विश्वकप छनोट:आज राती ९:४५ बजे नेपाल र जोर्डनबिच खेल हुने

काठमाडौं,जेठ,२४-फिफा विश्वकप-२०२२ तथा एसियन कप-२०२३ अन्तर्गत दोस्रो चरणको छनोटमा नेपालले आज (सोमबार) बलियो राष्ट्र जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ । कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा नेपालले जोर्डनसँग खेल्नेछ।जोर्डन र नेपालबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।यस्तै जापान समय अनुसार भने खेल राती १ बजे सुरु हुनेछ । जोर्डनविरुद्ध मैदान उत्रदा नेपाल जित निकाल्ने योजना […]

विश्वकप छनोट : चाइनिज ताइपेविरुद्ध नेपालको सानदार जित

कुवेत,जेठ,२०-फिफा विश्वकप-२०२२ तथा एसियन कप-२०२३ अन्तर्गत दोस्रो चरणको छनोट खेलमा नेपालले दोस्रो जित निकालेको छ । कुवेतमा बिहीबार भएको खेलमा चाईनिज ताईपेलाई २-० गोल अन्तरले पराजित गर्दै नेपालले छनोटमा दोस्रो जित निकालेको हो । कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा नेपाललाई जित दिलाउन अन्जन विष्ट र नवयुग श्रेष्ठले एक एक गोल गरे । खेलको […]

विश्वकप छनोट:आज राति ९:४५ बजे नेपाल र चाईनिज ताईपे भिड्ने

काठमाडौं,जेठ,२०-सन् २०२२ फिफा विश्वकप र सन् २०२३ एसिया कपको दोस्रो चरणको छनोट अन्तर्गत नेपालले बिहिबार आज चाईनिज ताईपेसँग प्रतिस्पर्धा गर्दैछ । कुवेतमा हुने समूह बीको छनोट खेलमा नेपालसँगै अष्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपेईले प्रतिस्पर्धा गर्नेछन् ।कुवेतको राजधानी कुवेत सिटीमा नेपालले चाईनिज ताईपेसँग प्रतिस्पर्धा गर्न लागेको हो।ताईपेविरुद्ध मैदान उत्रदा नेपाल स्पस्ट जितको खोजीमा हुनेछ ।खेल नेपाली समय […]

कुवेतको मौसमा खेल्न कठिन छ:प्रशिक्षक अलमुताईरी

काठमाडौं,जेठ,१९-सन् २०२२ को फिफा विश्वकप र सन् २०२३ को एसिया कपको लागि दोस्रो चरणको छनोट अन्तर्गत नेपालले भोलि (बिहीबार) चाईनिज ताईपेविरुद्ध खेल्दैछ । अरेबियन मुलुक कुवेतको राजधानी कुवेत सिटीमा नेपालले ताईपेसँग प्रतिस्पर्धा गर्ने छन् । नेपाल र ताइपेबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ । ताइपेविरुद्ध मैदान उत्रदा नेपाल जित निकाल्ने लक्ष्यमा हुनेछ । तर, […]

विश्वकप छनोट खेल्न नेपाली राष्ट्रिय फुटबल टोली कुवेत पुग्यो

काठमाडौं,जेठ,१७-इराकसँग मैत्रीपूर्ण खेल खेलेर नेपाली राष्ट्रिय फुटबल टोली कुवेत पुगेको छ। सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप तथा एसियन कप छनोट अन्तर्गत बाँकी खेलका लागि नेपाली टिम आइतबार राति कुवेत पुगेको हो।  नेपाली टिम इराकबाट स्थलमार्ग हुँदै कुवेत गएका हुन्। उनीहरुको कुवेत पुगे लगत्तै नेपाली टिम कोरोना भाईरसको पीसीआर टेष्ट गरिएको छ। कुवेतमा […]

इराक र नेपालबीचको खेल शनिबार राति १०:१५ बजे सुरु हुने

काठमाडौं,जेठ,१४-नेपालले घरेलु टिम इराकविरुद्धको भोलि (शनिबार) मैत्रीपूर्ण खेल खेल्दैछ । बसरास्थित अल्फायहा अन्तराष्ट्रिय मैदानमा नेपालले घरेलु टिमसँग खेल्नेछ । नेपाल र इराकबीचको खेल नेपाली समय अनुसार राति १०:१५ बजे सुरु हुनेछ ।   नेपाल र इराकबीचको खेल बन्द रंगशालामा हुने भएको छ । कोरोना भाईरसको महामारीलाई मध्येनजर गर्दै खेलमा दर्शकलाई प्रवेश नगराईने भएको हो । […]

नेपालले इराकविरुद्ध खेल्नु ठुलो अवसर हो:कप्तान किरण चेम्जोङ

इराक,जेठ,१४-राष्ट्रिय फुटबल टिम कप्तान किरण चेम्जोङले इराकविरुद्धको मैत्रीपूर्ण खेल नेपालका लागि ठुलो अवसर रहेको बताउनु भएको छ । बिहिबार साँझ इराकी सञ्चार माध्यमसंग कप्तान चेम्जोङले मैत्रीपूर्ण खेलका लागि आफुहरुले राम्रो अभ्यास गरेको बताउनुभयो ।   ‘यो हाम्रो लागि ठुलो अवसर हो ।यसका लागि राम्रो अभ्यास गरेका छौं ।’ उहाँले सञ्चारकर्मी समक्ष बताउनुभयो । मैत्रीपूर्ण खेलका […]

नेपालले २० वर्षपछि इराकसंग अन्तराष्ट्रिय मैत्रीपुर्ण फुटबल खेल्दै

काठमाण्डौं,जेठ,१२-कोरोना महामारीका बीच नेपाली राष्ट्रिय फुटबल टिम बुधबार विहान इराक पुगेको छ। नेपाली राष्ट्रिय टिम सन् २००७ को एएफसी एसियन कप च्याम्पियन इराकसँग मैत्रीपूर्ण खेल खेल्नका लागि बगदाद पुगेको हो।  अर्को सातादेखि कुवेतमा सुरु हुने फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ को दोस्रो चरणको तयारीका लागि नेपाली टिमले इराकसँग मैत्रीपूर्ण खेल खेल्न लागेको […]

विश्वकप फुटबल हरेक दुई वर्षमा गर्ने फिफाको योजना

एजेन्सी,जेठ,९-विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकप फुटबल हरेक दुई वर्षमा आयोजना गर्ने तयारी थालेको छ । फिफाले महिला र पुरुषको विश्वकप हरेक दुई वर्षमा आयोजना गर्नका लागि अध्ययन थालेको छ । साउदी अरेबियन फुटबल फेडेरेसनको प्रस्तावमा फिफाले विश्वकप दुई वर्षमा आयोजना गर्नका लागि अध्ययन थालेको हो । फिफा अध्यक्ष जियानी इन्फान्टिनोले साउदीको प्रस्तावलाई स्पष्ट र […]

नेपालमा एकैदिन ८ हजार २०३ जना संक्रमित थपिए,१९६ जनाको मृत्यु

काठमाडौं,जेठ,४-नेपालमा पछिल्लो २४ घण्टामा ८२०३ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा २० हजार ९७९ परीक्षण गर्दा ८ हजार २ सय ३ जनामा कोरोना पोजेटिभ देखिएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा २० हजार २८६ जनामा पिसिआर परीक्षण गर्दा ८ हजार १३६ मा पोजेटिभ देखिएको र ६९३ जनाको एन्टिजेन परीक्षण गर्दा ६७ […]