काठमाडौं,असार,२४-नेकपा स्थायी समिति बैठक पुनः स्थगित भएको छ।अर्को बैठक असार २६ गते बिहान ११ बजे बस्नेछ ।सोमबार बस्ने भनिएको बैठक विवादित विषयमा सहमति जुट्न नसकेपछि आज(बुधबार) बस्न लागेको बैठक स्थगित भएको हो । वैठक २६ गते शुक्रवारका लागि सरेको छ । पछिल्लो समय शीर्ष नेतृत्वबीचको विवादको असर पार्टी र सरकार सञ्चालन पनि परेको छ ।विवाद […]
राजनीति
समाजवादी पार्टीद्वारा नेत्री सरिता गिरी निष्काशित, सांसद पद गयो
काठमाडौं,असार,२३-समाजवादी पार्टीले पार्टीको नीतिविपरीत काम गरेको भन्दै नेतृ सरिता गिरीलाई पार्टीबाट निस्कासन गर्ने निर्णय गरेको छ ।मंगलबार बसेको पार्टी कार्यकारीणी समितिको बैठकले गिरीलाई पार्टी र संघीय संसदको सदस्यबाट हटाउने निर्णय गरेको हो । महासचिव रामसहायप्रसाद यादवको नेतत्वमा तीन सदस्यीय कार्यदलको सिफारिस अनुसार निर्णय भएको नेता इस्तियाक राईले जानकारी दिनुभयो । गिरीले संसदमा पार्टीको हृवीप उल्लंघन […]
ओली-दाहालको तीन घण्टा लामो भलाकुसारी, स्थायी कमिटी बैठक नरोक्न सहमति
काठमाडौं,असार,२३-चरम सत्ता संघर्षका कारण फुटको संघारमा पुगेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष स्थगित स्थायी कमिटी बैठक निरन्तर गर्न सहमत भएका छन् । मंगलबार बालुवाटारमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भएको करिब तीन घण्टा लामो वार्तामा स्थायी कमिटी बैठक निरन्तर गर्न सहमति जुटेको हो । आफ्नै आँगनमा […]
नेपाल प्रहरीको महानिरीक्षकमा शैलेश थापा नियुक्त
काठमाडौं,असार,२३-नेपाल प्रहरीको महानिरीक्षकमा अतिरिक्त महानिरीक्षक (एआइजी) शैलेश थापालाई नियुक्त गरिएको छ ।मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले नेपाल प्रहरीको महानिरीक्षकमा थापालाई बढुवा गर्ने निर्णय गरेको हो । प्रहरी प्रधान कार्यालय मानवस्रोत तथा प्रशासन विभाग प्रमुखमा कार्यरत नवनियुक्त महानिरीक्षक थापा बढुवासँगै नेपाल प्रहरीको २८ औं महानिरीक्षक बन्नुभएको हो । वर्तमान आइजिपी ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे सेवा अवधिका कारण […]
मन्त्रिपरिषद बैठक आज बस्दै, बैठकले प्रहरी प्रमुख चयन गर्ने
काठमाडौं,असार,२३-मन्त्रिपरिषद बैठक आज बस्दैछ । बैठक आज दिउँसो ४ बजेका लागि बोलाइएको छ । आजको मन्त्रिपरिषदबाट नेपाल प्रहरीको नयाँ प्रहरी प्रमुख चयन गरिने बताइएको छ । नेपाल प्रहरीका प्रमुख ठाकुरप्रसाद ज्ञवालीको कार्यकाल भोलि सकिदैछ । आईजीपी ज्ञवालीले ३० वर्षे सेवा अवधीको कारण भोलिबाट अनिवार्य अवकाश पाउनुहुनेछ । उहाँले फागुनदेखि प्रहरी निरीक्षकको कार्यभार सम्हाल्नु भएको थियो […]
ओली र प्रचण्डबीच आज पनि छलफल हुने
काठमाडौं,असार,२३-नेकपाको पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको बेला दुई अध्यक्ष्ँ प्रधानमन्त्री केपि शर्मा ओली र पुष्पकमल दाहाल बीच आज मंगलबार पनि भेटबार्ता हुने भएको छ । बिहान १० बजेजछि प्रधानमन्त्री रहेका अध्यक्ष ओली र अर्का अध्यक्ष्ँ प्रचण्डबीच बालुवाटारमा छलफल हुन लागेको हो । उहाहरु बीच आज छलफल हुदैछ, तर समय निश्चित भएको छैन,’ प्रचण्डका प्रेस संयोजक विष्णु […]
नेकपा अध्यक्षद्वयको ‘वान टु वान’ वार्ता सकियो
काठमाडौं,असार,२२-प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा भएको भेटवार्ता सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल सकारात्मक भएको नेताहरुले बताएका छन् । भेटमा नेकपा अध्यक्ष दाहालले कुनै कार्यदल नबनाइकन दुई जनाकै बीचमा छलफल गर्न जरूरी रहेकोसमेत बताउनुभएको थियो । बैठकमा अध्यक्ष दाहालले दुई अध्यक्षकै बीचमा छलफल गर्नु पर्ने […]
पार्टी एकतालाई बचाउन सहमतिका थप आधार खोज्ने नेकपाका अध्यक्षद्वयको सहमति
काठमाडौं,असार,२१-नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पार्टी एकतालाई बचाउन सहमतिका आधारहरु खोज्ने सहमति भएको छ ।आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा सहमतिका लागि दुवै अध्यक्षले थप लचकता प्रस्तुत गर्ने सहमति भएको हो । अध्यक्षद्वयले भोली बिहान स्थायी कमिटीको बैठक बस्नुअघि पुनः छलफल गर्ने सहमति भएको छ । वार्तामा प्रधानमन्त्री ओलीका तर्फबाट उपप्रधानमन्त्री ईश्वर […]
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै
काठमाडौं,असार,२१-प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज आईतबार बस्दै छ।बैठक दिउँसो २ बजेपछि ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ । बैठकमा समसामयिक राजनीतिक परिस्थिति र पार्टीको १४ औं महाधिवेशनको कार्यतालिकाबारे छलफल हुने नेपाली कांग्रेसले जनाएको छ । यसअघि कांग्रेस पदाधिकारी बैठकले १४ औं महाधिवेशन आगामी फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा गर्ने निर्णय गर्दै […]
प्रधामन्त्रीलाई पद त्याग्न युवा नेता योगेश भट्टराईले गरे लाक्षणिक आग्रह
काठमाडौं,असार,२१-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आन्तरिक विवादमा रुमल्लि रहँदा पार्टीका केन्द्रीय सदस्य तथा पर्यटनमन्त्री योगेश भट्टराईले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीलाई पद त्याग गर्न लाक्षणिक आग्रह गर्नु भएको छ । नेलसन मण्डेला, मनमोहन अधिकारी र कृष्णप्रसाद भट्टराईको सम्झना गर्दै उहाॅले ओलीलाई पद त्याग गर्न लाक्षणिक आग्रह गर्नु भएको हो । दक्षिण अफ्रिकी नेता नेलसन […]

