नेपाल,कार्तिक,१७-बंगलादेशमा जारी यू-१५ महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज (बिहीवार) भुटानसँग भिड्दैछ । ढाकामा नेपालले पहिलो खेलको रुपमा भुटानसँग खेल्न लागेको हो ।नेपाल र भुटानबीचको खेल दिउँसो ४:१५ बजे शुरू हुनेछ । मंगलबार भएको उद्घाटन खेलमा भुटानलाई बंगलादेशले ८-० गोल अन्तरले हराएको थियो । च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल र भुटानको सहभागिता रहेको छ । यस्तै […]
खेल
आजको राशिफल ।। कार्तिक १४ गते सोमवार
काठमाडौं,कार्तिक,१४-आज विक्रम संवत २०७९ साल कार्तिक महिनाको १४ गते सोमवार, (अक्टोवर ३१ तारिख) कार्तिक शुक्ल सप्तमी तिथी ।आज विश्व शहरिकरण दिवस पनि रहेको छ । आज कार्तिक १४ गते सोमवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन ठीक समयमा मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । पराक्रम बढ्नुका साथै धन लाभका योग पनि देखिन्छन् […]
नवौँ राष्ट्रिय खेलकुदको आज समापन हुँदै
पोखरा,कार्तीक,३-नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आज समापन हुँदैछ।गण्डकी प्रदेशका विभिन्न आठ जिल्लामा गत असोज २८ देखि सुरु नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितासञ्चालन भएको थियो। आयोजक राष्ट्रिय खेलकुद परिषद्का अनुसार आज दिउँसो २ः३० बजेपछि पोखरा रङ्गशालामा भव्य कार्यक्रमसहित नवौँको बिदाइ गरिने जनाएको छ।नवौँ राष्ट्रिय खेलकुद समापन समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा, युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज, गण्डकी प्रदेशका मुख्मन्त्री कृष्णचन्द्र नेपाली […]
रियल म्याड्रिडका फरवार्ड करिम बेन्जिमालाई बालोन डि ओरको अवार्ड
काठमाडौं,कार्तिक,१-रियल म्यड्रिडका फरवार्ड करिम बेन्जिमाले विश्व प्रसिद्ध बालोन डि ओरको अवार्ड प्राप्त गरेका छन् । बेन्जिमाले गत सिजन गरेको प्रर्दशनका आधारमा फ्रान्सेली खेलाडी बेन्जिमाले बालोन डि ओरको अवार्ड हात पारेका हुन् । उनी पहिलो पटक विश्वको उत्कृष्ट वर्ष खेलाडी चुनिएका छन् । बेन्जिमाको ४६ खेलमा ४४ गोलको सहयोगमा रियल मड्रिडले च्याम्पियन्स लिग र ला […]
विश्वकपको तयारीबीच १० हजार कर्मचारी भर्ना गर्दै कतार एयरवेज
कतार,असोज,२८-कतार एयरवेजले आफ्नो कार्यबलमा १० हजार कर्मचारी थप्दैछ।कतारले फिफा विश्वकपको तयारी भइरहँदा फुटबलको महाकुम्भ हेर्न विश्वभरबाट हुने यात्राको माग धान्न अनि कोरोना भाइरसको महामारी मत्थर हुँदै गएसँगै सीमा आरपार यात्रा बढेको समयमा कम्पनीले आफ्नो कार्यबल १० हजारले बढाउन लागेको हो । कम्पनीको कर्मचारी भर्तीको योजनाले हाल झन्डै ४५ हजार रहेको कम्पनीको कर्मचारी संख्या बढेर ५५ […]
सन्दीप बिहान १० बजे नेपाल आईपुग्ने, विमानस्थल प्रहरी अलर्ट
काठमाडौं,असोज,२०-किशोरी बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने आज नेपाल आइपुग्दैछन् । सामाजिक सञ्जालमार्फत उनले आज बिहान १० बजे विमानस्थल आइपु्ग्ने र आत्मसमर्पण गर्ने जनाएका छन् । ‘नेपालका अधिकारीसमक्ष आत्मसमर्पण गर्ने मेरो इमानदार प्रतिबद्धता बमोजिम म बिहान १० बजे कतार एयरवेजबाटकाठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दैछु,’ उनले भनेका छन्, ‘मैले यसबारे प्रहरी अधिकारीलाईलिखित जानकारी गराइसकेको छु ।’
दशैंघर तथा शक्तिपीठमा फूलपाती भित्र्याइँदै
काठमाडौं,असोज,१६-आज बडादशैंको सातौं दिन । हिन्दू धर्मावलम्बीहरु परम्पराअनुसार आज आइतबार घरघरमा फूलपाती भित्रयाउँदै छन् । केरा, दारिम, धान, हरिद्रा, मानक, कचु, बेल, अशोक र जयन्ती गरी नौ प्रकारका वनस्पतिलाई नवपत्रिका भनिन्छ। तर सबै वनस्पति नपाइएको अवस्थामा उखु, अदुवा तथा अन्य फूलका पत्र पनि फूलपातीमा प्रयोग गरेको पाइन्छ । यी नौवटा वनस्पति भित्र्याई नवदुर्गालाई स्नान गराई […]
अन्जनको ह्याट्रिकमा बंगलादेशमाथि नेपालको जित
काठमाडौं,असोज,११-नेपालले मैत्रीपूर्ण खेलमा दक्षिण एसियाली प्रतिद्वन्दी बंगलादेशलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले मंगलबार बंगलादेशलाई ३-१ गोल अन्तरले हराएको हो । नेपालको जितमा अन्जन विष्ट नायक बने।उनको ह्याट्रिकमा नेपालले सहज जित निकालेको हो।अन्जन मोस्ट भ्यालुएबल प्लेयर घोषित भए ।बंगलादेशका सजाद होसेनले एक गोल फर्काए । सुरुआतमा बंगलादेश आक्रामक देखिएको थियो।सातौं मिनेटमा गोलकिपर किरण […]
साफ विजेता बंगलादेशी गोलकिपरको घर सरकारले बनाईदिने
ढाका,असोज,६-बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले साफ विजेता बंगलादेशी गोलकिपर रुपना चक्माको उनको गृहनगर रंगामाटीमा नयाँ घर बनाउन निर्देशन दिएकी छन् । साफ महिला च्याम्पियनसिप खेलमा उत्कृष्ट गोलकिपरको उपाधि जितेकी रुपना रंगमाटी नानियारचरकी हुन् । बंगलादेश महिला टोलीको सफलतापछि रंगामाटीका डेपुटी कमिसनर मोहम्मद मिजानुर रहमानले रुपना र रितु पोर्नाको घरमा मिठाई, फलफूल र फूल उपहार लिएर गएका […]
पहिलो हाफमा भारतविरुद्ध नेपाललाई १-० गोलको अग्रता
काठमाडौं,भदौ,३१-नेरालमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको दोस्रो सेमिफाइनलमा अहिले नेपाल र भारतबीच प्रतिस्पर्धा भईरहेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा नेपालले भारतविरुद्ध १-० गोलको अग्रता बनाएको छ। निकै प्रतिस्पर्धा भैईरहेको खेलमा नेपालका लागि रश्मी कुमारी घिसिङले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै नेपाललाई अग्रता दिलाएकी हुन् ।उनले प्रिती राईको […]

