भारतको उत्तरप्रदेशमा स्थानीय निकायको निवार्चन आज हुँदै

बाँके,फागुन १६-भारतको उत्तरप्रदेशमा राज्यमा जारी बिधानसभा निर्वाचनलाई लक्षित गरी शनिबार देखि बाँकेको नेपाल भारत सीमाना बन्द गरिएको छ । बाँकेसँग सीमा जोडिएका भारतीय बहराईच श्रावास्ता जिल्लामा आज विधानसभाको निर्वाचन हुने भएका कारण ४८ घण्टा अगाडी देखि सीमाना बन्द भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरिक्षक टेकप्रसाद राईले बताउनुभयो । एसपी राईका अनुसार सीमावर्ती जिल्लामा विधानसभाको […]

डोनाल्ड ट्रम्प मिडियाप्रति आक्रमक, ह्वाइट हाउसबाट निकालिए पत्रकार

एजेन्सी, फागुन १४- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगातार सञ्चारमाध्यममाथि प्रहार गर्ने क्रम छाडेका छैनन् ।मेरिल्याण्डमा कन्जरभेटिभ पोलिटिकल एक्सन कंग्रेसमा दिएको भाषणको सुरुमै उनले १३ मिनेटसम्म मीडियाको आलोचना गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अपुष्ट सूत्रको नाममा समाचार दिने गरेको भन्दै मीडियाको आलोचना गरेका हुन् । त्यसलगत्तै सञ्चारमाध्यम र ट्रम्पबीच मीडियाको सम्बन्धमा नयाँ टकराव देखिएको छ […]

पाकिस्तानमा प्रतिआतंकवाद कारवाहीमा एकसय विद्रोही मारिए

एजेन्सी, फागुन ७ –पाकिस्तानले अतिवादी समूहमा आवद्ध एक सयभन्दा बढीलाई कार्वाहीका क्रममा मारिएको गरेको दावी गरेको छ ।सशस्त्र गतिविधिमा संलग्नविरुद्धको अभियानमा एक सय भन्दा धेरै व्यक्ति मारिएको दावी पाकिस्तानी अधिकारीहरुले गरेका हुन् । सिन्ध प्रान्तमा रहेको सुफी सन्त लाल शाहबाज कलन्दरको दरगाह अर्थात पवित्र धार्मिकस्थलमा आक्रमण गरी दर्जनौं व्यक्तिको हत्या गरेपछि कारवाहीमा उत्रिएका सुरक्षाकर्मीले उनीहरुलाई […]

अमेरिका हिँडेका तीन सय भन्दा बढी नेपाली मेक्सिकोमै रोकिए

एजेन्सी ,फागुन ५ –अमेरिका प्रवेशको आशमा हवाई, स्थल र जलमार्ग हुँदै महिनौ लगाएर मेक्सिको पुगेका तीनसय भन्दा बढी नेपाली अमेरिकी र मेक्सिकोको सीमामा अड्किएका छन् । अमेरिकास्थित नेपाली दूतावासलाई प्राप्त जानकारी अनुसार मानव तस्करहरुको पछि लाग‍ेर उनीहरु २३ महिनासम्म समय लगाएर त्यहाँ आइपुगेका हुन् । सामान्य पढेलेखेकादेखि स्नातकोत्तर गरेकासम्मले अमेरिका आउन त्यस्तो बाटो रोजेका हुन् […]

ट्रम्पद्धारा इजरायल र प्यालेष्टायनबीच दुई राष्ट्रको नीति परित्यागको घोषणा

एजेन्सी, फागुन ५- अमेरिकाले इजरायल र प्यालेष्टायनबीच वर्षौदेखि चल्दै आएको संघर्ष अन्त्यका लागि लिँदै आएको दुई राष्ट्रको नीति परित्याग गरेको घोषणा गरेको छ ।ह्वाइट हाउसमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँगको भेटपछि संयुक्त पत्रकार सम्मेलनमा राष्ट्रपति डोनल्ड ट्रम्पले दुई राष्ट्र नीति परित्याग गरेको बताउनु भएको छ । आफूले दुई राष्ट्रको साटो एक राष्ट्रका रुपमा देखिरहेको भन्दै उनले […]

पाकिस्तानमा तालिवानले गरायो आत्मघाती विस्फोट, १३ जनाको मृत्यु

एजेन्सी, फागुन ३ -पाकिस्तानको लाहोरमा तालिवानले गराएको आत्मघाती विस्फोटमा  परि १३ जनाको ज्यान गएको छ । ज्यान जानेमा ट्राफिक प्रहरीका डीआईजी, एसएसपीसमेत रहनु भएको छ । लाहौरमा स्वास्थ्यकर्मीले आयोजना गरेको प्रदर्शनका बीचमा मोटरसाइकलमा रहेका आत्मघाती आक्रमणकारीले विस्फोट गराएको पाकिस्तानी अधिकारीहरुले जनाएका छन् ।औषधि बिक्रीका लागि नयाँ कानुनको माग गर्दै विरोध प्रदर्शन गरिएको बुझिएको छ । […]

उत्तर कोरियाले फेरि गर्‍यो मिसाइल परीक्षण, विश्वको आग्रह अस्वीकार

एजेन्सी, फागुन १ –उत्तर कोरियाले मिसाइल परीक्षण गरेको छ ।दक्षिण कोरियालगायत विश्व समुदायले विरोध गर्दागर्दै पनि उत्तर कोरियाले मिसाइल परीक्षण गरेको दक्षिण कोरियाली समाचार संस्था योनह्यापले जनाएको छ ।यद्यपि, सो मिसाइल कति क्षमतासम्म मार हान्न सक्ने हो भन्ने खुलाइएको छैन । उत्तर कोरियाका राष्ट्रपति किङ जोन उनले गत जनवरीमा आफनो राष्ट्रले लामो दूरीको क्षेप्यास्त्र प्रहार […]

फुटबल रंगशालामा भागदौड मच्चिदा, १७ जनाको मृत्यु

एजेन्सी, माघ २९ – अंगोलामा एक फुटबल रंगशालामा भाग दौड मच्चिंदा १७ जनाको मृत्यु भएको छ ।उत्तरी शहर उईगेमा रहेको रंगशालामा भएको उक्त दुर्घटनामा दर्जनौं व्यक्ति घाइते भएका छन् ।रंगशालामा प्रवेश नपाएका दर्शकले ढोका तोडेर प्रवेश गर्न खोज्दा घटना भएको थियो । भागदौडमा केही व्यक्ति पछारिएको र त्यहीमाथि अरु मानिसले कुल्चिँदा उनीहरुको मृत्यु भएको प्रहरीले […]

अमेरिकी संसदमा डिभी चिठ्ठा कार्यक्रम बन्द गर्ने विधेयक पेश

एजेन्सी,माघ २८-अमेरिकी संसदमा डिभी चिठ्ठा कार्यक्रम बन्द गर्ने विधेयक पेश भएको छ । यो विधेयक पास भएमा नेपालीहरु पनि प्रभावित हुनेछन् । यद्यपि यो ट्रम्प सरकारले नभई रिपब्लिकन सिनेटरले विधेयक प्रस्ताव गरेका हुन् । टोम कटन र डेभिड पर्डिउले प्रस्ताव गरेको विधेयकमा डिभी चिठ्ठा बन्द गर्नुका साथै फेमेली कोटामा भारी कटौती गर्ने उल्लेख छ । […]

अमेरिकामा ग्रीन कार्ड वितरणमा कडाइ गर्न प्रस्ताव पेश, लाखौंले अमेरिका छोड्नुपर्ने

एजेन्सी, माघ २७- अमेरिकामा ग्रीन कार्ड वितरण प्रक्रिया कडा तुल्याउन ट्रम्प प्रशासनले आवश्यक तयारी थालेको छ ।राष्ट्रपति डोलान्ड ट्रम्पले अमेरिकामा आप्रवासीहरुको आगमन रोक्न विशेष पहल गर्ने यसअघि नै बताइसक्नु भएको थियो । हालै दुई सिनेटरले ग्रीन कार्ड वितरणमा कडाइ गर्नेसम्बन्धी प्रस्ताव संसदमा पेश गरेका छन् । सत्तारुढ दलका सिनेटर टोम कट्टोन र डेमोक्रेटिक पार्टीका सिनेटर […]