१३ औं सागमा नेपालको अग्रता कायमै, स्वर्णपदक संख्या २५ पुग्यो

काठमाडौं,मंसिर,१८- १३ औं दक्षिण एसियाली खेलकुद सागको पदक तालिकामा नेपालको अग्रता कायमै छ ।आज(बुधबार)कराँतेमा स्वर्ण जितेसँगै नेपालको स्वर्णपदक संख्या २५ पुगेको हो । कराँतेमा नेपालले अर्को स्वर्ण पदक जितेको छ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कराँते कुमुतेमा अनुपमा मगरले स्वर्ण पदक जितेकी हुन् ।उनले ६८ केजी तौल समूहको फाइनलमा पाकिस्तानकी नर्गिसलाई ६–३ […]

१३ औं साग पुरुष फुटबल : नेपालको भुटानमाथी ४-० गोलको शानदार जित

काठमाण्डौं,मंसिर,१७- १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत पुरुष फुटबलमा नेपालले शानदारले जितेको छ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको पहिलो खेलमा नेपालले भुटानलाई ४-० गोल अन्तरले पराजित गरेको हो । नेपालको जितका लागी कप्तान सुजल श्रेष्ठले दुई गोल गरे । यस्तै अविशेक रिजाल र मिक्छेन तामाङले एक एक गोल गरे ।खेलको पाँचौं मिनेटमा सुजलले […]

१३ औं साग महिला फुटबल : नेपाल संग श्रीलंका १–० गोलले पराजीत

पोखरा,मंसिर,१७- १३औं दक्षिण एसियाली खेलकुद (साग) तर्फ नेपालों आफ्नो पहिलो खेलमा बिजय भएको छ ।नेपालले मंगलबार भएको आफ्नो पहिलो खेलमा श्रीलंकालाई १–० को अन्तरले हराएको हो । पोखरा रंगशालामा नेपाल विरुद्ध जुझारु र रक्षात्मक प्रदर्शन गरेको श्रीलंकाले घरेलु टोलीलाई अन्तिम समयसम्म रोक्न सकेन । खेलको ८६औं मिनटमा सरु लिम्बुले नेपालका लागि एक मात्र निर्णायक गोल […]

साग फुटबल : आज नेपालको पुरुष र महिला दुवै टोलीले खेल्ने

काठमाण्डौं,मंसिर,१७- १३औं दक्षिण एसियाली खेलकुद (साग) तर्फ आज नेपालको पुरुष तथा महिला फुटबल टोलीले आ–आफ्नो पहिलो खेल खेल्दैछन् । पुरुष टोलीले खेल त्रिपुरेस्वरस्थित दशरथ रंगशालामा आज दिनको १ बजे भुटानको सामना गर्दैछ । स्मरण रहोस, सोमबारदेखि शुरु पुरुष फुटबलतर्फ भुटानले सनसनी मच्याउँदै पदकको दावेदार बंगलादेशलाई १–० ले हराएको थियो । यद्यपि, दुर्भाग्यपुर्ण रुपमा पहिलो खेल […]

मेस्सीलाई कीर्तिमानी बालोन डी’ओर अवार्ड

जापान मंसिर,१७- बार्सिलोनाका फरवार्ड लियोनल मेस्सीले कीर्तिमानी छैटौं पटक बालोन डी’ओर अवार्ड जितेका छन् ।सन् २०१९ को उत्कृष्ट खेलाडी बन्दै अर्जेन्टिनाका कप्तान मेस्सीले बालोन डी’ओर जितेका हुन् । मेस्सीले क्रिस्टियानो रोनाल्डो, साडियो माने र भिर्गिल भान डायकलाई पछि पार्दै अवार्ड जितेका हुन् ।   मेस्सी ६ पटक बालोन डी’ओर अवार्ड जित्ने पहिलो खेलाडी हुन् । […]

१३ औं साग खेल: नेपाल १५ स्वर्ण जित्दै शीर्ष स्थानमा

काठमाडौं,मंसिर,१६- १३औं दक्षिण एसियाली खेलकुद (साग)को पदकतालिकामा नेपाल शीर्ष स्थानमा रहेको छ । नेपालले हालसम्म १५ ओटा स्वर्णपदक जितेको छ । नेपालले करातेमा ७, तेक्वान्दोमा ७ तथा ट्रायथलनमा एक स्वर्णपदक जितेको छ ।नेपालले तीनओटा रजतपदक पनि हासिल गरेको छ । त्यसैगरी, भारतले ट्रायथलन र तेक्वान्दोमा गरी ३, श्रीलंकाले ३, पाकिस्तान र बंगलादेशले एक/एक स्वर्णपदक जितेका […]

टोक्योमा हुने ओलम्पिकका लागी न्यु नेशनल स्टेडियमको निर्माण कार्य सम्पन्न

काठमाण्डौं,मंसिर १५- जापानमा आगामी वर्ष हुने बहुप्रतिक्षित टोक्यो ओलम्पिकको मुख्य स्टेडियम (न्यु नेशनल स्टेडियम) को निर्माण कार्य सम्पन्न भएको छ । यो स्टेडियम निर्माणका लागि ८७ प्रतिशत काठको प्रयोग गरिएको छ । जसको अर्थ यो स्टेडियम निर्माण कार्य सम्पन्न २००० घन मिटर काठको प्रयोग गरिएको छ । यद्यपि यो स्टेडियम निर्माण कार्यका लागि जोगाड गरिएको […]

१३ औं सागको औपचारिक उद्घाटन आज

काठमाडौं,मंसिर,१५- १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को औपचारिक उद्घाटन आज (आईतबार) हुदैछ । दक्षिण एसियाली खेलकुदको सबैभन्दा ठुलो खेल महोत्सव नेपालमा आज सुरु हुन लागेको हो । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले भव्य समारोहकाबीच सागको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।उद्घाटन सत्र साँझ ५ बजेर १० मिनेटमा सुरु हुनेछ । उद्घाटन कार्यक्रम […]

महिला भलिबलको ऐतिहासिक जीत: आईतबार फाईनलमा भारतसंग प्रतिस्पर्धा गर्ने

काठमाण्डू,मंसिर,१५-  १३औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपाल पहिलो पटक महिला भलिबलको फाइनलमा प्रवेश गरेको छ ।अब स्वर्णका लागि भने भारतसँग खेल्ने छ । एसियाली खेलकुद (साग) महिला भलिबलबाट नेपालले कम्तीमा रजत पदक पक्का गरेको छ। नेपालले सेमिफाइनलमा श्रीलंकालाई तीन शुन्यको सोझो सेटमा पराजित गरे पछि रजत पदक पक्का गरेको हो। नेपाल श्रीलंका सामु बलियो रुपमा प्रस्तुत भएको थियो। […]

‘साग’को टिकट ‘इसेवा’बाट लिन सकिने

काठमाडौं,मंसिर,१२- राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले १३औं दक्षिण एसियाली खेलकुद (साग)का लागि ‘इसेवा’लाई टिकट साझेदार बनाएको छ ।सोअनुसार दर्शकले इसेवाबाट टिकट पाउनेछन् । सागका भलिबल, फुटबल, क्रिकेट र बास्केटबलका लागि टिकट शुल्क निर्धारण गरिएको हो ।इसेवाका सीइओ रोशन लामिछानेले टिकट अनलाइनबाटै लिनुपर्ने बताउँदै यसबाट सुरक्षा संवेदनशीलता र पारदर्शी हुने बताउनुभयो । टिकट बिक्रीको रकममध्ये १५ प्रतिशत इ–सेवाले […]