काठमाडौं,पुस,९- उत्पीडित शिक्षकको न्यायमा दलाली गरेको आरोप लगाउँदै पुनरुत्थानवादी शक्ति नेपालआवद्ध अस्थायी शिक्षकहरुले शिक्षककर्मचारीका संघ, संगठन, युनियन, महासंघ खारेज गर्ने उद्घोष गरेका छन् ।केही दिन अघि शिक्षक महासंघ, शिक्षक सेवा आयोगलगायत माथि युद्धको घोषणा गरेको सो पार्टीले शिक्षककर्मचारीका संघसंगठनहरुलाई अदालबाटै खारेज गराएरै छाड्ने उद्घोष गरेको हो । आइतवार राजधानीमा पत्रकार सम्मेलन गर्दै पार्टीले वर्षौदेखि सेवामा […]
राजनीति
स्थानीय तहका कर्मचारी आन्दोलनमा
काठमाडौँ,पुस,३- सरकारले अध्यादेशबाट सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्न लागेपछि स्थानीय तहका कर्मचारीहरूले देशभरका ७५३ स्थानीय तह र ७७ जिल्ला समन्वय समितिको काम ठप्प पारी आन्दोलनमा उत्रेका छन् । कर्मचारीहरूले सोमबार कलम बन्द गरी आआफ्नो कार्यालय अगाडि धर्ना बसेका छन् । सरकारले कर्मचारी समायोजन गर्दा स्थानीय कर्मचारीहरूलाई विभेद गरेको ठहर गर्दै उनीहरुले सोमबारदेखि […]
पूर्वप्रधानमन्त्री एवं वरिष्ठ राजनीतिज्ञ डा. तुलसी गिरीको निधन
काठमाडौं,पुस,३- पूर्वप्रधानमन्त्री एवं वरिष्ठ राजनीतिज्ञ डा. तुलसी गिरीको मंगलबार बिहान निधन भएको छ । ९३ वर्षीय गिरीको आफ्नै निवास बूढानीलकण्ठ भिल्लामा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । गिरी लामो समयदेखि कलेजोसम्बन्धी रोगबाट पीडित थिए । कलेजोमा क्यान्सर लागेका उनको भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचार भएको थियो । राजा महेन्द्रले ०१७ सालमा पञ्चायनी व्यवस्था स्थापना गर्नुपूर्व […]
दुई अध्यक्ष भएर संसारकै नमूना तरिकाले काम गरेका छौं : प्रम ओली
काठमाडौँ,पुस,१- प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले दुई अध्यक्ष मिलेर पार्टी चलाई संसारकै नमूना तरिकाले काम गरेको बताउनुभएको छ । तत्कालीन एमाले निकट पेशागत प्रगतिशील कानून व्यवसायी सङ्गठन र नेकपा (माओवादी केन्द्र) निकट गणतान्त्रिक प्रगतिशील कानून व्यवसायी एशोसिएशनबीच एकीकरण गरी आज नेपाल कानून व्यवसायी सङ्गठन घोषणा गर्न पार्टी केन्द्रीय कार्यालय […]
गणपूरक सङ्ख्या नपुगेका कारण बैठक स्थगित
काठमाडौँ,मङ्सिर,२५- गणपूरक सङ्ख्या नपुगेका कारण तोकिएको समयमा आज बस्ने भनिएको अर्थ, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक स्थगित भएको छ । गणपूरक सङ्ख्याका लागि कम्तिमा २ २६ सांसद अनिवार्य उपस्थिति हुनुपर्ने मा बैठकमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट १३ र अर्थ समितिबाट नौँ सांसद मात्र उपस्थित भएकाले ११ बजेका लागि बोलाइएको संयुक्त बैठक […]
मेरो कुनै कमजोरी दिखिए बर्दी खोलिदिए हुन्छ : महानिरीक्षक खनाल
काठमाडौं, मंसिर,२४- प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाको अनुसन्धान साँघुरिँदै गएको संसदीय समितिलाई जानकारी दिनुभएको छ ।राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिको आजको बैठकमा उहाँले अनुसन्धानलाई साँघुरो बनाउँदै लगिएको तर निष्कर्ष कहिले आउने भनेर समय तोक्न नसकिने बताउनुभयो । महानिरीक्षक खनालले भन्नुभयो ‘हाम्रो सामथ्र्यले सक्ने काम गरिरहेका छौं । अनुसन्धानलाई प्रभावित […]
पहिलो पटक आज अन्तरप्रदेश परिषद् बैठक बस्दै
काठमाडौं,मंसिर,२३- प्रदेश सरकार गठन भएको १० महिनापछि पहिलो पटक आज अन्तरप्रदेश परिषद् बैठक बस्दै छ ।प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा अन्तरप्रदेश परिषद् बैठक बस्न लागेको हो । प्रधानमन्त्री कार्यालयमा बिहान ११ बजेका लागि बोलाइएको बैठकमा सातै प्रदेशका मुख्यमन्त्री र प्रमुख सचिवसहित केन्द्र सरकारका मन्त्री, राज्यमन्त्री, सचिव, योजना आयोगका उपाध्यक्ष, महान्यायाधिवक्ता, महालेखा परीक्षक सहभागी हुँदै छन् […]
नेकपा बैठक बहिस्कारः नेपाल, खनाल, श्रेष्ठ र गौतम आक्रोशित
काठमाडौं,मंसिर,२२- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र चुलिँदै गएको आन्तरिक असन्तुष्टि सतहमै छताछुल्ल भएको छ । निर्धारित समयमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल सचिवालय बैठकमा उपस्थित नभएको भन्दै चारजना सदस्यले आजको बैठक नै बहिस्कार गरेका छन् । शनिबारका लागि बोलाइएको सचिवालय बैठकमा पार्टी अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल निर्धारित् समयमा उपस्थित नभएपछि माधव नेपाल, […]
नेकपाको बैठक मंगलबार सम्मका लागि सर्यो
काठमाडौं,मंसिर,१०- नेकपा कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सरेको छ । आज बस्ने भनिएको बैठक थप गृहकार्य गर्नुपर्ने भएकाले मंगलबार (भोलि)सम्मका लागि सारिएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । बैठक मंगलबार दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।आजको बैठकमा प्रदेश कमिटीको पूर्णता, जिल्ला कमिटीको गठन, जनसंगठनको एकता, स्थायी समिति बैठकको मिति […]
पूर्व प्रधानमन्त्री डा: भट्टराईद्धारा निर्मलाका बुवालाई १ लाख सहयोग
काठमाडौं,मंसिर,१०- नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत निर्मला पन्तको बुबा यज्ञराजको स्वास्थ्य अवस्थाबारे जानकारी लिनु भएको छ । उहाँले यज्ञराज पन्तको उपचारका लागि १ लाख रुपैयाँ सहयोग समेत हस्तान्तर गर्दै सुरक्षा दिने नाममा प्रमाण नष्ट गर्नेहरुलाई कडा कारवाही गरिनु पर्ने माग गर्नु भएको छ । […]





