काठमाडौं,पुस,२६- राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय एकता दिवसको बिदा कटौती गरिएकोमा आपत्ति जनाउँदै पार्टीको तर्फबाट एकता दिवस भव्यरुपमा मनाउने भएको छ । बिहीबार काठमाडौंमा रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कार कार्यक्रममा थापाले ‘राष्ट्रिय एकताको विषयलाई राजनीतिसँग जोड्न नहुने बताउनुभयो । उहाँले हिन्दुराज्य पुनःस्थापनाको माग फागुन मसान्तसम्म पूरा नभए आगामी चैत १ गतेदेखि देशव्यापी आन्दोलन गर्ने चेतावनी दिनुभयो । […]
राजनीति
ढाका टोपी लगाए रै रेशम चौधरीले थारु भाषामा लिए सपथ
काठमाण्डौं,पुस,१९- कैलाली एकबाट प्रत्यक्ष चुनाव जितेका रेशम चौधरीले आज बिहिबार चुनाव जितेको एक वर्षपछि सांसदको सपथ लिनु भएको छ । चौधरीले ढाका टाेपीमा सजिएर थारु भाषामा नै सपथ लिनु भएको हो । उहाँलाई सभामुख कृष्णबहादुर महराले सिंहदरबारस्थित कृषि समितिको हलमा पद तथा गोपनीयताको सपथ खुवाउनुभएको हो । टीकापुर घटनाका मुख्य अभियुक्त भएको अभियोगमा चाैधरी पुर्पक्षका लागि डिल्लीबजार कारागारमा थुनामा थिए […]
नेपालगञ्ज जेसिजको अध्यक्षमा शाक्य निर्वाचित
नेपालगञ्ज,पौष,१५- नेपालगञ्ज जेसिज वर्ष २०१९ को अध्यक्षमा रत्नकाशी शाक्य निर्वाचित हुनुभएको छ । शनिबार राति सम्पन्न शाखाको ३७ औं अधिवेशनबाट अध्यक्षमा शाक्य निर्वाचित हुनुभएको हो । राती करिब नौ बजे सार्वजनिक मतपरिणाम अनुसार आफ्ना प्रतिस्पर्धी प्रज्वल कुमार श्रेष्ठलाई चार मतले पराजित गर्नुभएको निर्वाचन आयुक्त रोशन कुमार श्रेष्ठले जानकारी दिनुभयो । निर्वाचन आयुक्तका अनुसार खसेको जम्मा […]
चकित पार्दै ऐतिहासीक बन्यो काँग्रेसको महासमिती बैठक
काठमाडौं,पुस,९- नेपाली काग्रेसको गत मंसिर २८ गतेदेखि आरम्भ भएको ऐतिहासिक महासमितिको बैठक सोमबार सम्पन्न भएको छ । पार्टीलाई सबै कोणबाट नयाँ दिशा दिन सफल भएकाले महासमितिको आसन्न बैठक ऐतिहासिक हुन पुगेको हो । एक हप्ताभन्दा बढी चलेको कांग्रेस महासमिति बैठक विधान परिमार्जन र संशोधनको विषयमै किचलो उत्पन्न हुने अनुमान केही राजनीतिक दलले गरेका थिए । तर […]
शिक्षकमहासंघ खारेज गराएरै छाड्ने अस्थायी शिक्षकको उद्घोष
काठमाडौं,पुस,९- उत्पीडित शिक्षकको न्यायमा दलाली गरेको आरोप लगाउँदै पुनरुत्थानवादी शक्ति नेपालआवद्ध अस्थायी शिक्षकहरुले शिक्षककर्मचारीका संघ, संगठन, युनियन, महासंघ खारेज गर्ने उद्घोष गरेका छन् ।केही दिन अघि शिक्षक महासंघ, शिक्षक सेवा आयोगलगायत माथि युद्धको घोषणा गरेको सो पार्टीले शिक्षककर्मचारीका संघसंगठनहरुलाई अदालबाटै खारेज गराएरै छाड्ने उद्घोष गरेको हो । आइतवार राजधानीमा पत्रकार सम्मेलन गर्दै पार्टीले वर्षौदेखि सेवामा […]
स्थानीय तहका कर्मचारी आन्दोलनमा
काठमाडौँ,पुस,३- सरकारले अध्यादेशबाट सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्न लागेपछि स्थानीय तहका कर्मचारीहरूले देशभरका ७५३ स्थानीय तह र ७७ जिल्ला समन्वय समितिको काम ठप्प पारी आन्दोलनमा उत्रेका छन् । कर्मचारीहरूले सोमबार कलम बन्द गरी आआफ्नो कार्यालय अगाडि धर्ना बसेका छन् । सरकारले कर्मचारी समायोजन गर्दा स्थानीय कर्मचारीहरूलाई विभेद गरेको ठहर गर्दै उनीहरुले सोमबारदेखि […]
पूर्वप्रधानमन्त्री एवं वरिष्ठ राजनीतिज्ञ डा. तुलसी गिरीको निधन
काठमाडौं,पुस,३- पूर्वप्रधानमन्त्री एवं वरिष्ठ राजनीतिज्ञ डा. तुलसी गिरीको मंगलबार बिहान निधन भएको छ । ९३ वर्षीय गिरीको आफ्नै निवास बूढानीलकण्ठ भिल्लामा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । गिरी लामो समयदेखि कलेजोसम्बन्धी रोगबाट पीडित थिए । कलेजोमा क्यान्सर लागेका उनको भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचार भएको थियो । राजा महेन्द्रले ०१७ सालमा पञ्चायनी व्यवस्था स्थापना गर्नुपूर्व […]
दुई अध्यक्ष भएर संसारकै नमूना तरिकाले काम गरेका छौं : प्रम ओली
काठमाडौँ,पुस,१- प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले दुई अध्यक्ष मिलेर पार्टी चलाई संसारकै नमूना तरिकाले काम गरेको बताउनुभएको छ । तत्कालीन एमाले निकट पेशागत प्रगतिशील कानून व्यवसायी सङ्गठन र नेकपा (माओवादी केन्द्र) निकट गणतान्त्रिक प्रगतिशील कानून व्यवसायी एशोसिएशनबीच एकीकरण गरी आज नेपाल कानून व्यवसायी सङ्गठन घोषणा गर्न पार्टी केन्द्रीय कार्यालय […]
गणपूरक सङ्ख्या नपुगेका कारण बैठक स्थगित
काठमाडौँ,मङ्सिर,२५- गणपूरक सङ्ख्या नपुगेका कारण तोकिएको समयमा आज बस्ने भनिएको अर्थ, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक स्थगित भएको छ । गणपूरक सङ्ख्याका लागि कम्तिमा २ २६ सांसद अनिवार्य उपस्थिति हुनुपर्ने मा बैठकमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट १३ र अर्थ समितिबाट नौँ सांसद मात्र उपस्थित भएकाले ११ बजेका लागि बोलाइएको संयुक्त बैठक […]
मेरो कुनै कमजोरी दिखिए बर्दी खोलिदिए हुन्छ : महानिरीक्षक खनाल
काठमाडौं, मंसिर,२४- प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाको अनुसन्धान साँघुरिँदै गएको संसदीय समितिलाई जानकारी दिनुभएको छ ।राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिको आजको बैठकमा उहाँले अनुसन्धानलाई साँघुरो बनाउँदै लगिएको तर निष्कर्ष कहिले आउने भनेर समय तोक्न नसकिने बताउनुभयो । महानिरीक्षक खनालले भन्नुभयो ‘हाम्रो सामथ्र्यले सक्ने काम गरिरहेका छौं । अनुसन्धानलाई प्रभावित […]

