मधेसी मोर्चासँगको बालुवाटार बैठक अनिर्णित, बुधबार फेरि बस्ने

काठमाडौं, माघ १७-प्रमुख सत्तारुढ दल र मधेसी मोर्चाबीचको बैठक बिना निर्णय सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहान बसेको बैठकमा मधेसी मोर्चाले स्थानीय तहको संख्याको विषय प्रमुखताका साथ उठाएको थियो।संविधान संशोधनलाई प्रमुख विषय बनाउँदै आएको मोर्चाले यसपटक भने स्थानीय तहको संख्याका विषय अघि सारेको हो।जनसंख्याको अनुपातमा स्थानीय तह पनि हुनुपर्‍यो, मधेसमा जनसंख्या ५२ प्रतिशत छ भने […]

सार्वजनिक लेखा समितिको सभापतिमा उपाध्याय निर्वा्चित

काठमाण्डौं,माघ १७- सार्वजनिक लेखा समितिको सभापतिमा माओवादी केन्द्रका सांसद डोरप्रसाद उपाध्याय निर्वा्चित हुनुभएको छ । समितिको सोमबार भएको निर्वाचनमा माओवादी र कांग्रेससहितका सत्तापक्षीय उम्मेदवार उपाध्याय निर्वा्चित हुनुभएको हो । उहाँले २३ मत पाउँदा एमालेका उम्मेदवार पशुपति चौलागाईंले १६ मत पाए । सत्तापक्ष राप्रपाले भने एमाले उम्मेदवार चौलागाईंलाई मत दियो । माओवादी नेता जनार्दन शर्मा ऊर्जामन्त्री […]

संविधान कार्यान्वयन गर्न सहिदको सपना प्रेरणादायीः प्रधानमन्त्री

काठमाडौं, माघ १६-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न तथा नयाँ संविधानको कार्यान्वयनमार्फत देशलाई समृद्ध बनाउन सहिदहरूको सपना तथा योगदान सधैँ प्रेरणादायी हुने बताउनु भएको छ । सहिद दिवसका अवसरमा प्रधानमन्त्री प्रचण्डले दिएको सन्देशमा देशको स्वतन्त्रताको पक्षमा निरङ्कुशताविरुद्ध उभिएर विभिन्न आन्दोलन, जनआन्दोलनका समयमा आफ्नो जीवन बलिदान गर्ने महान सहिदको योगदान सधैँ स्मरणीय रहने […]

आज शहीद दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाईंदै

काठमाडौं, माघ १६ –आज माघ १६ अर्थात् शहीद दिवस । देशभर विभिन्न कार्यक्रम गरी शहीद दिवस मनाईंदै छ ।देश र जनताको हित र अधिकारका लागि जीवन त्याग गर्ने शहीदप्रति सम्झना र सम्मान प्रकट गर्दै यो दिवस मनाइने गरिन्छ । नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहानियाँ राणा शासन, निरंकुश पञ्चायती व्यवस्था तथा राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति […]

संविधान संशोधन नभए चुनावमा नजाने सहमहामन्त्री मिश्रको भनाई

बाँके,माघ १६-संविधान संशोधन नभईकन चुनावमा जान नसक्ने तराई मधेश लोकतान्त्रीक पार्टीका सहमहामन्त्री पशुपती दयाल मिश्रले बताउनु भएको छ । रेडियो भेरी आवाजको नियमीत कार्यक्रम साझा वहसमा आज कुराकानी गर्दै मिश्रले अधिकार प्राप्त नभए सम्म विकासका कुरा गरेर सम्भव नहुने बताउनुभयो । बलजफती चुनावमा गए आफूहरु आन्दोलनमा जाने र देश झन समस्यामा पर्ने उहाँले बताउनुभयो । […]

स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक

कठमाण्डौं,माघ १५-त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते गर्ने स्वतन्त्र विद्यार्थी युनियनको (स्ववियु) निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।त्रिविले स्ववियु निर्वाचनको लागि फागुन १ गतेदेखि सुरु हुने गरी आज निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको त्रिविका विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनायलका कार्यकारी निर्देशक गङ्गाबहादुर थापाले जानकारी दिनुभयो ।उहाँका अनुसार फागुन १ गते मतदाताको नाम प्रकाशित गर्ने, फागुन ४ […]

माइती नेपालकी संस्थापक अनुराधालाई भारतको पद्मश्री सम्मान

काठमाडौं, माघ १३-माइती नेपालकी संस्थापक अनुराधा कोइरालालाई भारत सरकारले पद्मश्री सम्मान प्रदान गरेको छ ।काठमाडौंस्थित भारतीय दूतावासले आफ्नो ट्वीटर मार्फत कोइरालालाई बधाई दिएको छ । पद्मश्री भारत सरकारले आफ्नो मुलुकका र बाहिरका विभिन्न क्षेत्रमा योगदान पुर्‍याउनेहरुलाई प्रदान गर्ने सम्मान हो । उदाहरणीय सामाजिक कार्य गरेबापत २०१७ को पद्मश्री पाउने अनुराधा एक्ली विदेशी हुन् । कोइरालाले […]

गणतन्त्र दिवसमा,भारतले नेपाललाई २० एम्बुलेन्स र ४ बस उपहार दियो

काठमाडौं, माघ १३– भारतले आज आफ्नो ६८ औं गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाउँदै छ । गणतन्त्र दिवसका अवसरमा नेपालस्थित भारतीय राजदूतावासले समेत विभिन्न कार्यक्रम गरेको छ । दूतावासभित्रै गरिएको कार्यक्रममा भारत सरकारले नेपालका विभिन्न जिल्लाका अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई २० वटा एम्बुलेन्स र ४ वटा बस उपहार प्रदान गरेको छ । त्यसैगरी […]

३९ जना वरिष्ठ प्रहरी उपरिक्षकहरुको सरुवा

काठमाण्डौँ, माघ,१३ –  सरकारले ३९ जना वरिष्ठ प्रहरी उपरिक्षकहरुको सरुवा गरेको छ । गृहमन्त्रालयले गएराती उनीहरुको सरुवा गरिएको जनाइएको छ ।उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधी र प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालबीचको सहमतिमा ३९ जना एसएसपीहरुको सरुवा गरिएको हो ।यसरी सरुवा हुनेमा महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख सर्वेन्द्र खनाल महानिरीक्षकको सचिवालयमा ल्याइएको छ । उहाँको ठाउँमा दिनेश […]

२५० युवाहरु नेपाली काँग्रेसमा प्रवेस

मधु पौडेल बाँके,माघ १२ –नेपाली काँग्रेसमा आज २५० युवाहरुले पार्टी प्रवेस गरेका छन् । नेपाली कागे्रसले बाँकेको वागेश्वरी गाविस २ मा गरेको वडाभेलामा २ सय ५० युवाहरुले नेपाली काँगे्रसमा प्रवेस गरेका हुन् । पार्टी प्रवेश गर्नेहरुमा एमाले ,माओवादी र राप्रपा लगाएतबाट आएको नेपाली काँग्रेस बाँकेका संगठन विभाग प्रमुख महेन्द्र मल्लले बताउनुभयो । उहाँले जुरामा पनि […]