अस्ट्रेलियामा अलपत्र परेका २५९ जना नेपालीलाई ल्याईदै

काठमाडौं,असार,९-अस्ट्रेलियामा अलपत्र २ सय ५९ नेपाली नेपाल फर्कदै छन् । कोरोना भाइरस महामारीका कारण अलपत्रमा परेका नेपालीलाई आज (मंगलबार) पहिलो उडानअन्तर्गत नेपाल एयरलाइन्सको अन्नपूर्ण जहाजमार्फत ल्याउन लागिएको हो । जहाज सिड्नीबाट स्थानीय समय अनुसार १ बजे उड्ने नेपाली दूतावासले जनाएको छ। छोराछोरी भेट्न अस्ट्रेलिया पुगेका ती नेपाली लकडाउनका कारण चार महिनादेखि रोकिएका थिए। साथै आजकाे जहाजमा फर्किनेमा […]

विदेशमा ज्यान गुमाएका २० जना नेपालीको शव आज ल्याईदै

काठमाण्डौं,असार,५-कतारमा वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका २० जना नेपालीको शव शुक्रबार आज ल्याईदैछ । ती शवहरु लिएर कतार एयरलाइन्स सवा १२ बजे त्रिभुवन विमानस्थलमा अवतरण हुने बताइएको छ । कतार एयरलाइन्सले ४३ जना नेपाली पनि लिएर आउने बताइएको छ । उनीहरुलाई कतार सरकार आफैले पठाउन लागेको हो ।वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका नेपालीको शव यति ठूलो […]

नेपाल एयरलाइन्सको दुबई र दोहा उडान स्थगित

काठमाडौं,असार,२-नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को पूर्वनिर्धारित तालिका अनुसार मंगलबार हुने भनिएको दुबई र दोहा गन्तव्यको चार्टर्ड उडान स्थगित भएको छ । निगमले दुबै उडान रद्दबारे मंगलबार बिहान विमानस्थललाई अवगत गराएको थियो ।निगमको सोमबार मलेसिया र माल्दिभ्सको उडान पनि स्थगित भएको थियो । निगमको वाइड बडी जहाजले जुन १४ तारिखमा बङ्गलादेशको ढाकाबाट उद्धार उडान गरी […]

माल्दिभ्स र श्रीलंकाबाट १५४ नेपाली स्वदेश फर्किँदै

काठमाडौं, असार,२-हिमालय एयरलाइन्सले श्रीलंका र माल्दिभ्सबाट १ सय ५४ जना नेपालीलाई स्वदेश ल्याउँदै छ। हिमालयको जहाजले विदेशबाट उद्धारको पहिलो उडानमार्फत माल्दिभस्बाट १ सय ४९ र श्रीलंकाबाट ५ नेपाली ल्याउनलागेको हो। हिमालयको जहाज श्रीलङ्काको कोलम्बो उडान गरेको छ। कोलम्बो जाँदा उसले ४१ जना लिएर पनि गएको छ। उक्त जहाजमा ५ जना कोलम्बोबाट माल्दिभ्सको माले जाने र त्यहाँबाट […]

युएईमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन ढिलाइ

काठमाडौं,आषाढ,२-संयुक्त अरब इमिरेट्स (युएई)मा समस्यामा परेका नेपालीको उद्धारका लागि आज(मंगलबार) र बिहीबार हुने भनिएको चार्टर्ड उडान रद्ध भएको छ ।आबुधाबीस्थित नेपाली दूतावासले सोमबार सूचना जारी गर्दै असार २ र ४ गतेको उडान स्थगित भएको जानकारी दिएको हो । युएईमा समस्यामा परेका नेपालीलाई आज र पर्सी नेपाल एयरलाइन्स मार्फत स्वदेश फर्काउने तयारी भएको थियो ।दूतावासले जारी […]

कुवेतबाट नेपाली लिएर पहिलो जहाज काठमाडौं आइपुग्यो

काठमाडौं,जेठ,२९-विदेशमा रहेका नेपाली उद्धार गर्ने क्रममा आज कुवेतबाट आउने दुई जहाजमध्ये पहिलो जहाज काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ। नेपाली महिला लिएर जजिरा एयरवेज ए३२० न्यारोबडी जहाज काठमाडौं आएको हो। जहाजमा १ सय ६१ जना नेपाली महिला स्वदेश फर्किएको बताइएको छ। यस्तै अर्को जहाज दिउँसो साढे १ बजे आइपुग्ने विमानस्थल कार्यालयले जनाएको छ। अब उनीहरुलाई […]

कुवेतबाट तीन सय नेपाली महिलालाई आज स्वदेश ल्याईदै

काठमाडौं,जेठ,२९-कुवेतबाट दुइटा जहाजमा आज (बिहीबार) तीन सय नेपाली महिला स्वदेश फर्किरहेका छन्।कुवेत सिटीस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट जजिरा एयरलाइन्सका दुई जहाज नेपाली महिला कामदार बोकेर स्थानीय समय अनुसार बिहानै काठमाडौंका लागि उडेका हुन्। उनीहरु अहिले बिहान ११:३० र दिउँसो १:३० बजे काठमाडौं आईपुग्ने नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ। त्रिभुवन विमानस्थलमा अवतरणपछि उनीहरुलाई नेपाली सेनाले प्रदेश अनुसार […]

अन्तर्राष्ट्रिय चार्टर उडानमा रोक, टिकट बिक्री नगर्न निर्देशन

काठमाडौँ,जेठ,२५-विपतका बेला अन्तर्राष्ट्रिय चार्टर उडानका नाममा एयरलायन्स र ट्राभल एजेन्सीले मनपरी भाडा असुल्न थालेपछि नागरिक उड्डयन प्राधिकरणले कुटनीतिक माध्यमबाट हुने चार्टर उडानबाहेक सबैमाथि रोक लगाएको छ ।   प्राधिकरणको एयर ट्रान्सपोट्रेसन डिभिजन प्रमुख सचितभक्त पोखरेलले शनिबार साँझ सूचना जारी गर्दै आजैका मितिदेखि ट्राभल एजेन्सी र एयरलायन्सले सरकारलाई झुक्याएर गर्ने चार्टर उडानलाई रोक लगाएका हुन् । सरकारले […]

विदेशबाट आउन चाहने सबैलाई फिर्ता ल्याऊन सरकारलाई कांग्रेसको आग्रह

काठमाडौं,जेठ,२४-प्रमुख नेपाली कांग्रेसले स्वदेश आउन चाहने हरेक नेपालीलाई फिर्ता ल्याउने कार्ययोजना बनाउन सरकारसँग आग्रह गरेको छ।काँग्रेसको केन्द्रीय जनसम्पर्क समिति समन्वय विभागले शनिबार एक विज्ञप्तिमार्फत विदेशका जुकसुकै कुनामा रहेका नेपालीलाई आफ्नो देश फर्कन पाउने अधिकार रहेको उल्लेख गर्दै संख्या नतोकी स्वदेश आउन चाहने हरेक नेपालीलाई फिर्ता ल्याउने कार्ययोजना बनाउन आग्रह हो। सरकारले हालै विभिन्न देशमा रहेका […]

युएईबाट १ सय ६८ जना नेपाली लिएर एयर अरबियाको जहाज काठमाडौं आइपुग्यो

काठमाडौं,जेठ,२३-कोरोना भाइरसको महामारीको संक्रमण रोक्न गरिएको लकडाउनका कारण यूएईमा रोकिएका १६८ जना नेपाली नागरिक लिएर आएको एअर अरेबियाको विमान काठमाडौंमा अवतरण गरेको छ । सारजाह विमानस्थलबाट शुक्रबार आएको एयर अरेवियाको जी ९ १७५१ नम्बरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । इजादा फ्यासिलिटी म्यानेजमेन्टमा कार्यरत ६७, टान्स गार्ड सेक्युरिटी कम्पनीमा कार्यरत ७९ जना र […]