अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णय अन्तर्राष्ट्रिय स्तरमै आलोचित

एजेन्सी,माघ १७ -शरणार्थी र सात मुस्लिम देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयको अन्तर्राष्ट्रिय रुपमा चर्को आलोचना भएको छ ।अन्तर्राष्ट्रिय जनमतमात्र नभई स्वयं अमेरिकी एक अदालतलेसमेत ट्रम्पको निर्णयविरुद्ध अन्तरिम आदेश दिइसकेको छ । अमेरिकाकै १६ राज्यका महान्यायाधिवक्ताले ट्रम्पको आदेश असंवैधानिक रहेको जिकीर गरेका छन् भने थुप्रै संघीय न्यायालयले ट्रम्पको निर्णय कार्यान्वयन नगराउन […]

अमेरिकामा ट्रम्पको आदेशलगत्तै विमानस्थलबाटै शरणार्थी पक्राउ

एजेन्सी, माघ १६- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थीलाई कडाई गर्न आदेश दिएलगत्तै अमेरिकी विमानस्थलबाटै शरणार्थी पक्राउ गरिएको छ ।न्यूयोर्कमा हिरासतमा लिइएका शरणार्थीलाई रिहाई गर्न केही मानवअधिकारवादी संगठनहरुले कानूनी बाटो अख्तियार गरेका छन् । ट्रम्पको आदेशलगत्तै जोन एफ केनेडी विमानस्थलबाट दुई इराकी शरणार्थीलाई हिरासतमा लिइएको हो ।जसमध्ये एक जना अमेरिकी सेनाका लागि अनुवादकको काम गर्दथे । […]

पपुवा न्यू गिनीमा शक्तिशाली भूकम्प

पपुवा न्यू गिनी, माघ ८ – पपुवा न्यू गिनीमा आइतबार शक्तिशाली भूकम्प गएको छ । बोगेनभिले द्वीपमा ७।९ म्याग्निच्यूडको भूकम्प गएको हो ।भूकम्पबाट भएको धनजनको क्षतिबारे विवरण आइसकेको छैन । भूकम्पको केन्द्र अरावाबाट ४७ किलोमिटर पश्चिमतर्फ सतहबाट एक सय ५४ किलोमिटर गहिराइमा रहेको बताइएको छ ।प्रशान्त सुनामी चेतावनी केन्द्रले केही तटीय क्षेत्र र नजिकैको सोलोमन […]

अमेरिकी गुप्तचर निकायका प्रमुखले डोनाल्ड ट्रम्पलाई दिए चेतावनी

वासिंटन, माघ ३ – अमेरिकी गुप्तचर निकाय ‘सीआइए’का प्रमुख जोन ब्रेननले राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पलाई आफ्नो बोलीमा नियन्त्रण गर्न चेतावनी दिएका छन् ।सिआइएका प्रमुख ब्रेननले राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि ट्रम्पले बोलेका विषयले निकै महत्व राख्ने भन्दै हल्फाफुल्का टिप्पणीलाई नियन्त्रण गर्न चेतावनी दिएका हुन् । फक्स न्युजसँगको अन्तर्वाताका क्रममा ब्रेननले अमेरिकी राष्ट्रपतिले ट्वीटरमार्फत अन्तर्राष्ट्रिय समुदायसँगको सम्बन्धको घोषणा […]

चीनद्वारा आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न आग्रह

काठमाडौं, पुस ९- चीनले आफ्ना नागरिकहरुलाई तत्काल नेपाल भ्रमण नगर्न आग्रह गरेको छ । चीन सरकारले ट्राभल अपरेटरहरु मार्फत आन्तरिक रुपमा सर्कुलर जारी गर्दै यस्तो आग्रह गरेको हो ।चीनको चेन्दु सहरबाट सञ्चालनमा रहेको पर्यटनसम्बन्धी प्रमुख एजेन्सी चाइना इन्टरनेसनल ट्राभल सर्भिस ९सीआईटीएस० ले चिनियाँ सरकारी निकायले त्यस्तो सन्देश दिएको भन्दै नेपालमा रहेका आफ्ना समकक्षी अपरेटरहरुलाई त्यस्तो […]

इजरायली वस्ती भत्काउन संयुक्त राष्ट्र संघको आदेश

काठमाडौं, पुस ९ – संयुक्त राष्ट्र संघले इजरायल र प्यालेष्टायन सीमामा अवैध रुपमा निर्माण गरिएका इजरायली वस्ती भत्काउन आदेश दिएको छ ।राष्ट्रसंघ सुरक्षा परिषदको बैठकले अवैध रुपमा बनाइएका इजरायली वस्ती हटाउने प्रस्ताव पारित गरेको हो ।परम्परागत रुपमा सधै इजरायलको पक्षमा उभिने अमेरिकाले भने यस पटक यस प्रस्तावप्रति भीटो प्रयोग नगरेको मात्र होइन मतदानमै भाग लिएन […]

महासचिव मुन दक्षिण कोरियाको राष्ट्रपतिमा उठ्ने

अमेरिका, पुस ३-संयुक्त राष्ट्रसङ्घबाट बिदा हुन केही दिन बाँकी रहँदा महासचिव बान कि मुनले राष्ट्रसङ्घ प्रमुखका रुपमा ‘अन्तिम पत्रकार सम्मेलन’ गर्दै दक्षिण कोरियामा राजनीतिक समस्या पैदा भएको र यस अवस्थामा आफूले दक्षिण कोरियाको राष्ट्रपतिका रुपमा प्रतिस्पर्धा गर्न सक्ने सम्भावना व्यक्त गर्नु भएको छ । कोरियाली राजनीतिमा बानको पुनः संलग्नताको सम्भावनालाई बताउँदै उनले भने, ‘मैले अझै […]

अचानक दुई देशका प्रधानमन्त्रीले दिए राजिनामा,

काठमाडौं, मंसिर २०- इटालीमा जनमत संग्रहबाट संवैधानिक सुधारको प्रस्ताव अस्वीकृत भएपछि प्रधानमन्त्री माटियो रेन्जीले राजिनामा दिनुभएको छ ।पत्रकार सम्मेलन मार्फत रेन्जीले जनमत संग्रहको परिणामको जिम्मेवारी लिंदै राजिनामा दिनुभएको हो ।सांढे दुई वर्ष पदमा रहेका रेन्जीको संवैधानिक सुधारअन्तर्गत माथिल्लो सदनको अधिकार कटौति गर्दै सांसद संख्या ३ सय १५ बाट घटाएर सय पु¥याइने थियो ।यसबाट मुलुकमा कानुन […]