विश्वकप फुटबल हरेक दुई वर्षमा गर्ने फिफाको योजना

एजेन्सी,जेठ,९-विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकप फुटबल हरेक दुई वर्षमा आयोजना गर्ने तयारी थालेको छ । फिफाले महिला र पुरुषको विश्वकप हरेक दुई वर्षमा आयोजना गर्नका लागि अध्ययन थालेको छ । साउदी अरेबियन फुटबल फेडेरेसनको प्रस्तावमा फिफाले विश्वकप दुई वर्षमा आयोजना गर्नका लागि अध्ययन थालेको हो । फिफा अध्यक्ष जियानी इन्फान्टिनोले साउदीको प्रस्तावलाई स्पष्ट र […]

नेपालमा एकैदिन ८ हजार २०३ जना संक्रमित थपिए,१९६ जनाको मृत्यु

काठमाडौं,जेठ,४-नेपालमा पछिल्लो २४ घण्टामा ८२०३ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा २० हजार ९७९ परीक्षण गर्दा ८ हजार २ सय ३ जनामा कोरोना पोजेटिभ देखिएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा २० हजार २८६ जनामा पिसिआर परीक्षण गर्दा ८ हजार १३६ मा पोजेटिभ देखिएको र ६९३ जनाको एन्टिजेन परीक्षण गर्दा ६७ […]

विश्वकप छनोट र इराकसँग खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं,जेठ,४-फिफा विश्वकप तथा एसियन छनोट र इराकसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टिमको घोषणा भएको छ । कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले मंगलबार २३ सदस्सीय नेपाली टिमको घोषणा गरेका छन् । बन्द प्रशिक्षणमा रहेका ३२ खेलाडीबाट प्रशिक्षक अलमुताईरीले २३ सदस्सीय नेपाली टिम छनोट गरेका हुन् ।प्रशिक्षक अलमुताईरीले नेपाली टिममा ठुलो परिवर्तन गरेका छन् । नेपाली टिमका नियमित सदस्य […]

बार्सिलोनालाई च्याम्पियन्स लिगको उपाधि

काठमाण्डौं,जेठ,३-बार्सिलोनाको महिला टिमले च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ ।आईतबार राति लण्डन क्लब चेल्सीलाई पराजित गर्दै बार्सिलोनाले उपाधि कब्जा गरेको हो । स्पेनिस क्लब बार्सिलोनाले चेल्सीमाथि ४–० को एकतर्फी जित निकाल्यो । चेल्सीको पुरुष टिम शनिबार रातिमात्र एफ ए कपको फाईनलमा लेस्टर सिटीसंग पराजित बनेको थियो । त्यसको भोलि पल्ट महिला टिमले च्याम्पियन्स लिगको उपाधि […]

उत्तर कोरियाले विश्वकप नखेल्ने

काठमाण्डौं,जेठ,३-उत्तर कोरियाले फिफा विश्वकप छनोट र एसियन कप छनोटको बाँकी खेल नखेल्ने भएका छन् । एसियन फुटबल फेडेरेसन (एएफसी) ले आइतबार उत्तर कोरियाले छनोटबाट नाम फिर्ता लिएको जनाएको छ । उत्तर कोरिया छनोटको समूह ‘एच’ मा रहेको छ । यस समूहमा उत्तर कोरिया आठ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।एएफसीले उत्तर कोरियाले नाम फिर्ता […]

नेपाल सुपर लिग: धनगढीलाई हराउँदै काठमाडौं च्याम्पियन

काठमाडौं,जेठ,१-काठमाडौं रेजर्स एफसीले पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा धनगढी एफसीलाई १-० गोल अन्तरले पराजित गर्दै काठमाडौं च्याम्पियन बनेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा काठमाडौंलाई जित दिलाउन मेसौके ओलोमोउले निर्णायक गोल गरे । मेसौकेले खेलको २१ औं मिनेटमा निर्णायक गोल गरेका हुन् । विश्वास श्रेष्ठले धनगढीका मिडफिल्डर विशाल […]

नेपाल सुपर लिगको उपाधीका लागी आज काठमाडौं रेजर्स भर्सेस धनगढी भिडने

काठमाडौं,जेठ,१-नेपाल सुपर लिग (एनएसएल)को उपाधिका लागि आज (शनिबार) काठमाडौं रेजर्स एफसी र धनगढी एफसीबीच प्रतिस्पर्धा हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने उपाधि भिडन्त साँझ साढे ५ बजे सुरु हुनेछ।काठमाडौं र धनगढी यस प्रतियोगितामा तेस्रो पटक भिड्न लागेका हुन् । यस अघि लिग चरण र पहिलो प्लेअफमा भिडेका दुई टोली फाइनलमा पनि भिड्न लागेका हुन्।दुबै भेटमा […]

काठमाडौं रेजर्सलाई हराउँदै धनगढी एफसी फाइनलमा प्रवेश

काठमाडौं,बैशाख,२८-धनगढी एफसी पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको पहिलो प्लेअफमा काठमाडौं रेजर्सलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गर्दै धनगढी फाइनल पुगेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा धनगढीलाई जित दिलाउन पुजन उपरकोटी र विशाल राईले एक एक गोल गरे ।काठमाडौंका तेज तामाङले एक गोल […]

नेपाल सुपर लिग : आज दुई खेलहरु हुने

काठमाडौं,बैशाख,२५-पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज (शनिबार) दुई खेलहरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज हुने दुई खेलले प्लेअफ पुग्ने चारै टोलीको टुंगो लाग्नेछ ।प्रतियोगिताको प्लेअफमा दुई टिमले स्थान पक्का गरिसकेका छन् । अब दुई टिम प्लेअफमा पुग्न बाँकी रहेको छ । आज हुने पहिलो खेलमा विराटनगर सिटी एफसी र […]

नेपाल सुपर लिग : काठमाडौं रेजर्स संग विराटनगर एफसी ५-४ गोलले पराजित

काठमाडौं,बैशाख,२३-नेपाल सुपर लिग फुटबलमा विराटनगर सिटी एफसीलाई हराउँदै काठमाडौं रेजर्स प्लेअफमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको रोमान्चक खेलमा विराटनगर सिटी एफसीलाई ५–४ गोल अन्तरले पराजित गर्दै काठमाडौंले प्लेअफमा स्थान पक्का गरेको हो । काठमाडौंलाई जित दिलाउन मेसौके ओलोमोउले ह्याट्रिक गरे । यस्तै स्टेफेन समीर र छिरिङ गुरुङले १-१ गोल गरे । विराटनगरका […]