काठमाडौं,मंसिर,६-कतार विश्वकप फुटबलमा सोमवार राती भएको खेलमा इंग्ल्यान्ड र नेदरल्याड्सले विजयी सुरुवात गरेको छ। भने अमेरिका र वेल्सले बराबर खेल्दै अंक बाढेका छन् । इंग्ल्यान्ड भर्सेस ईरान खालिफा इन्टरनेसनल स्टेडियममा सोमबार इरानमाथि ६-२ गोलको सानदार जित निकाल्दै इंग्ल्यान्डले सुखद सुरुआत गरेको हो ।इंग्ल्यान्डको जितमा बुकायो साकाले दुई गोल गरे । जुड वेलिङघम, रहिम स्ट्रर्लिङ, मार्कस राषफोर्ड र […]
खेल
कतार विश्वकप आजबाट सुरु हुँदै
काठमाडौं,मंसिर,४-विश्व फुटबलको कुम्भमेला फिफा विश्वकप फुटबल आज आइतबारबाट कतारमा सुरु हुँदैछ । विभिन्न विवाद र आलोचनाबीच कतार विश्वकप सुरु हुँदैछ । ६० हजार दर्शक क्षमताको अल बायत स्टेडियममा कतार विश्वकपको भव्य उद्घाटन हुनेछ । कतार विश्वकपको उद्घाटन खेलमा आयोजक कतार र इक्वेडरबीच प्रतिस्पर्धा हुनेछ । उद्घाटन खेल नेपाली समय अनुसार राति ९:४५ बजे सुरु हुनेछ […]
मैत्रीपूर्ण खेलमा आज नेपाल र पाकिस्तान भिड्ने
काठमाडौं,कार्तिक,३०-आज नेपाल र पाकिस्तान भिड्ने भएको छ।नेपाली राष्ट्रिय फुटबल टिमले पाकिस्तानविरुद्ध मैत्रीपूर्ण खेल खेल्न लागेको हो । नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पाहुना टोली पाकिस्तानको सामना गर्नेछ।नेपाल र पाकिस्तानको खेल साँझ ५:३० बजे सुरु हुनेछ। पाकिस्तान फिफाको निलम्बनबाट फुकुवापछि पहिलो अन्तराष्ट्रिय खेल खेल्नका लागि नेपाल आएको हो।पाकिस्तानले नेपालसँग दुई खेलको मैत्रीपूर्णका लागि प्रस्ताव गरेको थियो ।तर, […]
एपीएफलाई प्रधानमन्त्री कपको उपाधि, त्रिभुवन पराजीत
काठमाडौं,कार्तिक,२६-विभागीय टोली एपीएफ क्लबले दोस्रो पटक प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले हराउँदै एपीएफले उपाधि जितेको हो । उपाधिसँगै एपीएफले नगद १० लाख पुरस्कार प्राप्त गरेको छ । उपविजेता बनेको आर्मीले ५ लाखमा पुरस्कार प्राप्त गरेको […]
नेपाललाई यू-१५ महिला च्याम्पियनसिप फुटबलको उपाधि
काठमाडौं,कात्तिक,२५-नेपाल साफ यू-१५ महिला च्याम्पियनसिप भएको छ।नेपालले बंगलादेशमा आयोजना भएको साफ यू-१५ महिला च्याम्पियनसिप फुटबलको उपाधि जितेको हो । बंगलादेशको ढाकामा आज शुक्रबार डबल राउण्ड रोबिन लिगको अन्तिम खेलमा बंगलादेशसँग १-१ गोलको बराबरी खेल्दै नेपाल च्याम्पियन बनेको हो । रोमान्चक खेलमा सुरुआती अग्रता भने नेपालले बनाएको थियो ।खेलको १४ औं मिनेटमा सुशिला केसीले गोल गर्दै नेपाललाई अग्रता […]
विश्वकपका लागि पोर्चुगलको टिम घोषणा
काठमाडौं,कात्तिक,२५-विश्वकपका लागि पोर्चुगलले टिम घोषणा गरेको छ ।कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि पोर्चुगलले टिम घोषणा गरेको हो। पोर्चुगलले बिहीबार विश्वकपका लागि २६ सदस्यीय टोलीको घोषणा गरेको छ।पोर्चुगलले घोषणा गरेको टोलीको कप्तान क्रिस्टियानो रोनाल्डो रहेका छन् । रोनाल्डो पाँचौं पटक विश्वकप खेल्दैछन् ।यस्तै पेपे, ब्रुनो फर्नान्डेस, जोआ फेलिक्स, रुबेन डियास, आन्द्रे सिल्भा लगायतका अनुभवी […]
भारतलाई १० विकेटले हराउँदै इंग्ल्याण्ड फाइनलमा
एजेन्सी,कार्तीक,२४-इंग्ल्याण्ड टी-ट्वान्टी पुरुष विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बिहीबार अष्ट्रेलियाको एडिलेट ओभलमा भएको खेलमा भारतलाई १० विकेटले हराउँदै इंग्ल्याण्ड फाइनलमा पुगेको हो । भारतले दिएको १ सय ६९ रनको लक्ष्य इंग्ल्याण्डले १६ ओभरमा बिना विकेट लक्ष्य पूरा गर्यो । इंग्ल्याण्डको जितमा ओपनरद्वय जोस बट्लर र एलेक्स हालेसले कीर्तिमानी साझेदारी गरे । अर्धशतकीय इनिङ […]
कतार विश्वकपका लागि जापानको टोली घोषणा
टोकियो,जापान,१७-कतार विश्वकपका लागी जापानले टोली घोषणा गरेको छ ।यहि नोभेम्बर २० देखि कतारमा सुरु हुने फिफा विश्वकप कतार २०२२ का लागी एसियाली राष्ट्र जापानले बुधबार आफ्नो टोली घोषणा गरेको हो । विश्वकपका लागी मुख्य प्रशिक्षक हाजिमे मोरियासुले २६ सदस्यीय टोली घोषणा गरेका हुन् । टोलीमा आर्सनलका ताकेहिरो तोमियसु र ब्राइटनका काओरु मितोमाले स्थान बनाउन सफल हुँदा सेल्टिकबाट खेल्ने […]
बंगलादेशमा जारी यू-१५ महिला साफमा नेपाल र भुटान आज भिड्ने
नेपाल,कार्तिक,१७-बंगलादेशमा जारी यू-१५ महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज (बिहीवार) भुटानसँग भिड्दैछ । ढाकामा नेपालले पहिलो खेलको रुपमा भुटानसँग खेल्न लागेको हो ।नेपाल र भुटानबीचको खेल दिउँसो ४:१५ बजे शुरू हुनेछ । मंगलबार भएको उद्घाटन खेलमा भुटानलाई बंगलादेशले ८-० गोल अन्तरले हराएको थियो । च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल र भुटानको सहभागिता रहेको छ । यस्तै […]
आजको राशिफल ।। कार्तिक १४ गते सोमवार
काठमाडौं,कार्तिक,१४-आज विक्रम संवत २०७९ साल कार्तिक महिनाको १४ गते सोमवार, (अक्टोवर ३१ तारिख) कार्तिक शुक्ल सप्तमी तिथी ।आज विश्व शहरिकरण दिवस पनि रहेको छ । आज कार्तिक १४ गते सोमवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन ठीक समयमा मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । पराक्रम बढ्नुका साथै धन लाभका योग पनि देखिन्छन् […]


