कतारमा नेपालीलाई कुनै समस्या छैन

काठमाडौं,जेठ,२४- कतारमा गहिरिएको संकटबाट त्यहाँ रहेका नेपालीको रोजगारीमा तत्काल कुनै असर नगर्ने सरकारी अधिकारीहरूले बताएका छन् । कतारसँग सातवटा छिमेकी मुलुकले तत्कालका लागि कूटनीतिक सम्बन्धविच्छेद गरेपछि त्यहा“ कार्यरत नेपाली र आगामी दिनमा कतारमा रोजगारीको अवसर के होला भन्ने जिज्ञासा बढेको छ । श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता तथा सहसचिव गोविन्दमणि भुर्तेलका अनुसार कतारमा रोजगारीको अवसर […]

६ राष्ट्रले तोडे कतारसँग सम्बन्ध

काठमाडौ,जेठ, २३- मुस्लिम बहुल ६ वटा देशले सोमबार कतारसँगको कूटनीतिक सम्बन्ध तोडेका छन् । आतंकवादलाई सघाएको र अरब क्षेत्रको शान्ति तथा अमनचैनमा समस्या ल्याएको आरोप लगाउँदै साउदी अरेबिया, बहराइन, संयुक्त अरब इमिरेट्स, यमन, लिबिया र इजिप्टले कतारसँगको आफ्ना सबै कूटनीतिक सम्बन्ध अन्त्य भएको घोषणा गरेका हुन् । उनीहरूले अलकायदा समूहसँग मिलेर कतारले आतंक मच्चाउन खोजेको […]

जापानको क्युशु क्षेत्रमा (NRNA)को अध्यक्षका लागि दुई जनाको दावेदार

 मिलन मगर, जापान,जेठ,२३- गैर आवसीय नेपाली संघ (NRNA)क्युशु क्षेत्र जापानको आगामी दुइ बर्षको कार्यकालको लागि हुन गईरहेको निर्वाचनको मिति नजिकिदै गर्दा अहिले फुकुओकामा क्युशु क्षेत्रीय पदाधिकारीहरु तिब्र रुपमा सक्रिय भएर लागेका छन् । जसमा संयोजकको प्रतिस्प्रधी लक्ष्मण बानिया र देवराज उप्रेती भिड्दैछन् । जापानको क्युसुमा मात्र ६ हजार नेपालीहरु रहेका छन् । यसैविच हामीले अध्यक्षको दावेदार गर्नु […]

जलवायुसम्बन्धी पेरिस सम्झौताबाट बाहिरिने अमेरिकाको चेतावनी

वासिंटन, जेठ १९- जलवायुसम्बन्धी पेरिस सम्झौतामा आनाकानी गर्दै आएको अमेरिकाले यस सम्झौताबाट बाहिरिने चेतावनी दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पेरिस सम्झौता अमेरिकी हित विपरीत रहेको भन्दै बाहिरिने धम्की दिएका हुन् । आफू अमेरिकी नागरिकको रोजगारी र अमेरिकाको औद्योगिक हितको पक्षमा रहेको भन्दै ट्रम्पले यसबाट बाहिरिने स्पष्ट पारेका हुन् । राष्ट्रपति ट्रम्पले चुनावी प्रचारकै […]

उत्तर कोरियाद्वारा फेरि मिसाइल परीक्षण

 एजेन्सी,जेठ १५- उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ । उत्तर कोरियाले छोटो दूरीमा मार हान्न सक्ने ब्यालेस्टिक मिसाइल परीक्षण गरेको हो । पछिल्ला केही हप्तामा उत्तर कोरियाले गरेको यो तेस्रो मिसाइल परीक्षण हो । यसअघिका दुईवटा परीक्षण असफल भएकोमा यो छोटो दूरीको मिसाइल भने सफल भएको हो । उत्तर कोरियाले प्रहार गरेको मिसाइल ४ […]

सिरियामा अमेरिकी आक्रमणः ८० जनाको मृत्यु

एजेन्सी,जेठ,१३- सिरियामा अमेरिकाले गरेको हवाई आक्रमणमा परी बालबालिकासहित ८० जनाको मृत्यु भएको छ । चरमपन्थी संगठन इस्लामिक स्टेट (आइएस)को नियन्त्रणमा रहेको शहर मायादीनमा गरिएको भनिएको आक्रमणमा ८० जनाको मृत्यु भएको हो । कारबाहीमा मारिने बालबालिकाहरु पनि रहेका स्थानीय अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । अमेरिकी सेनाले पनि यस क्षेत्रमा हवाई आक्रमण गरेको पुष्टि गरेको […]

उत्तर कोरियाले फेरि गर्‍यो ब्यालेस्टिक मिसाइल परीक्षण

वैशाख ३१ – उत्तर कोरियाले फेरि ब्यालेस्टिक मिसाइल परीक्षण गरेको दक्षिण कोरियाले जनाएको छ । उत्तर कोरियाले राजधानी प्योङयाङको उत्तर–पश्चिमी क्षेत्र कुसोङबाट ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको दक्षिण कोरियाको सेनाले बताएको छ । मिसाइल सात सय किलोमिटर परसम्म पुगेको थियो । संयुक्त राष्ट्र संघको प्रतिबन्धका बाबजुद उत्तर कोरियाले पाँच पटक परमाणु परीक्षण गरिसकेको छ । लामो […]

इराकमा कार बम विस्फोट, २३ जनाको मृत्यु

बग्दाद, चैत ८ – इराकमा गराइएको कार बम बिस्फोटमा २३ जना मारिएका छन् । राजधानी बग्दादमा शिया समुदायको बाहुल्यता रहेको बजारमा गराइएको बिस्फोटमा अन्य दर्जनौं घाइते भएका छन् । इराकको मोसुल शहर अतिवादी समूह आईएसबाट कब्जा मुक्त गर्न इराकी सेना सक्रिय रहेकै बेला आतंकवादी आक्रमण तीब्र हुन थालेको छ । घटनाको जिम्मेवारी कसैले लिएको छैन […]

सीआईएले साइबर हतियार प्रयोग गरी ह्याकिङ गरिरहेको छ : विकीलीक्स

काठमाडौं, फागुन २५ – विकीलीक्सले अमेरिकाको केन्द्रीय जाँच ब्यूरो सीआईएले साइबर हतियार प्रयोग गरी ह्याकिङ गरिरहेको खुलासा गरेको छ ।साइबर हतियारका कारण बिन्डोज, एन्ड्रोयड, आइओएस, ओएसएक्स र लाइनक्स कम्प्यूटर एवं इन्टरनेट राउटरसमेतलाई निशाना बनाउँदै आएको दावी विकीलीक्सको छ । साथै बेलायतको एमआई ५ ले सामसुङ टीभीमा आक्रमण गर्न साइबर हतियार तयार गर्न सहयोग गरेको दावी […]

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बर्खास्त गर्न अभियान सुरु

एजेन्सी,फागुन,१७ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पद सम्हालेको एक महिनामात्र भएको अवस्थामा उनलाई पदबाट हटाउन अभियान सुरु गरिएको छ । राष्ट्रपति ट्रम्पका केही योजना र उनले दिदैं आएका विवादास्पद अभिव्यक्तिका कारण वैश्विक स्तरमा पनि उनीविरुद्ध संसदमा महाभियोग प्रस्ताव आउन सक्ने र छोटो समयमै बर्खास्त हुन सक्ने अनुमान गरिएकै समयमा क्यालिफोर्नियाको रिचमण्ड सिटी काउन्सिलले सर्वसम्मतिबाट ट्रम्पविरुद्ध […]