कैलाली,माघ २८-कैलालीको अत्तरियामा सर्बा्धिक पुरस्कार राशीको क्रिकेट प्रतियोगिता हुने भएको छ । युनाइटेड अत्तरिया स्पोर्टस क्लवले शुक्रबार पत्रकार सम्मेला गरी आगामी बैशाख १४ गतेदेखि अत्तरिया कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको आयोजना गरिने जानकारी दिएको हो । विभागीय टोलीसहितको सहभागितमा हुने प्रतियोगिताको विजेताले नगद २ लाख र उप विजेताले नगद १ लाख पुरस्कार पाउनेछन् । त्यस्तै […]
खेल
पोखरामा जारी आहा रारा गोल्डकपमा आजबाट सेमिफाइनल खेल हुदै
काठमाडौ, माघ १२ –पोखरामा जारी १५ औं आहा रारा गोल्डकपमा आजबाट सेमिफाइनल चरणका खेलहरु सुरु हुदैछ । पहिलो सेमिफाइनलमा आज विभागिय टोली त्रिभुवन आर्मी सहारा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।खेल पोखरा रंगाशालामा दिउँसो दुई बजेपछि सुरु हुनेछ । दुवै टोली आजको खेलमा जीत हात पार्दै प्रतियोगिताको उपाधि नजिक पुग्ने दाउमा हुनेछ । आर्मी झापा ११ लाई […]
सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधि मनाङ मस्र्याङ्दी क्लबलाई
धनगढी,माघ १-सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधि मनाङ मस्र्याङ्दी क्लबले जितेको छ । यससँगै उसले ५ लाख पुरस्कार हात पारेको छ । धनगढी रंगशालामा शनिबार भएको फाइनल भिडन्तमा मनाङले संकटालाई १–० गोल अन्तरले हराएको हो । मनाङका लागि खेलेको दोस्रो मिनेटमा नै अनिल गुरुङले गोल गरे । खेलको ८२ औं मिनेटमा संकटाले पेनाल्टी पाएको थियो । तर, […]
आर्चरी प्रतियोगिताको पहिलो खेलमा आर्मीका खेलाडी अघि
उदयपुर,पुस ९-सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत उदयपुरको गाईघाटमा आर्चरी सुरु भएको छ । सदरमुकाम गाईघाटस्थित थारुहट रंगशालामा वरियताका लागि भएको पहिलो चरणको पुरुष तथा महिलाको प्रतिस्पर्धामा नेपाल आर्मीका खेलाडी अघि रहेका छन् । प्रतियोगिताको पहिलो खेलमा रिकर्भ पुरुषतर्फ र रिकर्भ महिला गरी एकसाथ दुई इभेन्ट सञ्चालन भयो । ७० मिटरको पहिलो चरणमा पुरुषतर्फ त्रिभुवन आर्मी […]
सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आजबाट रुपमा सुरु
विराटनगर, पुस ८- मुक्तीबाबु रेग्मी, सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आजबाट औपचारिक रुपमा सुरु भएको छ । विराटनगरको स्थानिय सहिद रंगशालामा अपरान्ह राष्ट्रपति विद्यादेबी भण्डारीले प्रतियोगिता सुरु भएको घोषणा गर्नुभयो । सातौं राष्ट्रिय खेलकुदको उद्घाटनका अवसरमा तेक्वान्दोका किर्तिमानी खेलाडी दिपक बिष्ट लगायत विभिन्न ओलम्पियनले धनगढी रंगशालाबाट ल्याएको मसाल पूर्वान्चलका सात ओलम्पियनलाई हस्तान्तरण गरेका थिए । बिष्टसहित […]
मध्यपश्चिमाञ्चलको पोस्टमा सशस्त्रको ८ गोल, आर्मीले सुदूरपश्चिमलाई हरायो
सुनसरी, पुस ८- सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतको पुरुष फुटबल प्रतियोगिताको शुक्रबारको खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब विजयी भएका छन् ।सशस्त्रले मध्यपश्चिमाञ्चलविरुद्ध गोलवर्षा गर्दै जित हासिल गर्यो भने आर्मीले सुदूरपश्चिमाञ्चलविरुद्ध कठिन जित दर्ता गरेको छ ।धरान–१७ स्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा भएको पहिलो खेलमा सशस्त्रले मध्यपश्चिमाञ्चललाई ८–० ले हराएको हो ।सशस्त्रको […]
सातौ राष्ट्रिय खेलकुद अन्तर्गत पुरूष फुटबलमा पुलिसद्वारा पूर्वाञ्चल पराजित
धरान,पौष ७-पूर्वाञ्चलको धरानमा सुरू भएको सातौ राष्ट्रिय खेलकुद अन्तर्गत पुरूष फुटबलमा विभागीय टोली नेपाल पुलीसले पूर्वाञ्चललाई हराएको छ। आज धरानस्थित एन्फा टेक्निकल सेन्टरमा भएको पहिलो खेलमा पुलिसले घरेलु टोली पूर्वाञ्चललाई २(१ले हराउँदै प्रतियोगितामा विजयी सुरूआत गरेको हो । प्रतियोगितामा पाँच विकास क्षेत्र र तीन विभागीय गरी ८ टिमले लिग कम नकआउट आधारमा खेल्नेछन् । समूह […]
सातौँ राष्ट्रिय खेलकुद अन्तर्गत ,सुदुरपश्चिमलाई ४–१ गोललले हराउदै एपिएफ विजयी
सुनसरी, पुस ५-पूर्वाञ्चलमा जारी सातौँ राष्ट्रिय खेलकुद अन्तर्गत महिला फुटबलमा विभागिय क्लबहरुको बर्चस्सो कायम भएको छ ।सुनसरीको स्थानिय दुहबी रंगाशालामा आज भएको खेलमा सुदुरपश्चिमलाई हराउदै एपिएफले पनि लगातार दोस्रो जित निकालेको छ । यसअघि आर्मी र पुलिसले पनि आ आफ्ना दुवै खेलमा जित निकालेका थिए । आजको खेलमा एपिएफले सुदुरपश्चिमलाई ४–१ गोलले हराएको हो । […]
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण महिला फुटबलमा नेपाल विजयी
काठमाडौं, पुस २-मलेसियाविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण महिला फुटबलमा नेपाल विजयी भएको छ ।आज सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा नेपाल १–० ले विजयी भएको हो ।नेपाललाई जिताउनेक्रममा सावित्रा भण्डारीले खेलको २७औं मिनेटमा निर्णायक गोल गर्नुभयो ।यो जितले नेपाली खेलाडीमा उत्साह भरिएको छ । नयाँ अनुहारले वर्चश्व जमाएको फिफा वरीयताको ११२ औं स्थानमा रहेको नेपालले ८६औं स्थानमा […]
बाँकेको कोहलपुरमा छिट्टै अन्तराष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नती गरिने
बाँके,मंसिर २२-खेलकुद मन्त्री दलजित श्रीपाईलीले बाँकेको कोहलपुरमा छिट्टै अन्तराष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नती गरिने बताउनु भएको छ । मंगलबार कोहलपुर स्थित प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदानलाई आवश्यक बजेट विनियोजन गर्ने आश्वासन दिनुभएको हो । उहाँले स्थानीय ब्याटमिन्टन कोट पनि निरीक्षण गरेको मध्यपश्चि क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले जानकारी दिनुभएको छ ।