काठमाडौं,चैत्र,२५-नेपाल बार एशोसिएशनको अध्यक्षमा गोपालकृष्ण घिमिरेको जित सुनिश्चित भएको छ । बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेसागत कानुन व्यवसायी समूहबाट अध्यक्षमा चुनाव लडेका घिमिरेले ३ हजार ७ सय २८ मत पाइसकेका छन् । उनका प्रतिस्पर्धी विष्णुमणि अधिकारीले १ हजार ९ सय ७७ मत पाएका छन् । अब गणना हुन करिब १५ सय मत मात्र बाँकी […]
राजनीति
निर्वाचन आयोगले हटायो ७१ निर्वाचन अधिकृत, नयाँ नियुक्ति
काठमाडौं,चैत्र,२४-निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नियुक्त ७१ निर्वाचन अधिकृतलाई १० दिन नबित्दै हटाएको छ, सट्टामा नयाँ कर्मचारीलाई ल्याएको छ। आयोगले बुधबार जारी गरेको सूचनाअनुसार यही चैत १३ गते गोरखापत्रमा प्रकाशित निर्वाचन अधिकृतको अनुसूची–१ बमोजिमका ७१ निर्वाचन अधिकृतलाई ‘विभिन्न कारण’ बुधबार (चैत २३ गते) देखि नै हटाइएको हो। उनीहरूको ठाउँमा […]
लिम्पियाधुरा सहितका सीमा विवाद द्धिपक्षीय संयन्त्रमार्फत समाधान गर्न मोदीसँग देउवाको आग्रह
काठमाडौं,चैत्र,१९-प्रधानमन्त्री शेरबहादुर देउवाले लिम्प्यिाधुरा लगायतका नेपाल-भारतबीचको सीमा विवाद द्धिपक्षीय संयन्त्रमार्फत समाधान गर्न भारतीय समकक्षी नरेन्द्र मोदीसँग आग्रह गर्नुभएको छ । नयाँदिल्लीको हैदराबाद हाउसमा शनिबार भएको द्धिपक्षीय भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा उहाँले समकक्षी मोदीसँग सीमा विवादको कुरा उठाउनुभएको हो । प्रधानमन्त्री देउवाले आफूहरूबीच सीमा विवादका विषयमा छलफल भएको र द्विपक्षीय संयन्त्रमार्फत समाधान गर्न आग्रह गरेको […]
प्रधानमन्त्री देउवाले आज भारतीय समकक्षी मोदीसँग भेटवार्ता गर्ने
नयाँदिल्ली,चैत्र,१९-तीन दिने औपचारिक भारत भ्रमणमा रहनु भएका प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार (आज) दिउँसो आफ्ना समकक्षी तथा भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीसँग भेटवार्ता गर्नु हुने भएको छ। देउवा र मोदीबीच पूर्वनिर्धारित कार्यक्रम अनुसार हैदरावाद हाउसमा भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । उक्त वार्तामा नेपाल र भारतीय पक्षबीचको प्रतिनिधिमण्डलस्तरीय छलफल हुनेछ । प्रधानमनत्री देउवाको सम्मानका लागि समकक्षी […]
प्रधानमन्त्री देउवा आज भारत भ्रमणमा जाँदै, यस्तो छ भ्रमण तालिका
काठमाडौं,चैत्र,१८-प्रधानमन्त्री शेरबहादुर देउवा आज शुक्रबार भारतको तीन दिने भ्रमणका लागि नयाँदिल्ली जाँदै हुनुहुन्छ ।मध्यान्ह नेपाल वायु सेवा निगमको उडानबाट उहाँ दिल्ली प्रस्थान गर्ने कार्यक्रम रहेको छ । गत असारमा प्रधानमन्त्री बनेपछि देउवाको यो पहिलो औपचारिक विदेश भ्रमण हो ।प्रधानमन्त्री देउवाको भ्रमण टोलीमा पत्नी आरजु देउवा, परराष्ट्रमन्त्री डा नारायण खड्का, तथा अन्य मन्त्रीहरु, उच्च पदस्थ कर्मचारी, […]
सरकारले सार्वजनिक सवारीको भाडा १४ प्रतिशत बढायो
काठमाडौँ,चैत्र,१७-सरकारले सार्वजनिक सवारीको भाडा १४ प्रतिशत बढाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आज (बिहिबार) सार्वजनिक सवारीको भाडा १४ प्रतिशत बढाएको हो।यसअघि पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै यातायात व्यवसायीहरुले भाडा बढाउनुपर्ने माग गर्दै आएका थिए । सरकारले भाडा नबढाए आफैं बढाउने चेतावनी समेत दिंदै आएका थिए।रुटगत भाडादर भने आगामी आइतबार प्रकाशित गर्ने विभागले जनाएको छ […]
बिमस्टेकबाट बडापत्र पारित, तीन वटा सम्झौतामा हस्ताक्षर
काठमाडौं,चैत्र,१६-श्रीलंकाको राजधानी कोलम्बोमा चलिरहेको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को पाँचाौ शिखर सम्मेलनले बिमस्टेक बडापत्र पारित गरेको छ । भर्चुअल हस्ताक्षर समारोहपछि शिखर सम्मेलनले बिमस्टेक बडापत्र पारित गरेको आज (बुधबार) परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपालको तर्फबाट प्रधानमन्त्री देउवाले बडापत्रमा हस्ताक्षर गर्नुभएको छ ।बिमस्टेकमा नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, म्यानमार […]
नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच वार्ता,यी विषयमा भयो कुराकानी
काठमाण्डौं,चैत्र,१५-परराष्ट्रमन्त्री डा. नारायण खड्काले भारतीय विदेशमन्त्री डा. एस जयशंकरसँग मंगलवार भेटवार्ता गर्नु भएको छ। बिमस्टेकको १८ औं मन्त्रीस्तरीय बैठकका क्रममा खड्काले भारतीय समकक्षीसँग श्रीलंकाको राजधानी कोलम्बोमा भेटवार्ता गर्नु भएको हो।बिमस्टेक बैठकको साइडलाइनमा दुई परराष्ट्रमन्त्रीबीच वार्ता भएको हो। यो वार्तामा यही चैत १८ गतेदेखि हुन लागेको प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणसहितका विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले […]
चिनियाँ विदेशमन्त्री वाङ यी तिन दिने नेपाल भ्रमण सकेर स्वदेश फिर्ता
काठमाडौं,चैत्र,१३-तीन दिने नेपाल भ्रमणमा आउनु भएका चिनियाँ विदेशमन्त्री वाङ यी स्वदेश फर्किनु भएको छ । विदेशमन्त्री वाङ आइतबार अपरान्ह स्वदेश फर्किनु भएको हो ।उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका कर्मचारीले बिदाई गरेका थिए । शुक्रबार काठमाडौं आउनु भएका विदेशमन्त्री वाङले हिजो समकक्षी डा.नारायण खड्कासँग सिहंहदरबारमा प्रतिनिधिभण्डलसहित भेटवार्ता गर्नुभएको थियो।उहाँले हिजै प्रधानमन्त्री शेरबहादुर देउवासँग बालुवाटारमा पुगेर […]
ओली आतंक बिर्सिन नहुने प्रधानमन्त्री देउवाको भनाई
काठमाडौं,चैत्र,११-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनबिना चितवनमा कांग्रेसले चुनाव जित्न नसक्ने बताउनु भएको छ। शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा देउवाले आफू विद्यार्थी राजनीति गर्दादेखि नै चितवनमा चुनाव जित्न नसकेको बताउनुभयो। ‘चितवनमा कांग्रेसले कहिल्यै चुनाउ जितेको इतिहास छैन।जहिले हारेको हारेइ।कहिले जित्दा पनि जित्दैन’ देउवाको भनाइ उदृत गर्दै एक केन्द्रीय सदस्यले भन्नुभयो,‘ मैले उहिले विद्यार्थी राजनीतिबाटै जानेको […]




