भर्ना छुटेका बिद्यार्थीहरु तत्काल भर्ना लिन क्याम्पस प्रशासनलाई दबाद

बाँके,फागुन ३-नेपाल बिद्यार्थी संगठन इकाई कमिटी महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जले भर्ना लिन छुटेका बिद्यार्थीहरु तत्काल भर्ना लिन क्याम्पस प्रशासनलाई दबाद दिएको छ । बिद्यार्थी हकहितका लागि लड्दै आएका अन्य बिद्यार्थी संगठनहरुले स्नातक दोश्रो र तेस्रो बर्षका लागि भर्ना छुटेका बिद्यार्थीहरुको भर्ना प्रक्रियामा अबरोध पुर्याएका कारण नेविसंघ महेन्द्र बहुमुखी क्याम्पसले घोर आपत्ति प्रकट गरेको छ । […]

निर्वाचनपछि मुलुकले आर्थिक समृद्धि हासिल गर्छ : अर्थमन्त्री महरा

काठमाण्डौ,फागुन ३-उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले निर्वाचनपछि मुलुकले आर्थिक समृद्धि हासिल गर्ने बताउनु भएको छ । गरिबी निवारण कोषको आगामी रणनीतिमा महिलाको आर्थिक क्षेत्रमा सहभागीता अभिवृद्धि विषयक गोष्ठीको आज राजधानीमा उद्घाटन गर्दै मन्त्री महराले तीन वटै तहको निर्वाचनपछि मुलुक समृद्धतर्फ अघि बढ्ने बताउनु भएको हो । आर्थिक समृद्धिका लागी राज्यको हरेक अंगमा महिलाको सहभागीता बढाउनुपर्ने […]

जनसंख्यासम्बन्धी सम्पूर्ण तथ्यांकलाई संघीय संरचनाअनुसार व्यवस्थित गरिने

काठमाण्डौं,फागुन ३-राष्ट्रिय जनसंख्या परिषद्ले जनसंख्यासम्बन्धी सम्पूर्ण तथ्यांकलाई संघीय संरचनाअनुसार व्यवस्थित गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज बसेको जनसंख्या परिषद्को बैठकले जनसंख्या सम्बन्धी सम्पूर्ण तथ्यांकलाई संघीय संरचनाअनुसार विद्युतीय अभिलेखीकरण गर्ने निर्णय पनि गरेको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले व्यवस्थित र आधुनिक जीवन पद्दतिका लागि जनसंख्या नियन्त्रण र व्यवस्थापन महत्वपूर्ण हुने भन्दै तथ्यांकलाई […]

खाद्य अधिकार व्यवस्था सम्बन्धी अन्तरक्रिया कार्यक्रम नेपालगंजमा

मधुपौडेल, बाँके,फागुन ३-बाँच्न पाउने अधिकारको अधार खाद्य अधिकार भन्ने सम्वन्धको सन्दर्भ जोड्दै खाद्य अधिकारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रारम्भीक मसौदा उपर सुझाव संकलन गर्ने सम्वन्धमा सरोकारवालाहरु संगको अन्तरक्रिया कार्यक्रम नेपालगंजमा भएको छ  । फियन नेपाल र राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रिय कार्यलय नेपालगंजको आयोजनमा उक्त अन्तरक्रिया भैरहेको कुरा फियनका क्षेत्रिय संयोजक सुरेश  गौतमले जनाकारी […]

स्ववियु निर्वाचनमा १० वटा विद्यार्थी संगठनले भाग लिने प्रतिवद्धता

काठमाण्डौं,फागुन २-फागुन १४ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा १० वटा विद्यार्थी संगठनले भाग लिने प्रतिवद्धता जनाएका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा अनेरास्ववियू, नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, मधेशी विद्यार्थी फोरम लोकतान्त्रिक, अखिल पाँचौ, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका नेताहरूले तोकिएकै मितिमा निर्वाचन गर्न आफुहरू तयार रहेको बताए । अनेरास्ववियू विद्यार्थी संगठ्नकी अध्यक्ष […]

माघ ७ गतेभित्र तीनवटै तहको निर्वाचनमा सघाउन प्रधानमन्त्रीको आग्रह

काठमाण्डौं,फागुन २-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विगत ७० वर्षदेखिका जनक्रान्ति तथा जनआन्दोलनको उपलब्धिको रक्षार्थ संविधान कार्यान्वयनको विकल्प नभएको बताउनुभएको छ । छैटौंँ विश्व रेडियो दिवसका अवसरमा सामुदायिक रेडियो प्रसारक सङ्घ (एर्कोयाव)ले आज आयोजना गरेको कार्यक्रममा उहाँले संविधान कार्यान्वनका लागि आगामी माघ ७ गतेभित्र तीनवटै तहको निर्वाचन गर्ने कार्यमा सघाउन सबैसँग आग्रह गर्नुभयो । संविधानअनुसार निर्वाचन गराउन […]

बाँकेका स्थानीय निकायका कर्मचारी आन्दोलीत : सेवाग्राहि मर्कामा

बाँके,फल्गुन २-बाँँकेका स्थानीय निकायका कर्मचारीको आन्दोलनले सेवाग्राहि मर्कामा परेका छन् । आज उनीहरुले सरकारी कार्यालयका प्रमुखलाई कार्यालय प्रवेशमा रोक लगायका छन् । निजामती कर्मचारी भन्दा तल्लो तहमा राखेर विभेदकारी समायोजन नीति बनाउन लागिएको भन्दै हिजोदेखि देशभरका स्थानीय निकायहरु ठप्प पारिएका छन् । स्थानीय निकायका कर्मचारी संगठनहरुको आह्वानमा बाँकेसहित देशभरका जिल्ला विकास समिति, महानगरपालिका, उपमहानगर, नगर […]

महेन्द्र बहुमुखीको स्ववियू निवार्चन अनिश्चित

बाँके,फल्गुन २-बाँकेको महेन्द्र बहुमुखी क्याम्पस नेपालगंजको स्वतन्त्र विद्यर्थी यूनीयन स्ववियू को निर्वाचन अनिश्चित भएको छ । निर्वाचन कार्यालय र लेखा शाखामा विभिन्न ४ विद्यार्थी संगठनले लगाएको ताला नखुलेपछि स्ववियू निर्वाचन अनिश्चित भएको हो । निर्वाचन मिति सार्नु पर्ने माग गर्दै विप्लव माओवादीको विद्यर्थी संगठन अखिल क्रान्तीकारीले निर्वाचन कार्यालयमा ताला लगार्एपछि आईतबार हुने भनेको स्ववियू निर्वाचनको […]

स्ववियु चुनावको प्रक्रिया आजदेखि सुरु हुँदै

काठमाडौं, फागुन १ – यही फागुन १४ गतेका लागि तोकिएको स्वतन्त्र विद्यार्थी युनियनको चुनावको प्रक्रिया आइतबारदेखि सुरु हुँदैछ । पहिलो दिन आइतबार मतदाता नामावली प्रकाशन गरिने कार्यसूचि छ । नयाँ सेमेस्टर वा शैक्षिक वर्षका लागि माघ १५ गतेसम्म र पुराना वर्ष र सेमेस्टरमा शुक्रबारसम्म भर्ना भएका विद्यार्थीको नाम मतदाता सूचिमा प्रकाशित गरिने त्रिभुवन विश्वविद्यालयले जनाएको […]

मन्त्री पाण्डले लगाए नेपालगन्जको सडकमा झाडु

बाँके,माघ २९-नेपालगंजमा गरिदै आएको साप्ताहिक सरसफाई कार्यक्रममा संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले नेपालगन्जको सडकमा आज झाडु लगाउनु भएको छ । उहाँले पुष्पलाल चोकदेखि कारकाँदो चोकसम्मको सडकमा झाडु लगाउनुका साथै फोहर संकलन गर्नुभयो ।मन्त्री पाण्डेले नेपाल कम्यूनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको शालिकमा विभिन्न राजनीतिक दलले टाँसेको पम्पलेट उखेलेर फल्नु भएको थियो । त्यसपछि […]