षेत्रीय समिती नागोयाले पहिलो फुटसल टुर्नामेण्ट गर्ने
टोकियो,चैत्र,२९-नेपाल मगर संघ क्षेत्रीय समिती नागोया जापानले पहिलो फुटसल टुर्नामेण्ट गर्ने भएको छ। यहि आउदो मे महिनाको ३ तारिख शनिवारका दिन नागोया स्थित युबी टोकाई फुटसल क्लबको खेल मैदानमा टुर्नामेण्ट हुने आयोजकले जनाएको छ। पछिल्लो समय जापानमा बसोबास गर्ने नेपालीको जनसंख्या दिन प्रतिदिन बढ्दै गईरहेको हुदाँ प्रवासमा बसेर पनि खेलप्रेमी नेपाली समुदाय र यूवा पंक्ती […]
टोकियोमा धुमधामले मनाइयो ४३ औं राष्ट्रिय मगर एकता दिवस
टोकियो,फागुन,१८-नेपाल मगर संघ जापानले ४३ औं राष्ट्रिय मगर एकता दिवस मनाएको छ। आज आईतवार टोकियो स्थित सिनओकुबोमा रहेको रोयल गार्डेन रेष्टुरेण्टमा एक अनौपचारिक कार्यक्रम गर्दै राष्ट्रिय मगर दिवस कार्यक्रम मनाएको हो। कार्यक्रममा उपस्थित अतिथिहरुले छोटो मन्तव्य राख्दै राष्ट्रिय मगर एकता दिवसको शुभकामना व्यक्त गरेको थिए।आफ्नो शुभकामना मन्तव्य राख्ने क्रममा नेपाल मगर संघ जापानका पूर्व अध्यक्ष […]
जापानमा आत्महत्या गर्ने नेपालीको संङख्या बढ्दै,कारण के होला ?
टोकियो,माघ,२१-नेपाल देखि जापानमा उच्च शिक्षा र रोजगारीको सिलसिलामा आउने नेपालीको संख्या पछिल्लो समय दिनप्रति दिन बढ्दै गएको छ। जापान सरकारको अध्यागमन ब्यूरोले सन् २०२४ को जुन अन्त्यसम्म तथ्याङ्कहरु सार्वजनिक गरेको आधारमा हेर्ने हो भने नेपालीहरु जापानमा छैटौं ठुलो विदेशी समुहको रुपमा रहेका छन्।उक्त तथ्याङ्को आधारलाई मान्ने हो भने २०६,८९८ जना नेपालीहरु जापानमा बसोबास बस्छ्न।तर हाल […]
आजबाट नयाँ वर्ष २०२५ सुरु, जापानमा भव्य स्वागत
टोकियो,पुष,१७-अंग्रेजी नयाँ वर्ष सन् २०२५ आजबाट सुरु भएको छ।आजबाट इस्वी संवतको २०२४ को विदाइ गर्दै सन् २०२५ सालको सुरू भएको हो। जापान सहित विश्वभरका मानिसहरुले एक आपसमा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्षलाई स्वागत गर्दै मनाएका छन्। ग्रेगोरियन पात्रोअनुसार सन् २०२४ को विदाइ र नयाँ वर्ष सन् २०२५ को स्वागतमा विश्वभर विभिन्न सांगितीक कार्यक्रमहरु आयोजना […]
“ब्ल्याक फ्राइडे” भनेको के हो ?
टोकियो,मंसिर,११-जापानका हरेक सुपर मार्केट र कोम्बिनी पसल लगायत अनलाईन एप र साईटहरुमा यो “ब्ल्याक फ्राइडे” को आजकल निकै चर्चा र प्रचार प्रसार भैईरहेको हामीले पसलमा जादाँ देख्न सक्छौं। धेरैलाई वास्तवमा यो “ब्ल्याक फ्राइडे” भनेको के होला किन “ब्ल्याक फ्राईडे” भनेको होला जस्तो मनमा लाग्न सक्छ, त्यसैले आज म “ब्ल्याक फ्राईडे” भनेको के हो त यस […]
विश्वकप लिग-२: नेपालले आज अमेरिकाविरुद्ध खेल्ने
काठमाडौं,कार्तिक,११-आज नेपालले घरेलु टिम अमेरिकाविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्दैछ।आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिदेशीय शृंखलामा नेपालले अमेरिका संग खेल्न लागेको हो। लिगमा नेपाल खराब लयबाट गुज्रिरहेको छ।तालिकाको आठ टिममध्ये सातौँ स्थानमा छ।नेपालले लिगमा आठ खेल खेल्दा एक खेलमा मात्र जित निकाल्दै तीन अंक जोडेको छ। घरेलु टिम अमेरिका भने तालिकाको दोस्रो स्थानमा छ। अमेरिकाले नौ […]