पाकिस्तान विश्वकपको फाइनलमा

काठमाडौ,कार्तिक,२३-पाकिस्तान अष्ट्रेलियामा जारी आईसीसी पुरुष टी-ट्वान्टी विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । सिड्नीमा आज भएको पहिलो सेमिफाइनलमा न्युजिल्याण्डलाई ७ विकेटले हराउँदै पाकिस्तान उपाधि नजिक पुगेको हो । सन् २००९ को च्याम्पियन पाकिस्तान १३ वर्षपछि र समग्रमा तेस्रो पटक टी-२० विश्वकपको फाइनल पुगेको हो । सन् २००७ मा भएको पहिलो संस्करण फाइनलमा भने पाकिस्तान भारतसँग […]

विश्वकपको तयारीबीच १० हजार कर्मचारी भर्ना गर्दै कतार एयरवेज

कतार,असोज,२८-कतार एयरवेजले आफ्नो कार्यबलमा १० हजार कर्मचारी थप्दैछ।कतारले फिफा विश्वकपको तयारी भइरहँदा फुटबलको महाकुम्भ हेर्न विश्वभरबाट हुने यात्राको माग धान्न अनि कोरोना भाइरसको महामारी मत्थर हुँदै गएसँगै सीमा आरपार यात्रा बढेको समयमा कम्पनीले आफ्नो कार्यबल १० हजारले बढाउन लागेको हो । कम्पनीको कर्मचारी भर्तीको योजनाले हाल झन्डै ४५ हजार रहेको कम्पनीको कर्मचारी संख्या बढेर ५५ […]

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार बर्नाङ्की, डायमन्ड र डिबबिगलाई

काठमाडौं,असोज,२५-यस वर्षको अर्थशास्त्रतर्फको नोबल पुरस्कार तीन जना अमेरिकी अर्थशास्त्रीहरुलाई दिइएको छ ।  सोमवार नोबेल पुरस्कार प्रदायक संस्था रोयल स्वीडिश एकेडेमी अफ साइन्सेज (आरएसएओएस) ले अमेरिकाको बु्रकिङ इन्ष्टिच्यूटका बेन एस. बर्नाङ्की, सिकागो विश्वविद्यालयका डगलास डब्ल्यू डायमन्ड र वाशिङट्न विश्वविद्यालयका फिलिप एच डिबबिगलाई सो पुरस्कार दिएको हो ।  बैंक तथा वित्तीय संकटबारे गरेको अनुसन्धानको लागि उनीहरुलाई सो […]

जापनीज येन २४ वर्षयताकै सस्तो

टोकियो,जापान,२४-जापनिज येन २४ वर्षयताकै सस्तो भएको छ। एक डलरको लागि एक सय ४५ जापनिज येन तिनुपर्ने भएको छ। बैंक अफ जापानले येन थप कमजोर भएमा पनि सहन तयार रहेको धारणा सार्वजनिक गरेसँगै येनमा गिरावट आएको हो। यही कारण नेपाली मुद्राको तुलनामा येन कमजोर बनिरहेको छ। १० जापनी येन बराबर ९ रुपैयाँ ०८ पैसा तोकिएको छ।त्यस्तै, एक […]

दशैं मनाउन १७ लाखले छाडे काठमाडौं, अझै २ लाख सर्वसाधारण घर फर्कन बाँकी

काठमाडौं,असोज,१७- काठमाडौं उपत्यकाबाट यस वर्ष गत वर्षभन्दा झन्डै दोब्बर यात्रु बाहिरिएका छन् । यो महीनाको शुरुदेखि फूलपातीसम्म झन्डै १७ लाख उपत्यकावासी दशैं मनाउन आ–आफ्नो घर गएका हुन् ।            विगत दुई वर्ष कोभिडका कारण दशैं मनाउन काठमाडौं उपत्यका बाहिर जानेको सङ्ख्या कम हुने गरेकामा यो वर्ष ह्वात्तै बढेको हो । उपत्यकाबाट […]

४ महीनामा ७ अर्बको विद्युत् भारत निर्यात, थप २०० मेगावाट बेच्न प्रस्ताव

काठमाडौं,असोज,४-नेपाल विद्युत् प्राधिकरणले पछिल्लो चार महीनामा ७ अर्ब रुपैयाँभन्दा बढीको विद्युत भारतीय बजारमा निर्यात गरेको छ । चालू आर्थिक वर्षको दोस्रो महीनामा मात्र २ अर्ब  ४२ करोड रुपैयाँको निर्यात भएको छ । देशभित्र खपत गरी अतिरिक्त भएको २४ करोड ६५ लाख २९ हजार युनिट विद्युत् भदौमा निर्यात गरी २ अर्ब ४१ करोड ६७ लाख ८२ […]

महानगरको अल्टिमेटमपछि काठमाडौं फनपार्कले बुझायो १७ लाख ३६ हजार मनोरञ्जन कर

काठमाडौं,भाद्र,१६-काठमाडौं फन पार्कले महानगरपालिकालाई कर बुझाएको छ।पार्कले काठमाडौं महानगरपालिकालाई मनोरञ्जन करबापत १७ लाख ३६ हजार रुपैयाँ बुझाएको हो।  महानगरपालिकाका राजस्व विभाग प्रमुख शिवराज अधिकारीले फनपार्कले एकतर्फी रूपमा मूल्यांकन गरेर कर बुझाएको बताउनुभयो। उहाँले भन्नुभयो,‘ फनपार्कले सेल्फ डिक्लेरसन गरेर १७ लाख ३६ हजार रुपैयाँ मनोरञ्जन कर बुझाएको छ । यसलाई भेरिफाइ गर्न बाँकी नै छ । फरक देखियो […]

युक्रेनबाट छुट्यो २६ सय टन मकै बोकेको जहाज, घट्ला विश्वको खाद्यान्न महँगी ?

ओडेसा (युक्रेन)साउन,१६-रुससँग युक्रेनको ऐतिहासिक सम्झौता अनुरूप युक्रेनको ओडेसामा रहेको एउटा बन्दरगाहबाट अन्न बोकेको एउटा जहाज छुटेको छ।टर्की र युक्रेनका अधिकारीहरूले बताएअनुसार स्थानीय समयअनुसार सोमवार बिहानै ओडेसको दक्षिणी बन्दरगाहबाट सेर्रा लियोनको झन्डा बोकेको सो जहाज लेबनानतर्फ हिँडेको हो । युक्रेनमाथि रुसले फेब्रुअरीको अन्त्यमा आक्रमण गरेयता रुसले युक्रेनी बन्दरगाहबाट अन्न निर्यात रोक्दै आएको थियो।यसको प्रभावले विश्वभर गहुँ, […]

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,साउन,२-स्थानीय बजारमा सोमवार सुनको मूल्य ४०० रुपैयाँले बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन अर्थात् आइतवार सुनको मूल्य ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, यो दिन चाँदीको मूल्य भने बढेको छ।यो दिन चाँदी प्रतितोला ५ रुपैयाँले बढेर १ […]

नेपालमा युगान्डाबाट पनि भित्रिन्छ आँप

काठमाडौं,आषाढ,२५-अफ्रिकी मुलुक युगान्डाबाट पनि नेपालमा आँप भित्रिने गरेको छ ।चालू आर्थिक वर्षको ११ महीना (२०७८ साउन-२०७९ जेठसम्म) मा नेपालले १ लाख ३८ हजार रूपैयाँ बराबरको आँप आयात गरेको छ । उक्त अवधिमा युगान्डाबाट २४० किलोग्राम आँप भित्रिएको विभागको तथ्यांक छ । युगान्डासँगै नेपालमा अन्य देशहरूबाट पनि आँप आयात हुने गरेको छ ।  कुन देशबाट कति आयात […]