कांग्रेस र लोकतान्त्रिक फोरमबीच पार्टी एकता

काठमाडौं, असोज ३०- नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच पार्टी एकता घोषणा गरिएको छ ।दुई दलबीच हिजै पार्टी एकता हुने भनिए पनि बेलुका अबेरसम्म सबै विषयमा सहमति जुट्न नसकेपछि एकताको घोषणा आज गरिएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको एकता घोषणामा नेपाल लोकतान्त्रिक फोरम कांग्रेसमा समाहित भएको छ । पार्टी एकतापछि कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाल […]

समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची बुझाउने राजनीतिक दलको संख्या ४९ मात्रै

दाङ,असोज,३१- आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची बुझाउने राजनीतिक दलको संख्या ४९ मात्रै रहेको छ । राती १२ बजेसम्म बन्दसूची पेश भएको र जम्मा ४९ दलले मात्रै सूची बुझाएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले राती १२ बजेसम्म पनि प्रतिक्षा गरेको तर ५५ दलले टोकन […]

संस्थागत निर्णयविनै आयोगमा एमालेको बन्दसूची

 काठमाडौं,असोज,३०- एमालेले संस्थागत निर्णय नै नगरी प्रदेश र प्रतिनिधिसभाका समानुपातिक सांसद्का उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा पेस गरेको छ । बन्दसूची पेस गर्नुभन्दा केही घन्टाअघि आइतबार अध्यक्ष केपी ओलीनिवास बालकोटमा स्थायी समिति बैठक बसेको थियो । नेता माधवकुमार नेपाल निकट नेताहरुले बैठक छलेर हतारमा सूची तयार पार्न खोजिएको भन्दै तीव्र असन्तुष्टि जनाएका थिए । शीर्ष नेताहरुको […]

समानुपातिक उम्मेदवारको बन्दसूची आज आयोगमा बुझाईंदै

काठमाडौं, असोज २९- आगामी मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि दलहरुले समानुपातिक उम्मेदवारको बन्दसूची आज निर्वाचन आयोगमा बुझाउँदैछन् । आयोगले बन्दसूची बुझाउन बिहान १० देखि अपराह्न ५ बजेसम्मको समय तोकेको छ । समानुपातिकतर्फ प्रतिनिधिसभामा १ सय १० र ७ वटा प्रदेशका लागि २ सय २० जना सदस्य चुनिने छन् । समानुपातिक […]

राष्ट्रपतिद्वारा राप्रपाका नवनियुक्त मन्त्रीहरुलाई शपथ

काठमाडौं, असोज २८- राष्ट्रपति विद्यादेवी भण्डारीले राप्रपाका नवनियुक्त मन्त्रीहरुलाई आज साँझ पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ ।राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीले उपप्रधानमन्त्री कमल थापा तथा बिनाविभागीय मन्त्रीहरु जयन्त चन्द, दिलनाथ गिरी र विक्रमबहादुर थापालाई शपथ गराउनु भएको हो । प्रधानमन्त्री देउवाले शुक्रबार उनीहरुलाई मन्त्री नियुक्त गर्नु भएको थियो । नवनियुक्त मन्त्रीहरुको […]

निर्वाचनपछि मुलुक समग्र आर्थिक विकास तिर : प्रधानमन्त्री

काठमाडौं,असोज,२८- व्यवस्थापिका–संसदको बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवाले निर्वाचनपछि मुलुक समग्र आर्थिक विकासको बाटोमा लाग्ने बताउनु भएको छ ।संविधान जारी पछि २००७ देखि देखेको सपना पूरागरी संविधानसभाबाट संविधान जारी हुनु ऐतिहासिक घटना भएको बताउनुभयो । संविधान जारी भएपछि विभिन्न कानुन बनेको, स्थानीय तहको निर्वाचन सम्पन्न भएको र प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको […]

मन्त्रिपरिषद् विस्तारले निर्वाचनमा असर गर्दैनः निर्वाचन आयोग

काठमाडौं,असोज,२८- निर्वाचन आयोगले मन्त्रीपरिषद् विस्तारका कारण निर्वाचनमा प्रतिकुल असर नपर्ने स्पष्ट पारेको छ ।चुनावको पूर्वसख्यामा प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गरेपछि सपथ गराउने नगराउने निर्णय गर्नु अघि राष्ट्रपति विद्यादेवी भण्डारीले आयुक्तहरुसँग परामर्श गर्नु भएको थियो  । छलफलमा आयोग पदाधिकारीहरुले सपथ राष्ट्रपतिको अधिकार क्षेत्रभित्रको विषय भएको बताएका छन् । भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख निर्वाचन आयुक्त […]

नवनियुक्त मन्त्रीहरुको सपथ साँझ ७ बजे हुने

काठमाण्डौं,असोज,२८- नवनियुक्त मन्त्रीहरुको सपथ साँझ ७ बजे हुने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको सपथ आज साँझ ७ बजे खुवाउने कार्यक्रम तय भएको जानकारी दिनुभयो । राष्ट्रपति भण्डारीले निर्वाचन आयोगका पदाधिकारीहरुसँगको परामर्शपछि नवनियुक्त मन्त्रीको सपथको समय तोकेकी हुन्। निर्वाचन घोषणा भइसकेको अवस्थामा प्रधानमन्त्री देउवाले राप्रपालाई समेटेर सरकार […]

निर्वाचन आयोगद्वारा सरकारलाई २७ बुँदे निर्देशन

काठमाडौं, असोज,२८- निर्वाचन आयोगले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको व्यवस्थापनको आवश्यक प्रबन्ध मिलाउन नेपाल सरकारलाई २७ बुँदे निर्देशन जारी गर्ने निर्णय गरेको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा शनिबार बसेको बैठकले उक्त निर्देशन कार्यान्वयनका लागि मुख्यसचिवमार्फत् सरकारसमक्ष लेखी पठाउने निर्णय गरेको आयोगका प्रवक्ता नवराज ढकालले […]

आज ५९२ शांसदलाई बाटो खर्च दिएर बिदाई गरिदै

 काठमाडौं,असोज,२८- संविधान जारी गरेपछि संविधानसभाबाट व्यवस्थापिका संसद्मा रुपान्तरित भएको व्यवस्थापिका संसदको सांसदहरुलाई बिधिबत् तरिकाले आज बिदाई गरिंदैछ । संसदको शुक्रबार बैठक अन्तिम भएपनि आज विशेष बैठक डाकी सांसदहरुलाई विधिवत बिदाई गरिने भएको छ । सांसदहरुले असोज महिनासम्मको तलब भत्ता र सुबिधा लगायत यातायात खर्च पाउने छन् । अन्तिम बैठकसँगै संविधानसभाबाट २४ महिनाअघि रुपान्तरित संसद्को अन्त्य पनि […]