रसुवागढी र तातोपानी नाका संचालन गर्ने सरकारको निर्णय

काठमाडौं,चैत्र,१२-सरकारले चीनतर्फका रसुवागढी र तातोपानी नाका सुचालु गर्ने निर्णय गरेको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेल संयोजकत्वको कोभिड १९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले उक्त निर्णय गरेको हो । बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको स्वास्थ्य सम्बन्धी प्रोटोकल पालना गरी चीनतर्फका रसुवागढी र तातोपानी नाकाबाट मालसामान […]

कतारका लागि श्रम स्वीकृति स्थगित

काठमाडौं,फागुन,२७-वैदेशिक रोजगार विभागले मंगलबार (आज)बाट कतारका लागि श्रम स्वीकृति स्थगन गरेको छ । ‘कोरोना’ संक्रमण नियन्त्रणका लागि भन्दै कतार सरकारले नेपालसहित १४ देशबाट आउने नागरिकलाई कतार प्रवेशमा रोक लगाएको भोलिपल्टै विभागले कतारका लागि श्रम स्वीकृति स्थगन गरेको हो । विभागले कतारबाट विदामा आएका कामदारलाई पनि पुनः श्रम स्वीकृति दिन रोकेको छ । श्रम स्वीकृति स्थगन […]

कुवेतमा चार नेपाली कामदारको पहिरोमा पुरिएर मृत्यु, अझै तीन जना वेपत्ता

काठमाडौं,फागुन,१-कुवेतको एउटा निर्माणस्थलमा कार्यरत चार नेपाली कामदारको पहिरोमा पुरिएर मृत्यु भएको छ ।काम गरिरहेको बेला बालुवा र ग्राभेलको पहिरो खस्दा उनीहरु पुरिएका थिए । कुवेतबाट सञ्चालित अरब टाइम्स अनलाइनका अनुसार ‘अल मत्ला’ क्षेत्रमा एउटा चिनियाँ कम्पनी मातहत कम्तिमा १३ नेपाली मजदुर उक्त निर्माण क्षेत्रमा कार्यरत थिए । पहिरोमा पुरिएकामध्ये सात जनालाई बाहिर निकालिएको छ । […]

एक हजार ८१ जना शाखा अधिकृतका लागि विज्ञापन खुल्यो

काठमाडौँ,मंसिर,२५- लोक सेवा आयोगले एक हजार ८१ जना शाखा अधिकृतका लागि विज्ञापन आव्हान गरेको छ ।आयोगको नियमित कार्यतालिका अनुसार आज (बुधबार) गोरखापत्र दैनिकमा एक सूचना प्रकाशित गर्दै खुल्ला तथा बढुवातर्फ गरी विज्ञापन गरेको हो । पुस २९ गतेसम्म दरखास्त दिन आयोगले सूचनामार्फत जनाएको छ । गतबर्ष भन्दा बढी संख्यामा विज्ञापन खुलाएको आयोगले प्रशासनतर्फ बढुवा र […]

१२ वर्ष पछि पुन : जापानको ओसाकाबाट निगमको उडान सुरु

जापान,भाद्र,१२- नेपाल वायुसेवा निगमले जापानको ओसाकामा व्यावसायिक उडान सुरु गरेको छ। निगमको वाइडबडी ए–३३० जहाज बिहीबार बिहान २:३० बजे काठमाडौंबाट ओसाका उडेको निगमका प्रवक्ता गणेशबहादुर चन्दले जानकारी दिनुभयो । यो संगै १२ वर्षपछि पुन: निगमको सिधा जापान उडान सुरु भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले ओसाका उडानको उद्घाटन […]

साउदीमा नेपाली महिला कामदारमाथि चरम शोषण

काठमाडौं,साउन,२१- रोजगारीका क्रममा साउदी अरेबिया पुगेका नेपाली महिला कामदारमाथि चरम शोषण भएको पाइएपछि रियादस्थित नेपाली दूतावासले ‘सप्लाई’ र ‘कन्ट्र्याक्टिङ’ कम्पनीसँग सम्बन्धित मागपत्र प्रमाणीकरण गर्ने काम स्थगित गरेको छ । नेपाली महिला कामदारले न्यूनतम आधारभूत सुविधासमेत नपाएको पुष्टि भएपछि दूतावासले सोमबारदेखि ती कम्पनीमा महिला कामदार ल्याउनेसम्बन्धी मागपत्र प्रमाणीकरणमा रोक लगाएको हो । वैदेशिक रोजगारीका लागि साउदी […]

प्रवासी लोक गायक चन्द्र दर्लामी मगर संगको अन्तर्वार्ता (कोरिया)

फुकुओका,जापान,साउन,९- नेपालबाट पछिल्लो समय वैदेशिक रोजगारीको शिलसिलामा सयौंको संख्यामा यूवा जनशक्तीहरु विदेश पलायन भैईरहेका छन् । विदेशी भुमीमा जती सुकै व्यस्त भएता पनी जतीसुकै दुख कष्ट भोग्नु परेपनी मानीसले आफूले गर्न चाहेको काम गरिरहेका हुन्छन् । यस सन्दर्भमा मैले आज वैदेशिक रोजगारीको शिलशिलामा कोरिया ८ वर्ष बसि सक्नु भएका स्याङ्जा जिल्ला बिरुवा गाउपालिका वडा नम्बर तीन खाङराङ […]

भेडेटारमा उद्यमशिलता हुँदै

काठमाण्डौं,असार,३१- प्रदेश १ लाई केन्द्रित बनाएर उद्यमशिलता जवाफदेहिता सार्वजानिक मुद्वाका काम गर्दै आएको ‘ई.पी.आई-अ सेन्टर अफ आइडिया’ले श्रावण २६,२७ र २८ गते पूर्वी नेपालको पर्यटकीय गन्तव्य भेडेटारमा उद्यमशिलता क्याम्प गर्दै छ । २५ जना सहभागीका लागि लक्षित गरी आयोजना गरिएको उक्त क्याम्पलाई आवर गोल इन्स्टिच्युटले व्यवस्थापन गर्ने छ भनी क्याम्पको ३ दिनमा प्रशिक्षर्थीलाइ नेपाल किन गरिव […]

नेपालगञ्जमा जेष्ठ २५ गते मलामा स्पाले बृहत महिला पुल पार्टीको आयोजना गर्ने

नेपालगञ्ज,जेठ,२१- नेपालगञ्जमा मलामा स्पाले यहि जेष्ठ २५ गते बृहत महिला पुल पार्टीको आयोजना गर्ने भएको छ । महिलाहरुलाई लक्षित गरेर होटेल स्नेहा क्लर्क इन स्वीटले घर घरायसी काममा, व्यापार व्यावसायमा व्यस्त समयमा हुने मानसिक तनाव र थकान कम गर्नका लागि मसाज, स्पा, वाडि पालिस सहितको स्पा सेन्टर यहि २५ गते बृहत पुल पार्टी आयोजना गर्ने […]

स्वदेशमै रोजगारी सृजनालाई विशेष प्राथमिकता : श्रम र रोजगारीको लागि ७ अर्ब १४ करोड

काठमाण्डौं,जेष्ठ,१५- आर्थिक वर्ष २०७६/०७७ को बजेटमा स्वदेशमै रोजगारी सृजनालाई विशेष प्राथमिकता दिइएको छ । संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले श्रम र रोजगारीका क्षेत्रमा ७ अर्ब १४ करोड रुपैयाँ बजेट छुट्याएको जानकारी दिनुभएको छ ।  प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत स्थानीय स्तरमै रोजगारी सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत युवालाई स्थानीय स्तरमै रोजगारी दिने […]