नवलपरासीमा राजापाका २० जना पक्राउ

नवलपरासी, असार ४- राष्ट्रिय जनता पार्टीका नवलपरासी जिल्ला अध्यक्ष पुरन चौधरीसहित २० जनालाई प्रहरीले  आज पक्राउ गरेको छ । दोस्रो चरणको स्थानीय तह निर्वाचनको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम विथोल्ने आशंकामा प्रहरीले रोयल परासी होटलबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुले मनोनयनपत्र दर्ता कार्यक्रमलाई प्रभावित गर्नेबारे छलफल गरिरहेको हुनसक्ने प्रहरीले आशंङका गरेको हो ।

ब्रेकिङ न्यूज : बाँकेमा काँग्रेस उम्मेदवारले दलबलसहित मनोनयन दर्ता गर्दै

बाँके,असार,४- आज बाँकेमा बिभिन्न राजनीतीक दलका उम्मेदबारहरुले मनोनयन दर्ता गर्दैछन् । आठ स्थानीय तह र ८१ वटा वडा रहेको बाँकेमा काँग्रेस उम्मेवारले आज दलबलसहित मनोनयन दर्ता गर्दैछन । नेपालगन्ज उपमहानगरपालिकामा काँग्रेसले विहान ११ बजे क्षेत्रीय निर्वाचन कार्यायलमा उम्मेदवारी दर्ता गर्दैछ । मेयरमा चर्चित डाक्टर सुरेशकुमार कनोडिया र उपमेयरमा युवा नेतृ उमा थापामगरलगायत २३ वटै वडाका […]

पश्चिम दाङमा निर्वाचन सामाग्री लुटियो

 नरेश खड्का, दाङ,असार,४- शान्ति नगरगाँउपालिका दाङमा खटिएका २ जना मतदाता शिक्षा कार्यकर्ताबाट मतदाता शिक्षा सामाग्री लुटिएका छन् । शान्तिनगर गाँउपालिका वडा नम्वर ३ मा खटिएका बिमला खडका केसी र गीता भण्डारीलाई एक समुहले शनिबार बिहान ११ बजेतिर लुटेका हुन । मुखमा पट्टी बाध्येका ४÷५ जनाको एक समुहले उनिहरुको साथमा रहेका मतदाता शिक्षा सामाग्री लुटेको बताईएको […]

टीकापुर घटनासँग जोडिएका रेशम चौधरीलाई क्षतिपुर्ती

काठमाण्डौ,असार,३- कैलालीको टीकापुरमा ९ जनाको ज्यान जाने गरी र भएको थरुहट आन्दोलका पीडितहरुलार्इ सरकारले क्षतिपूर्ति वितरण गरेको छ। मन्त्रिपरिषदले गरेको बिशेष निर्णयअनुसार पीडितलार्इ शुक्रवार इलाका प्रशासन कार्यालय टीकापुरमा वोलाएर राहात बितरण गरिएको कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताएका छन। घटनाको दोश्रो दिन भएको तोडफोड र आगजनीका पीडितलाई २१ महिनापछि हामी राहात बितरण गरिएको हो। […]

न तात्यो आन्दोलन, न चुनावी सरगर्मी

वीरगञ्ज,असार, ३- न चुनाव पक्षधरले चाहेअनुसार तोकिएको समयमा निर्वाचन हुन पायो न त्यसविरुद्ध गरिएको आज्दोलन सशक्त बन्यो । राष्ट्रिय जनता पार्टीको आह्वानमा मंगलबारदेखि गरिएको चारदिने हड्ताल फिर्ता हुनुअगावै शुक्रबार वीरगञ्ज बजार खुल्यो । आन्दोलनरत दललाई सहमत नगराइकन सरकारले निर्वाचन मिति अढाइ महिना सारेपछि असन्तोष देखिएको हो । आजको नागरिकमा खबर छ ।

खेत बाटै दौडिय कालि बहादुर घर्ति

लक्ष्मी बि.सी, बाँके,असार,२- नेपालगन्ज उप महानगरपालिका वडा नं १९ आलानगर निवासी ६४ बर्षिया कालि बहादुर घर्ति बिहीबार बेलुका धानको बिउ छर्न खेतमा ब्यस्त देखिन्थे । बिउ छर्न खेतमा ब्यस्त रहेका उनले खेतमा नै आफ्नो हाकीमलाई देखेपछि छक्क पर्दै भने तपाई मेरो हाकिम होइन् र ? २८ बर्ष भेरि अञ्चल अस्पतालमा काम गरि अवकास प्राप्त काली […]

निर्वाचन आचार संहिता मिच्दै दलहरु, चुनावमा बालबालिकाको प्रयोग

बाजुरा, असार,१- बाजुरा जिल्लाका राजनीतिकदले स्थानीय तहको चुनावमा आचार संहिता मिच्दै प्रचार प्रसारलाई तिब्रता दिएका छन् । चुनावी कार्यक्रममा बालालिकाको प्रयोग गर्दै उनीहरुले आचार संहिता मिचेका हुन् । चुनाव चिन्ह अंकित लोगो भएका टिसर्ट, टोपी बालबालिकालाई लगाउन लगाएर चुनावी प्रचार प्रसार गर्र्दै दलहरुले आचार संहिता उल्लङ्घन गरेका हुन् । आचार संहिताको अनुगमनको जिम्मेवारी पाएको अनुगमन […]

दुई नम्बर प्रदेशमा असोज २ गते निर्वाचन गर्ने सरकारको निर्णय

काठमाण्डाैं,असार, १- सरकारले दुई नम्बर प्रदेशमा आगामी असोज २ गते निर्वाचन गर्ने निर्णय गरेको छ । राष्ट्रिय जनता पार्टी नेपालसँगको छलफलपछि सत्तारुढ दलले दुई नम्बर प्रदेशमा निर्वाचन तत्कालका लागि स्थगित गर्ने निर्णय गरेका थिए । निर्वाचन आयोग पदाधिकारीसँग अपरान्ह छलफल गरे लगत्तै बसेको मन्त्रिपरिषद् बैठकले आगामी असोज २ गते सोमवार निर्वाचन गर्ने निर्णय गरेको हो […]

सरकारले प्रदेश नम्बर २ को चुनाव तेस्रो चरणमा गर्ने

काठमाडौं, असार,१- सरकारले प्रदेश नम्बर २ को चुनाव तेस्रो चरणमा गर्ने भएको छ । राष्ट्रिय जनता पार्टी नेपाललाई चुनावमा ल्याउनका लागि सिंहदरबारमा आज भएको छलफलमा सत्तारुढ दल काँग्रेस र माओवादी केन्द्रले यस्तो प्रस्ताव गरेका हुन् । चुनावको मिति भने अहिले प्रस्ताव गरिएको छैन । बैठकमा सत्तापक्षले दोस्रो चरणको निर्वाचनका लागि भोली हुने उमेद्बारी मनोनयन पनि […]

खुमबहादुरको गृह जिल्ला दाङमा सबै उम्मेद्वार उनि निकटका

नरेश खड्का, दाङ, असार,१- नेपाली कांग्रेसले दाङमा मेयर र उपमेयरका उम्मेद्वार बुधबार टुङ्गो लगाएको छ। तुलसीपुर उप–महानगरपालिकाको मेयरमा कांग्रेसले पूर्वसांसद गेहेन्द्र गिरीलाई उम्मेदवार बनाएको छ। गिरी नेपाली कांग्रेस दाङको दुई कार्यकाल सभापति भइसकेका नेता हुन्। पार्टीको १३औं महाधिवेशनमा तुलसीपुर नगरको सभापतिमा निर्वाचित उनी महाधिवेशन प्रतिनिधिमा आउन नसक्दा जिल्लामा फेरि छाउने चाहानामा भने ब्रेक लागेको थियो। […]