निर्वाचन आयोगले अनुगमन टोली परिचालन गर्ने

काठमाडौं, असार,५- निर्वाचन आयोगले दोस्रो चरणको स्थानीय तह निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन विशेष अनुगमन टोली परिचालन गर्ने बताएको छ । आयोगका सचिव गोपीनाथ मैनालीले आज निर्वाचन प्रचार–प्रसार र मौनअवधिमा आचारसंहिता उल्लंघन हुन नदिइने बताउनुभयो । उम्मेदवारको मनोनयन विवरण जिल्लाहरुबाट आउनेक्रम जारी रहेको र केही जिल्लाहरुमा सम्पर्कमाध्यममा समस्या आएकाले तथ्यांक आउन ढिलाइ भइरहेकोसमेत सचिव […]

राजपाले सरकारसँगको सहमतिमै स्वतन्त्र उम्मेदवार दिएको गृहमन्त्री शर्माको भनाई

बुटवल, असार, ५- स्थानीय तहको निर्वाचनको विषयमा  आज बुटवलमा सुरक्षा गोष्ठी सम्पन्न भएको छ ।गृहमन्त्री जर्नादन शर्माको उपस्थितिमा रुपन्देहीसहित ६ जिल्लाका प्रमुखहरुको बैठक गरिएको हो । बैठकमा गृहसचिव लोकदर्शन रेग्मी, निर्वाचन आयुक्त सुधीरकुमार शाह, पश्चिमाञ्चल क्षेत्रीय प्रशासक बेगेन्द्र शर्मा पौडेल, नेपाली सेनाका रथी बलदेवराज महत, मुख्य अनुसन्धान निर्देशक दिलिपराज रेग्मीलगायतको सहभागिता रहेको थियो । बैठकपछि […]

घुर्की देखाएर जनताको भविष्यमाथि खेलवाड नगर्न काँग्रेस नेता महतको चेतावनी

काठमाण्डाैं,असार, ५- नेपाली काँग्रेसका नेता रामशरण महतले आन्दोलनको घुर्की देखाएर मधेसका जनताको भविष्यमाथि खेलवाड नगर्न चेतावनी दिनु भएको छ । धनकुटामा आज आयोजित पत्रकार सम्मेलनमा नेता महतले आन्दोलनरत राजपालाई स्थानीय तहको निर्वाचनमा सहभागी गराउन सरकारले देखाएको अधिकतम लचकता र उदारतालाई कमजोरीका रुपमा नलिन आग्रह गर्नुभयो । उहाँले प्रजातन्त्रमा सबैको चित्त बुझाउन नसकिने भन्दै सारिएको मितिमा […]

बझाङमा काँडा गाँउपाली ५ बाट एमालेको विजयी सुरुवात

होम योगी, बझाङ, असार,५- नेकपा एमाले बझाङको काँडा गाँउपालीका ५ मा प्यानल निर्विरोध निर्वाचित भएको छ । काडाँ गाउँपालिका ५ मा एमालेका वडा अध्यक्ष धन्नजय बोहराको प्यानल निर्विरोध निर्वाचित भएको स्थानीय गोरख बहादुर बोहराले बताए । आईतबार भएको मनोनय दर्तामा काडाँ गाउँपालिका ५ बाट अन्य दलको उम्मेदवारी उम्मेदवारी नपरेपछि एमालेका वडा अध्यक्ष पदका उम्मेदवार धन्नजय […]

नक्कली सिआइवी बनी काठमाडौंमा लुटपात गर्ने दाङका कुलानन्द र आसिका पक्राउ

नरेश खड्का,  दाङ, असार ,५- सिआइवी प्रहरी हुँ भन्दै काठमाडौं उपत्यकाभित्र ठगी र अपहरण धन्दा मच्चाउने गिरोहलाई प्रहरीले पक्रेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले गिरोहलाई राजधानीका विभिन्न स्थानबाट पक्रेको हो । पक्राउ पर्नेमा साविक सैघा–६ दाङका ३१ वर्षीय कुमानन्द भन्ने कोमानन्द खड्का, दाङ घोराही–३ की १९ वर्षिया शुरु केसी भनिने असिका परियार, […]

दाङमा मध्यरातमा बिप्लबद्वारा उम्मेदवारहरुकाे घर-घरमा कालाे झन्डा

नरेश खड्का, दाङ, असार,५- कथित स्थानीय चुनावको खारेज माग गर्दै आएको नेपाल कम्युनिष्ट पार्टी दाङले स्थानीय तहका उम्मेद्वारहरूको घरमा कालो झण्डा गाडेको छ ।दाङका सबै नगर तथा गाउँपालिकाको उम्मेद्वारहरूको घरघरमा कालो झण्डा गाड्नुका साथै चुनाव खारेजीको अपील समेत गरेको छ । तुलसीपुर तथा घोराहीको मेयर उपमेयर, लमही नगर प्रमुख उपप्रमुख तथा सबै गाउँपालिका अध्यक्ष उपाध्यक्ष […]

दाङका दशवटै तहमा शान्तिपूर्वक मनोनयन दर्ता (नामावली सहित)

नरेश खड्का, दाङ,असार, ५- स्थानीय तह निर्वाचनका लागि दाङमा सबै तहहरुमा शान्तिपूर्वक उमेद्धारी दर्ता भएको छ । मुख्य दलहरु सँगै साना दलहरु र स्वतन्त्ररुपबाट नेताहरुले उमेद्धारी दर्ता गराएका छन् । उमेद्धारहरु बाजागाजा र मतदाताहरु सहित मनोनयन गर्ने स्थलमा पुगेका थिए । जिल्लाका १० स्थानीय तहमा दलहरुले दर्ता गराएको उमेद्धारी हेर्नुहोस । नेपाली कांग्र दाङले दश […]

बाँकेका गाउँपालिका स्तरमा उत्साहपुर्ण रुपमा उम्मेदवारी दर्ता

नेपालगञ्ज,असार, ४- बाँकेका गाउँपालिका स्तरमा समेत उत्साहपुर्ण रुपमा उम्मेदवारी दर्ता गरिएको छ । ६ वटा गाउँपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयमा काङग्रेसका तर्फबाट गाउँपालिका प्रमुख, उपमेयर र वडा अध्यक्ष उम्मेदवारहरुले उत्साह र शान्तिपूर्ण रुपमा पूर्ण रुपमा उम्मेदवारी दर्ता गराएका हुन् । वैजनाथ गाउँपालिकामा एमाले र माओवादी कार्यकर्ताबीच झडपपछि केही अशान्ति भएको थियो । कोहलपुर नगरपालिकामा काँगे्रसका तर्फबाट […]

बाजुरामा काँग्रेस एमालेका कार्यकर्ताबीच झडप, एकको मृत्यु दर्जनौ घईते

बाजुरा,असार,४- बाजुराको छेडेदह गाउँपालिकाकाको उम्मेदवारी दर्ता गर्ने क्रममा एमाले र कांग्रेस कार्यकर्ताबीच झडप भएको छ। झडपमा छेडेदह गाउँपालिका ५ का ५० वर्षका हंशबहादुर रावत रहेको जिल्ला प्रहरी कार्यालयमा प्रहरी निरिक्षक दल बहादुर बोगटीले जानकारी दिनुभयो ।  नारावाजी गर्दै आइरेहेका दुई दलका कार्यकर्ताबीच पहिला हात हालाहाल भएको र पछि ढंगामुढा र घरेलु हतियारसहित मुठभेड भएको थियो । झडपमा […]

बाँकेमा दोस्रो चरणको निर्वाचनका लागि दलहरुद्वारा उम्मेदवारी दर्ता

बाँके,असार,४- स्थानिय तहको दोस्रो चरणको निर्वाचनका लागि आज दलहरुले उम्मेदवारी दर्ता गराइरहेका छन् । बाँकेका ८ वटै स्थानीय तहमा काँगे्रस लगायतका दलका तर्फबाट उम्मेदवारहरुले विभिन्न पदमा उम्मेदवारी दर्ता गराईरहेका छन् । नेपालगञ्जस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगन्जमा सबै भन्दा पहिले काँगे्रसका तर्फबाट उम्मेदवाहरुले उम्मेदवारी दर्ता गराएका हुन् । नेपाली काँग्रेस बाँकेका तर्फबाट नेपालगन्ज उपमानगरपालिकाको मेयर […]